खेलमै समय खर्चिए, घाइते भए पछि ओझेलमा : खेलाडीको भविष्य प्रति राज्य उदासिन

  • पुष २, २०७७
  • दिनेश गजमेर
alt

धरान । छैठौं र सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नम्बर १ बाट बास्केटबल टिमका क्याप्टेन रहेका २८ वर्षिय धरानका हेमन्त राई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुन चाहन्थे । तर ३ वर्ष अघि खेल्ने क्रममा घाइते भए पछि उनको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने सपना तुहियो ।

उनी अहिले विद्यालयहरुमा बास्केटबलको प्रशिक्षकका रुपमा रहेका छन् ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेशनल टिमबाट खेल्ने तयारीमा थिए । खेलको प्रशिक्षणकै क्रममा उनको घुँडामा चोट लागे पछि अप्रेशन नै गर्नुपर्यो । त्यस पछि उनी राष्ट्रिय खेलाडी त बन्न सकेनन्, खेलाडीको रुपमा खेल जिवन सकियो ।

उनी प्रदेश १ को तर्फबाट अण्डर सेभेन्टीनको नेशनल च्याम्पीयन हुने भने अण्डर नाइन्टीनको नेशनल दोस्रो बनेका हुन् । उनले घुँडाको अप्रेशन गर्दा करिब डेढ लाख रुपैया खर्च गरे । करिब १४ वर्ष उनले बास्केटबल खेलमा समय विताए । खेल्ने क्रममै उनको घँुडा फुस्कियो । अहिले बेरोजगार बनेका छन् । विद्यालयमा प्रशिक्षकको रुपमा रहेका छन् तर लकडाउनले विद्यालयनै बन्द भए पछि उनी बेरोजगार बनेका हुन् ।

प्रदेशको तर्फबाट बास्केटबल खेल्दा खेल्दै उनी घाइते बने तर प्रदेश सरकार तथा राज्यको नजरबाट उनी ओझेलमा परेका छन् । न त उनले घाइते अवश्थामा उपचार खर्च पाए न त अहिले राज्यबाट कुनै सहयोग । उनी भन्छन्, ‘प्रतियोगितामा पदक पाउँदा सम्म सबैको नजरमा परिन्छ, त्यस पछि को कहाँ छ, कस्तो अवश्थामा छ, कसैलाई मतलव छैन् ।’

त्यस्तै प्रदेश टिमबाटै बास्केटबल खेलेका प्रदिप गुरुङ अहिले घाइते छन् । लकडाउनको समयमा सेल्फ प्रशिक्षणमा रहेका बेला उनी घाइते बनेका हुन् । इटहरी १९ सैनिक चौकका २८ वर्षिय गुरुङ ७३ साल देखि प्रदेश टिमबाट खेल्न थालेका हुन् । एक महिना अघि उनको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट (ए.सि.एल.) पुर्णरुपमा च्यातिएको छ भने मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि केही च्यातिएको छ । उनको पनि अप्रेशन नै गर्नुपर्ने चिकित्सकले बताएका छन् । त्यसको लागि कम्तीमा अढाई लाख खर्च हुन्छ ।

अप्रेशन गरे पनि उनको खेल जिवनमा हेमन्तको जस्तै विश्राम लागेको छ । उनी अब खेल्न सक्ने अवश्थामा छैनन् । उनी खेलबाट बञ्चित हुनुपरेको छ । उनको भविष्य अब प्रशिक्षककै रुपमा मात्रै रहनेछन् । करिब १४ वर्ष बास्केटबलमै व्यतित गरेका गुरुङको पनि जिवनयापन असहज हुने भएको छ । उनलाई उपचारका लागि आर्थिक समस्या परिरहँदा पनि कसैको नजर परेको छैन् । खेलमै समय खर्चिए पनि घाइते हुँदा कसैले वास्ता नगरेको उनको गुनासो छ । सामान्य परिवारका गुरुङको उपचारमा सहयोग जुटाउन धरान बास्केटवल संघको आयोजना र सुनसरी बास्केटवल संघको सहयोगमा धरानमा च्यारिटी मैत्रीपुर्ण बास्केटवल खेल गर्ने भएको छ ।

राई र गुरुङ जस्तै थुप्रै बास्केटबल खेलाडीहरुले घाइते भए पछि खेलबाटै बाहिरिएका छन् । युवावस्था खेलमै व्यतित गरे पनि उनीहरुको भविष्य प्रति राज्य उदासिन रहेको छ । राज्य प्रतियोगिताको आयोजना र संयोजन गर्नमै तल्लिन छ तर खेलाडिहरुको भविष्य माथि गैह्रजिम्मेवार बनेको छ । धरानमा मात्रै बास्केटबल खेल्ने क्रममा करिब ५० जना खेलाडीहरु घाइते भएका कारण खेलबाटै सन्यास लिएको धरान बास्केटबल संघको तथ्यांक छ ।

खेलकुद मन्त्रालय बने पनि खेलाडिहरुको भविष्य सुरक्षित गर्न कुनै पहलकदमी नभएको बास्केटबलका प्रदेश १ का मुख्य प्रशिक्षक विकाश चाम्लिङ राई बताउँछन् । उनी भन्छन्, खेलकुद प्रतियोगिता हुन्छ, आयोजनाको लागि मात्रै हुन्छ, त्यसपछि खेलाडी प्रतिको जिम्मेवारी नै बिर्सन्छन्, मेरो खेलाडी कहाँ छ, कस्तो अवश्थामा छ, कसैलाई चासो रहदैन् ।’ देश संघीयतामा गए पछि बनेको प्रदेश सरकार, स्थानीय सरकारको चासो नहुँदा खेलाडीहरुको मनोबल गिर्दै गएको उनको भनाई छ ।

घाइते भएका खेलाडीका लागि थेरापिष्टहरु पनि नपाइने भएकाले खेलबाटै पलायन हुनुपर्ने अवश्था आएको चाम्लिङ बताउँछन् । उनले भने, ‘राज्यको लागि खेलमार्फत योगदान गरेका खेलाडी घाइते छन्, उपचारको लागि सहयोग संकलन गर्नुपर्ने अवस्था छ, खेलाडी घाइते हुँदा उपचारमा राज्यले, सम्बन्धित निकायले हेर्ने कि नहेर्ने ?’ सरकारले स्थानीय तह देखिनै खेलाडी उत्पादन गर्ने घोषणा गरेको छ तर उनीहरुको भविष्यका लागि कुनै योजनाहरु नभएको उनले बताए ।

बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष एवं धरान बास्केटवल संघका अध्यक्ष सुरज लामाले खेलकुदको बजेट विनियोजना गर्दा खेल सञ्चालनको लागि मात्र नभै खेलाडीहरु कुनै पनि घाइते हुन सक्छ भनेर भैपरि आउने कोष पनि छुट्याउन माग गरेका छन । प्रदेश टिमको लागि खेलिसकेका खेलाडीहरुलाई विमाको व्यवस्था गरिदिन माग गर्दै स्थानीय सरकार, प्रदेश सरकारमा जाने उनले बताए ।

घाइते गुरुङ उपचारार्थ च्यारिटी प्रतियोगिता हुने

खेलाडी घाइते हुँदा राज्यको पनि दायित्व हुन्छ भन्ने सन्देश दिदै धरान बास्केटबल संघको आयोजनामा सुनसरी जिल्ला बास्केटबल संघको संयोजनमा च्यारिटी प्रतियोगिता हुने भएको छ ।
सामान्य परिवारका गुरुङको उपचारका लागि करिब ३ लाख रुपैया सम्म लाग्ने चिकित्सकले बताए पछि उनको उपचारमा समस्या भएको छ । पुष ८ गते बिहान डिपोट माविको कोर्टमा हुने मैत्रीपुर्ण खेलमा धरान बास्केटवल र झापा बास्केटवल टिमबीच हुने प्रदेश १ का बास्केटवल प्रशिक्षक चाम्लिङले जानकारी दिए ।

खेलाडी गुरुङको लागि आर्थिक सहयोग संकलन गरिनेछ भने खेल हेर्न पनि निमन्त्रणा गरिनेछ । च्यारिटी प्रतियोगिताका लागि उठेको सहयोग रकमनै गुरुङको उपचारमा खर्च गरिने उनले बताए । च्यारिटी कार्यक्रमले खेलसम्बद्ध निकायलाई खेलाडीहरुको स्वास्थ्यप्रति ध्यानाकर्षण गराउने पनि उद्देश्यले आयोजना गरिएको उनले बताए । गुरुङ सुनसरी बास्केटवल संघले आयोजना गरेको ट्यालेण्ट हण्टबाट छात्रवृत्ति पाएका खेलाडी हुन् ।

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved