समाचार

    Showing 8,161-8,170 of 10,050 items.
  • धरान–बिराटनगर ६ लेन सडक :पाँच वर्षको समयावधि, ७ वर्षमा ४० प्रतिशत मात्रै काम

    इटहरी । निर्माण शुरू भएको ७ वर्ष पुगिसक्दा पनि रानी देखि धरान ६ लेन सडकखण्डले पुर्णता पाउन सकेको छैन । त्रिदेशीय जोड्ने सडक रानी देखि किमाथाङका सम्मको राष्ट्रिय योजनाको सडक अन्र्तगतको रानी बिराटनगर इटहरी धरान ६ लेन परियोजना निर्माण कार्य अहिले इटहरी सम्म आइपुगेको छ । आर्थिक वर्ष २०६९÷७० बाट विराटनगरको रानीदेखि इटहरी हुँदै धरानसम्म ६ लेन सडकको निर्माण कार्य शुरू भएको थियो । निर्माण कम्पनिले ५ वर्ष भित्र योजना पुरा गर्ने भनि नेपाल सरकार संग सम्झौता गरी काम अघि बढाएको ७ वर्ष बितिसक्दा पनि अहिले सम्म ४० प्रतिशत मात्रै सम्पन्न भएको छ । पटक पटकको सडक क्षेत्रको बिवाद र विविध कारणले निर्माणको

    • प्रकाशित मितिः पुस १, २०७७
    • 1,813 पटक पढिएको
    • "तेजबहादुर बन "
  • एलएलबीको प्रवेश परीक्षा अझै अन्यौल

    धरान । एलएलबी अध्ययन गरेर आफ्नो छुटै योग्यता बनाई सरकारी जागिर खाने लक्ष्य राखेर एलएलबी प्रथम वर्षको भर्नाका लागि आवेदन दिएका बिर्तामोडका राजकुमार ओडारीले सोचेका थिए । प्रदेशकै एक मात्रै एलएलबी अध्ययन हुने धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्नाका लागि आवेदन दिए । आवेदन दिए पछि प्रवेश परिक्षाका लागि सगै कम्मर कसेर पढ्न थाले, उनले लोकसेवा आयोगको तयारी समेत गरे । ओडारीले इलामको माइ नगरपालिकाको शिक्षा शाखाको अधिकृतको रुपमा १ वर्ष अघि देखि कार्यरत छन् । यता एलएलबी अध्ययन पढ्न पाउने कि नपाउँने कुनै अत्तोपत्तो छैन् । क्याम्पसले अहिले सम्म न त प्रवेश परीक्षा नै लिएको छ, न त परिक्षाको कुनै मिति

    • प्रकाशित मितिः पुस १, २०७७
    • 1,191 पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    बिराटनगर।मोरङको बिराटनगर-१५ स्थितमा मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने ६५ बर्षीया बिखिया देवि साहको मृत्यु भएको छ । सोमबार बेलुका ७ बजे मे ७ प ६३३२ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेकी बिखिया देविलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन । गम्भिर घाईते भएकी उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक रतुवामाई(७ का बिक्रम साह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • 1,425 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मकुना’ मार्ने ‘कानुन’ खोज्दै सिडिओ

    कोशीटप्पु/ कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएर बस्ती पसिरहेको ‘मकुना’ नामको मत्ता हात्तीले ज्यान लिइरहेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले हात्ती मार्ने योजना अघि सारेका छन् । सिडिओ फडिन्द्रमणि पोखरेलले ‘हात्ती नियन्त्रणमा लिनुपर्ने’ जनताको गुनासो आएपछि हात्ती मार्ने योजनाअनुसार कोशीटप्पु वन्यजन्तु आरक्षमार्फत् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा लेखिपठाएको बताए । सिडिओ पोखरेलले हात्तीको तीव्र बिझाइँका बीच यसको नियन्त्रणका लागि ‘मार्नै पर्ने’ बुझेपछि कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) चन्द्रशेखर चौधरीसँग पराम

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • 1,334 पटक पढिएको
    • "नवराज विष्ट"
  • सिमा सुरक्षालाई चिसोको समस्या

    इलाम । नेपाल भारत सीमाको सुरक्षा, तस्करी र आपराधिक घटना नियन्त्रणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्ने कामलाई सरकारले अघि बढाइरहेको छ । सिमाक्षेत्रको सुरक्षाको लागि बिओपी थप गरीरहेको छ । हिमाली क्षेत्रहरुमा उचित व्यवस्थापन हुन नसक्दा सुरक्षाकर्मीहरु चिसोमा बस्न बाध्य बनेका छन् । चिसो मौसम शुरु भए पछि इलामका उच्च पहाडी क्षेत्रमा स्थापना भएका बिओपीहरुमा सुरक्षाकर्मीहरुलाई चिसोकोे सताउने गरेको छ । हिमाली क्षेत्रमा भौगोलिक विकटता, पूर्वाधार अभाव, तुषारो र हिमपातवाट पर्ने असरले उनीहरुमा समस्या थपिएको छ । इलामको पशुपतिनगर सहित सलकपुर, समालवुङ, छब्बिसे, कालपोखरी र जौवारीमा

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • 941 पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • बेलकामा होमस्टे र ढाका बुनाई तालिम संगै एक सय नयॉ उद्धमी थपिदै

    बेलका उदयपुर/ नेपाल सरकारको पछिल्लो निर्णयसंगै सात सय ५३ वटै स्थानिय तहमा लघु उद्धम विकास कार्यक्रम ९मेडेप०लागु गर्ने निर्णय संगै यतिबेला स्थानिय पालिकाहरुले धमाधम निर्णय कार्यान्वयन का लागि कार्यक्रमलाई अघि बढाएका छन्।गरिबी निवारण गर्ने र रोज़गार सृजना गर्ने महत्वपुर्ण मोडेलको रुपमा हेरिएको लघु उद्धम बिकास कार्यक्रमले बेलका नगरमा पनि आफ्नो कार्यक्रमलाई द्रुत गतिमा अगाडी बढाएको छ। बेलका नगरपालिकाले यसै आर्थिक बर्षमा एक सय नयॉ लघु उद्धमी तयार गर्ने र ७० जना पुराना उद्धमीहरुको स्तरोन्ती गर्ने भन्दै कार्यक्रमलाई गॉउ तथा टोल तहसम्म पुर्याएको छ।बेलका नगरका वडा नं ५,६,७ र ८ लाई लक्षित गरि बेलक

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • 990 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिराट अस्पतालको बदमासी ,गलत रिपोर्टले परिवारनै तनावमा

    इटहरी । संखुवासभा पाचखपन ४ का ६१ बर्षिय प्रेम बहादुर श्रेष्ठलाई विराटनगर स्थित बिराट मेडिकल कलेज टिचिङ अस्पतालले दुवै किड्नी फेलको रिपोर्ट दिए पछि ४ दिन सम्म उनी तनावमा रहे । इटहरी ९ गैसारस्थित नातिनीको बेलबिवाहमा आएका श्रेष्ठले मंसिर २५ गते पुरै शरिर चेकजाँच गराएका थिए । संखुवासभाबाट कुशलै आएका श्रेष्ठलाई अस्पतालले दिएको गलत रिपोर्टले साच्चिकै बिरामी बनायो । परिवार पुरै तनावमा रहे । उनलाइ दुवै किडनी फेल भएको रिपोर्ट हातमा राखिदिदै तुरून्त आइसियुमा भर्ना हुन चिकित्सकले सुझाव दिए । सरकार मार्फत पाइने स्वास्थ्य बिमा अन्तरगत आफ्नो स्वास्थ्य चेक जाच गर्न श्रेष्ठ अस्पताल पुगेका थिए । उनले भर्ना न

    • प्रकाशित मितिः मंसिर ३०, २०७७
    • 2,606 पटक पढिएको
    • "तेजबहादुर बन "
  • जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

    सुनसरी। सुनसरीको कोशी गाँउपालिका-६ सुकुम्बासी टोल बस्ने ३२ बर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर २९, २०७७
    • 1,176 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सफाइ दिने न्यायधिस बिरूद्ध उजुरी

    इटहरी । सिद्धबाबाको नामले प्रख्यात कृष्ण बहादुर गिरीलाइ बलात्कार मुद्धामा सफाइ दिने जिल्ला अदालत सुनसरीको न्यायधीस अर्जुन कोइराला बिवादित संगै छानबिनको घेरामा तानीएका छन । न्यायधीस कोइराला बिरूद्ध शुक्रबार पिडित महिलाले न्याय परिषदमा उजुरी दायर गरेकी छिन । एकलौटी बहस गरेर पिडित पक्षलाइ थप पिडा दिएको भन्दै शिद्धबाबालाइ सफाइ दिने न्यायधीस कोइराला बिरूद्ध कार्वाहिको माग सहित परिषदमा उजुरी दिएकी हुन । पिडित महिलाले दिएको उजुरी शुक्रबार नै दर्ता भइसकेको न्याय परिषदको कार्यालयले जनाएको छ । सिद्धबाबालाइ अदालतबाटै सफाइ मिलेपछि आफु अन्यायमा परेको बताउदै गत साता नै काठमाण्डौस्थित सर्वाेच्च अदालत पुगेकि

    • प्रकाशित मितिः मंसिर २९, २०७७
    • 1,499 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा विवादको बाछिटा भ्रातृ संगठनसम्म आईपुग्यो, प्रदेश १ मा धमाधम गुटभेला

    विराटनगर । अघिल्लो दिन मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा आफू र अध्यक्ष केपी ओली निकटको गुट सम्बद्ध युवाहरुको भेलामा सहभागी भएका नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसंचार मन्त्री गोकुल बास्कोटाले आइतबार विराटनगरमा नेकपा कुनै पनि हालतमा नफुट्ने दाबी गरे । पार्टी सम्बद्ध प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बास्कोटाले भने, “नेकपा कुनै हालतमा फुट्दैन । हामी सबै पार्टी एकताको पक्षमा छौं । जनता पनि पार्टी एकताको पक्षमा छन ।” बास्कोटाले नेता कार्यकर्ताको ‘म्यान्डेड’ पनि एकता नै भएको दाबी गरिरहंदा प्रधानमन्त्री केपी ओलीको आफ्नै प्रदेशमा भने नेकपाको र उसका

    • प्रकाशित मितिः मंसिर २९, २०७७
    • 1,013 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved