धरान । प्रदेश १ मा पनि कोरोना संक्रमतिको संख्या बढ्दै गएको छ । सामाजिक विकाश मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश नम्बर १ मा शुक्रबार सम्मा ६ सय ५३ जनामा कोरोना संक्रमण भेटिएको छ । मन्त्रालयका अनुसार शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका हुन् । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापामा २८, मोरंङ र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष र १ महिला संक्रमित पुष्टि भएको हो । मोरंङको विराटनगरमा ३ पुरुष, बेलबारी र
आज थप ४७३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १५ हजार २सय ५९पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । काठमाडौँको नयाँ बानेश्वर निवासी ८५ वर्षीय पुरुषको मृत्यु भएको छ। कुल संक्रमितमध्ये ३२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ८२३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ६१४३ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान । जन्मदै देखि मलद्वार बन्द हुने समस्याबाट पिडित बनेका धरान ६ पानवारीका प्रसान्त मुदेलको शल्यक्रिया पछि घर फर्किएका उनलाई थप औषधी उपचारका लाई ५५ हजार २ सय ६६ रुपैया सहयोग प्रदान गरिएको छ । होप धरानको पहलमा मुदेलको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । क्लोसट्रोमी रोगबाट पिडित बनेका उनको प्रतिष्ठानका विशेषज्ञ चिकित्सक राजेश शाहको टोलिले शल्यक्रिया गरेको थियो । उनको उपचारका लागि संकलन भएको रकम मध्ये बाँकी रहेको ५५ हजार २ सय ६६ रुपैया औषधीका लागि दिइएको होप धरानका संयोजक निश्चल पलिखेले बताए । उनका अनुसार प्रशान्तको उपचारका लागि १ लाख ५३ हजार ५ सय ७० रुपैया
धरान । लामो समय देखि अन्यौलमा रहेको धरानमा बन्ने एयरपोर्टका लागि अन्तिम प्रयासको रुपमा धरान उपमहानगरपालिकाले बजेट विनियोजन गरेको छ । एयरपोर्टका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न धरान उपमहानगरपालिकाले ८० लाख रुपैया विनियोजन गरेको छ । डेढ दशक अघि धरान १७ स्थित डाँडाघोपामा एयरपोर्ट निर्माणका लागि शुरुवात भएको थियो । तर जग्गा अभाव र व्यवस्थापन हुन नसक्दा एयरपोर्टको मुद्धा अन्यौलमै रहेको थियो । प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा धरानमा एयरपोर्ट निर्माणको लागि आवश्यक पहल शुरु गर्ने उल्लेख गरे पछि असार १० गते धरान उपमहानगरपालिकाले ७ औं नगरसभामा प्रस्तुत गरेको बजेटमा विमानस्थल जग्गा व्यवस्थापनको ल
धरान / परिसर्य, रोट्र्याक्ट क्लब अफ धरान घोपाको एक दीर्घकालीन परियोजनालाइ दक्षिण एशियाली रोटार्याक्ट अवार्डमा सर्वश्रेष्ठ प्रोजेक्टको रूपमा सम्मान गरिएको छ। उक्त पुरस्कारका लागि विभिन्न देशका रोट्रयाक्ट क्लबहरू गरि ६ सय परियोजना मनोनीत भएका थिए । परिसर्य ,स्वास्थ्य शिविरको एक श्रृंखला हो जुन पूर्वी नेपालको विभिन्न भागहरूमा रोट्र्याक्ट क्लब अफ धरान घोपाले आयोजना गर्दै आएको छ। यो क्लबको एक दीर्घकालीन परियोजना हो जसको उद्देश्य डाक्टरहरूको समूह, स्वास्थ्यकर्मीहरू, र स्वयंसेवकहरू सबैको ढोकामा पुर्याउनु हो। स्वास्थ्य सबैको लागि प्राथमिक हुन्छ तर हाम्रो जस्तो देशमा, प्रायः व्यक्तिसँग स्व
धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ६ जना डिस्चार्ज भएका छन् ।५ वर्ष देखि ४२ वर्ष सम्मका मोरङका ४, सुनसरीका २ जना सहित जम्मा ६ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । महिला २ जना र पुरुष ४ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार ८ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ४४ जना उपचाररत छन् भने १९१ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा १६ जना भर्ति भएका छन् ।
धरान । बैदेशिक रोजगारी बाट फर्किएर धरानको एन्फा क्वारेन्टाइन मा बसेका ३६ जनाको स्वाब परिक्षणका लागि संकलन गरिएको छ । धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका ३१ जना र ३ जना चतरा स्थित होल्डिङ एरियामा सुरक्षामा खटिएका थिए भने २ जना बिरगन्ज बाट आएका हुन् । ती दुई मध्ये एक तेस्रो लिंगी हुन् भने ६ महिला र २९ जना पुरुष रहेका छन। उनीहरु स्वाबको नमुना दिएपछि होम क्वारेन्टाइनमा गएका छन् । उनीहरुको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ । एन्फामा कुल ५६ जना मानिसहरु विदेशबाट आएर क्वारेन्टाइनमा बसेका छन् । यसै बिच कोरोना सक्रमण पुष्टि भएका
इटहरी । यातायात व्यवसायीहरूको समस्या सरकारले सम्बोधन नगरेको भन्दै सार्वजनिक यातायात व्यवसायी महासंघका पदाधिकारीहरू सडकमा उत्रिएका छन । महासंघमा आवद्ध व्यवसायीहरुले बिहीबार इटहरीमा सरकारबिरूद्ध बिरोध र्याली समेत निकालेका छन । बिभिन्न् मागहरू राख्दै महासंघ प्रदेश १ ले बिहीबार इटहरीमा विरोध र्याली प्रदर्शन गरेको हो । सरकारले माग सुनवाइ नगरेकै कारण यातायात व्यवसायीहरुले आत्महत्या गनूपर्ने अवस्था आएको भन्दै उनीहरुले तत्काल माग सम्बोधन गर्नुपर्ने बताएका छन् । महासंघका पदाधिकारीहरूले इटहरीस्थित सिप्रदी ट्रेडिङको कार्यालय समेत घेराउ गरेका थीए । &nbs
धरान/ लक डाउन सुरु भए सगै अस्पतालहरुले कोरोना सँग सम्वन्धित विरामीको मात्र उपचारमा केन्द्रित भए पछि अन्य विरामीको उपचार सुरु गरेको हाम्रो हातेमालो फाउन्डेसनले १ हजार ८३ जनालाई सेवा दिएको छ । कोरोना वाहेका अन्य रोगका विरामीहरुलाई विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था फाउन्डेसनले चैत्र ११ गते देखी नै हेल्पलाइन सेवा सुरु गरि उपचार सुरु गरेको थियो । फाउण्डेसनले हेल्पलाइन वाहेक १० जना विरामीलाई घरमै पुगेर सेवा दिएको छ भने सामाजिक सञ्जाल मार्फत १सय २० जना सेवा दिएको र विभिन्न स्थानमा रहेका विरामीहरुको उपचारका लागी स्वास्थ्य शिविर समेत गरेको अध्यक्ष इन्द्र लिम्बुले वताए । उप
तेह्रथुम । लिम्बुहरुको समाधी स्थल भत्काएको बिरोधमा फेदाप गाउपालिका को न्यायिक समितिको कार्यकक्षमा ताला लगाएका छन । केही दिन अघि तेह्रथुमको फेदाप पोक्लाबङमा रहेको लिम्बुहरुको समाधी स्थल भत्काइएको विरोधमा बिहिबार फेदाप गाउपालिकाको स्थानीय न्यायिक समितीमा सघर्स समितिले तालाबन्दी गरेको हो । संघर्ष समितिले दिएको निवेदन उपर कुनै कार्य सम्पादन समेत नगरी वेवास्ता गरेकोले न्यायीक समितिको कुनै अर्थ नरहेको ठहर गर्दै चरणबद्ध कार्यक्रमको घोषणा गरि संघर्ष समितिले तालाबन्दी गरेको हो । समाधी स्थल खनिएको विषयमा संघर्स समितिले आन्दोलन घोषण गर्दै पहिलो चरणमा स्थानीय न्यायीक समितिमा तालाबन्दी गरेको हो । समाधी