प्रदेशका ८६ स्थानीय तहमा नयाँ अस्पतालको सिलान्यास, झापामा सबै भन्दा धेरै ११, उदयपुरमा कम ३

  • मंसिर १६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । सरकारले आर्थिक वर्षभित्र मुलुकभर ३ सय ९६ आधारभुत अस्पताल थप्ने निति तथा कार्यक्रम अनुसार प्रदेश १ मा सोमबार ८६ वटा अस्पतालको शिलान्यास गरिएको छ । प्रदेशभर ५ शैयाका २७, १० शैयाका १४ र १५ शैयाका ४५ गरी जम्मा ८६ वटा अस्पताल निर्माण हुने भएका छन ।

देशभर अस्पताल निर्माण गर्न गत आर्थिक वर्षमा नै सम्भाव्यता अध्ययन भएको थियो । आयोजना सम्पन्न गर्न सरकारले ५८ अर्ब रुपैयाँ छुट्याएको छ । स्रोत, साधन, जनशक्ति व्यवस्थापन लगायतका पक्षमा सुक्ष्म अध्ययन गरी आयोजना शुरु गरिएकाले समयमै लक्ष्यमा पुगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन ।

मोरङमा सात पालिकामा सातवटा अस्पताल बन्नेछन । जसअनुसार १५ शैयाको अस्पताल बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी बयरबन, केराबारी र रतुवामाईको झुर्किया रहेका छन । यसैगरी लेटाङ र बुढीगंगाको सिसवनीमा भने १० शैयाको अस्पताल बन्नेछन । पालिकाहरुमा नयाँ अस्पतालहरु बन्ने भएपछि स्थानीयस्तरमा उत्साह छाएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

मोरङमा ६ निर्वाचन क्षेत्र छन । तीमध्ये स्वास्थ्य मन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्र ३ मा तीनवटा अस्पताल बन्ने भएका छन । बयरवन, बेलबारी र पथरीशनिश्चरे नगरपालिकामा १५ शैयाको आधारभूत अस्पताल बनाउने सरकारको तयारी छ । अस्पतालहरु दुई वर्षभित्रमा निर्माण गरिसक्ने सरकारले घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयले १५ शैयाको अस्पतालको लागि १४ करोड र १० को लागि ९ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सुनसरीमा पाँच स्थानीय तहमा जम्मा पाँचवटा अस्पताल बनाइने छ । जसअनुसार हरिनगरा, रामधुनी, इटहरी र चतरामा १५ शैयाको अस्पताल निर्माण गरिनेछ । उता देवानगंजमा भने १० शैयाको अस्पताल बन्नेछ ।

झापामा सबैभन्दा धेरै ११ स्थानीय तहमा अस्पताल बनाउने सरकारले तयारी गरेको छ । हल्दीबारी, गौरीगन्ज, कमल, शिवसताक्षी शिवगंज, कचनकवल बनियानी, मेचीनगर धुलाबारी, कान्काई सुरुङ्गा, गौरादह र बिर्तामोड अनारमनीमा १५ शैयाका अस्पताल बन्नेछन । झापाको टागनडुब्बा र बुद्धशान्तिमा भने १० शैयाको अस्पताल निर्माण हुनेछन ।

नयाँ आधारभूत अस्पतालमा एक जना मेडिकल अफिसरसहित चारजना चिकित्सक, दुई स्टाफ नर्स, चार अनमीको दरबन्दी रहने छ । यस्तै ल्याब टेक्निसियन, असिस्टेन्ट, एक्सरे अपरेटर र भ्याक्सिनेटर एक–एक जना राख्ने सरकारको तयारी छ ।

अस्पतालमा स्वास्थ्य सेवातर्फ जनशक्ति, स्वास्थ्य उपकरण तथा पूर्वाधारले भ्याएसम्म तोकिएका सबै किसिमका आधारभूत स्वास्थ्य सेवा प्रदान हुनेछन् । जसमा बहिरंग सेवा, इन्डोर सेवा, प्रयोगशाला, २४ सैं घण्टा आकस्मिक सेवा लगायत सेवा उपलब्ध हुनेछन् ।

दरबन्दी निर्धारण र जनशक्ति व्यवस्थापनको पाटोमा समेत मन्त्रालयले निर्णय गरिसकेको छ । ५ शैयाको आधारभूत अस्पतालका लागि आठौं तहको १ जना मेडिकल अधिकृत सहित १२ जनाको दरबन्दी कायम गरिएको छ । त्यस्तै १० शैयाको लागि १७ जना र १५ शैयाको लागि २७ जनाको दरबन्दी कायम गरिएको छ । यस बाहेक कर्मचारी थपघट गर्नु परेमा स्थानीय तहले करारमा कर्मचारी भर्ना गर्न सक्नेछन् ।

ताप्लेजुङमा ६ स्थानीय तहमा छ वटा अस्पताल निर्माण हुनेछन । पाँचथरमा सात, इलाममा सात, संखुवासभामा सात, तेह्रथुममा पाँच, धनकुटामा चार, भोजपुरमा पाँच, खोटाङमा छ, सोलुखुम्बुमा पाँच, ओखलढुंगामा सात, उदयपुरमा तीनवटा स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारले घोषणा गरेको छ ।

यसैगरी झापाको गौरदह र अनारमनी बिर्तामोडमा १५ शैया, झापा गाउँपालिका र बुद्धशान्ति गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण हुनेछ । सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरा र देवानगंज गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुनेछ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved