एलएलबीको प्रवेश परीक्षा अझै अन्यौल ‘विद्यार्थीको पढ्न पाउने अधिकार खोसियो’

  • पुष १, २०७७
  • संजोगबाबु दाहाल
alt

धरान । एलएलबी अध्ययन गरेर आफ्नो छुटै योग्यता बनाई सरकारी जागिर खाने लक्ष्य राखेर एलएलबी प्रथम वर्षको भर्नाका लागि आवेदन दिएका बिर्तामोडका राजकुमार ओडारीले सोचेका थिए । प्रदेशकै एक मात्रै एलएलबी अध्ययन हुने धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्नाका लागि आवेदन दिए । आवेदन दिए पछि प्रवेश परिक्षाका लागि सगै कम्मर कसेर पढ्न थाले, उनले लोकसेवा आयोगको तयारी समेत गरे ।

ओडारीले इलामको माइ नगरपालिकाको शिक्षा शाखाको अधिकृतको रुपमा १ वर्ष अघि देखि कार्यरत छन् । यता एलएलबी अध्ययन पढ्न पाउने कि नपाउँने कुनै अत्तोपत्तो छैन् । क्याम्पसले अहिले सम्म न त प्रवेश परीक्षा नै लिएको छ, न त परिक्षाको कुनै मिति नै तोकेको छ । प्रवेश परिक्षाको लागि निवेदन दिएको ६÷७ महिना सम्म त बुझ्दै थिए, अब त थाकि सकेको ओडारी बताउँछन् । उनले भने, ‘कि त परीक्षा कहिले हुन्छ भन्दिनु पर्याे कि हुदैन भने आवेदनका लागि दिएको दस्तुर फिर्ता हुनु पर्याे, निर्णय दिन नसक्दा अन्यौलमा परेको छु ।’ क्याम्पसले समयमै निर्णय गर्न नसक्दा समयनै खेर गएको उनको भनाई छ ।

त्यस्तै अन्यौलमा छिन् धरानकी रेशी राई । आफ्नो शैक्षिक योग्यता थप गर्न एलएलबीमा भर्ना हुन चाहेकी थिईन् । उनले भनिन् , “यतिको लामो समय सम्म पनि निर्णय हुन नसक्नु लजास्पद हो, विद्यार्थीको भविष्य माथि खेलवाड भइरहेको छ, १ वर्ष समय खेर गयो, पढ्न पाउनुपर्ने अधिकार खोसियो ।’

करिब अढाई वर्ष देखि विवादित रहेको एलएलबी प्रथम वर्षको भर्नाको टुङ्गो नलाग्दा धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना आवेदन दिएका करिब ५ सय विद्यार्थीको भविष्य नै अन्यौलमा रहेको छ । विश्वविद्यालय अन्र्तगत रहेको कानुन संकायको डिन कार्यलयबाटै सुचना जारी गरि अनिश्चतकालका लागि भर्ना स्थगित गरिएको थियो । गुणस्तरीय शिक्षा प्रदान गर्न भन्दै डिन कार्यालयले कोटा प्रणाली लागु गरी भर्ना खोले पछि एलएलबीको भर्नाको विवाद चुलिएको थियो । कार्यालयबाट तोकिएको कोटा संख्या कमि भएको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका थिए ।

माथिल्लो निकायबाटै बन्द गर्न निर्देशन आएकाले केही गर्न नसक्ने क्याम्पसका प्रमुख दामोदर भण्डारी बताउाछन् । एलएलबी अध्ययन हुने प्रदेशकै १ मात्रै क्याम्पस भएकाले पनि विद्यार्थीको आवेदन उल्लेख्य रहेको उनले बताए । उनले भने, ‘भर्ना खोल्ने बन्द गर्ने विषयमा हाम्रो मातहतमा केही हुदैन, यो माथि डिन कार्यलयबाटै स्थगित भएको हो, माथि बाट भर्ना खोल्नु भनेर जानकारी नआए सम्म केही पनि भुमिका हुन्न ।’ डिन कार्यालयले भर्ना खुलाउन गृहकार्य गरे चाडै समस्या समाधान हुने उनले बताए ।

अहिले महेन्द्रमा तेस्रो ब्याचका विद्यार्थीहरु पासआउट भई सकेका छन् भने दोस्रो वर्षमा ११ सय विद्यार्थीहरु अध्ययनरत छन् । क्याम्पस प्रमुख भण्डारीले भने, हाम्रो क्षमता भनेको २ सयको मात्र छ, हामी सँग कक्षा कोठाको समेत समस्या छ, पहिले ४ जना शिक्षक हुनुहुन्थ्यो अहिले ३ जना मात्र हुनुहुन्छ ।’

उता कानुन संकायका डिन बिजय सिंह सिजापतिले विद्यार्थी संगठनहरुकै कारण प्रवेश परिक्षा बन्द गरिएको बताए । उनले भने, ‘विद्यार्थी सगठनले नमानेर रोकिएको हो, भर्नाको लागि इन्ट्रान्स परीक्षाको लागि सुचना दिए पनि विद्यार्थी संगठनहरुले सोझै भर्ना लिनुस भन्ने दाबी गरे, त्यो हुन सक्दैन्, क्याम्पसले जति सिटमा पढाउन सक्छौ भनेका छन् त्यही हिसाबमा त्यो परीक्षा मेरिट बेसिसमा हुन्छ ।’ भर्ना खुल्ने समय अझै टुङ्गो नलागेको उनले बताए ।

उनका अनुसार सर्वाेच्चले नै प्रवेश परिक्षा लिएर क्याम्पसको क्षमता अनुसार भर्ना लिन भनेको छ । विश्वविद्यालयका उपकुलपतिले पनि एउटा समिति गठन गरेर केही संख्या बढाएका छन् । उनले भने, ‘त्यो पत्र आएपछि त्यसलाई लागु गर्नु भन्दा पहिला विद्यार्थी संगठनका नेताहरुलाई बोलाएर छलफल चलाउँछौं, उनीहरुको अझ विरोध गरे भने चल्नै सक्दैन एलएलबी बन्द हुन्छ ।’

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved