सहमती भए पछि वीपीका इन्र्टन चिकित्सक फर्किए काममा

  • मंसिर १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सेवा सुविधाको माग गर्दै दोस्रो चरणको आन्दोलतमा उत्रिएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरुको माग प्रति सहमती जुटे पनि आन्दोलन फिर्ता भएको छ ।

प्रतिष्ठानका उपकुलपति कार्यालय अघि आइतबार देखि आन्दोलनमा रहेका इन्र्टन डाक्टरको ११ बुँदे मागमा सहमती भए पछि आन्दोलन फिर्ता लिएर काममा फर्किएका छन् । प्रतिष्ठानले सहायक निर्देशकको संयोजकत्वमा आइतबार नै वार्ता समिती गठन गरेको थियो । सोमबार बिहाननै उपकुलपति कार्यालय परिषरमा धर्नामा रहेको चिकित्सकहरु सँग वार्ता भएको थियो ।

आज भएको वार्तामा इन्टर्नसिप शुरु भएकै मिती देखि लागु हुने गरि १८ हजार ५ सय जीवन निर्वाह भत्ता कायम गर्ने गरि सिफारिस भएको छ । आगामी दिनहरुमा पनि अन्य सबैको तलबवृद्धि हुँदा इन्र्टनहरुको पनि उचित मुल्यांकन गरि जीवन निर्वाह भत्ता वृद्धि गर्ने सहमती भएको छ ।
त्यसै गरि नाइट ड्युटीको निम्ती प्रदान गर्ने खाजाको सम्बन्धमा विभागमा पोस्टिङ सकिए पश्चात प्रति नाइट ड्युटीको जुनियर रेसिडेन्ट, स्टाफहरुले पाए बमोजिम नै खाजा भत्ता प्रदान गर्ने, इन्टर्न चिकित्सकहरुले २ महिनाको काम पुरा गरिसकेको हुँदा वृद्धि भएको फरक रकम आगामी १५ दिन भित्र उपलब्ध गराउने निर्णय भएको छ ।

त्यस्तै इन्टर्न चिकित्सकहलाई न्युनतम सुरक्षाका सामग्रीहरु अन्यकै अनुपातमा उपलब्ध गराउने, इन्टर्न चिकित्सकहरुको पीसिआर परिक्षण निशुल्क गर्ने, होस्टेलमा कोभिड १९ को संक्रमणको जोखिम क मगर्न आइसोलेसनका निम्ति कलेज प्रशासन संग थप छलफल गरि उचित व्यवस्थापन गर्ने र इन्टर्नसीपमा हुने गरेको पेरीफेरी पोस्टिङ अब बाँकी रहेको पछिल्लो ६ महिना भित्र उचित व्यवस्थापन गर्ने सकिने स्थानहरु पहिचान गरि शिक्षाध्यक्षद्वारा डिनको अर्डिनेटरहरु लगायत सम्पुर्ण सम्बन्धीत निकायहरु संग समन्वय गरि कोभिड १९ को अवश्थाको मुल्यांकन पश्चात पेरीफेरी पोष्टिङको लागि कार्यतालिका तय गरि अवश्था हेरेर अघि बढ्ने सहमती भएको छ ।

छलफलमा प्रतिष्ठानको वार्ता समितीका डिन प्रा.डा. शिवेन्द्र झा, सहायक अस्पताल निर्देशक डा. प्रमोद बराल, शैक्ष्कि प्रशासन महाशाखाका मेनेजर नारायण प्रसाद चापागाई रहेका थिए भने इन्टर्न चिकित्सकहरुको तर्फबाट डा. प्रभात कापडी, डा. दिव्य दर्शन, डा. अमृतराज जैशी लगायतका उपस्थित रहेका थिए ।

bp-sahamati

यातायात व्यवसायीको घ ...

काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश ...

काठमाडौंमा राजावादीक ...

काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइत ...

साकेला उभौलीको भव्य ...

धरान/  किरात राई समुदायको महान पर्व साकेला उभ ...

हल्ला नगरि काम गर्ने ...

धरान/  “जहाँ आवश्यकता, त्यहाँ लायन्स” ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved