इटहरी । अविरल वर्षाका कारण इटहरी उपमहानगरकामा अधिकांश क्षेत्र डुबानमा पर्न थालेका छन् । राजर्मागमा जमेको पानीले निकास पाउन नसक्दा तथा समयमै ढलको व्यवस्थापन र नियमित सरसफाई हुन नसक्दा इटहरी वर्षैपिच्छे डुबानमा पर्दै आएको हो । बर्षायाम सुरु भएसंगै बाटोको खाल्डाखुल्डीमा जमेको पानी र हिलोका कारण आम सर्बसाधरण संगै राजमार्गमा जोडिएका व्यवसायीहरु प्रत्यक्ष मारमा पर्ने गरेका छन् । पटक–पटक डुबानमा पर्न थालेपछि स्थानीय सरकार इटहरी उपमहानगरले टेंग्रा खोलाको मुहान शेरामा बाँध निर्माणको कामलाई तिब्रता दिएपनि वर्षासंगै आएको भेल र बाढीले टेंग्राको डिल कटान गर्दै गाउ प्रवेस गरेर डुवान गर्ने गरेको छ । ग
परिचय विगत केही दशकमा शल्यक्रिया विधामा उल्लेखनिय प्रगति भएको छ । शल्यक्रिया विधा विभिन्न चरणमा विकाससँगै धेरै सव विधाहरुमा विभाजित भएका छन् ।अर्थोपेडिक सर्जरी विगतमा जेनेरल सर्जरीको एक अंगको रुपमा रहेको र अर्थोपेडिक विधामा समय चक्र सँगै विकाश हुँदा यो एउटा विशिष्ट विधाको रुपमा अस्तित्वमा आएको हो ।अर्थोपेडिक विधामा पनि समय सँगै धेरै सवविधाहरु (जस्तै ह्यान्ड विधा, दुरविन पद्धति विधा स्पाइनल, कृत्रिम जोर्नी प्रत्यारोपन) को विकाश भएको छ । जसमध्ये कृत्रिम जोर्नी प्रत्यारोपन एउटा प्रमुख एवम विशिष्ट सवविधा हो । जोर्नी बिग्रिनुमा धेरै कारणहरु मध्ये अस्टियोआरथ्राटिस प्रमुख कारण हो अस्टियोआरथ्राटिस व
धरान / इन्जिनियरिङमा सिमेन्टबाट बनेको संरचनाको आयु ५० वर्ष मानिन्छ । सोही अनुसार हेर्ने हो भने, अहिले कोशी व्यारेजको आयु समाप्त भइसकेको छ । करिब ८ वर्ष अघिनै सप्तकोशी नदीमा बनेको कोशी ब्यारेजको आयु सकिसकेको हो । पुरानो हुँदै गएका कारण पनि अहिले कोशी ब्यारेज जिर्ण हुँदै गएका छ । पछिल्लो समय निरन्तर आएको वर्षाका कारण पुलनै उच्च जोखिममा रहेको छ । ब्यारेजको जिर्णोद्वारमा कसैको पनि ध्यान पुग्न सकेको देखिन्दैन् । सन् १९५४ मा भएको कोशी सम्झौता अनुसार कोशी नदीमाथि ब्यारेज निर्माण गरिएको हो । नेपाल र भारतबीच भएको उक्त सम्झौताबमोजिम कोशी ब्यारेजको शिलान्यास सन् १९५९ मा भएको थियो । नेपा
धनकुटा / पूर्वको प्रमुख पर्यटकिय गन्तब्यको रुपमा स्थापित धनकुटाको नमस्ते झरना नजिकै रहेको लेउती खोलामा पर्यटकिय पुर्वाधार निर्माणको काम सम्पन्न भएको छ । साँगुरीगढी गाउँपालिका वडा नं. १ मा चालु आर्थिक वर्षमा प्रदेश सरकारको १० लाख लगानीमा पर्यटकिय पुर्वाधारको निर्माणको काम गरिएको हो । उक्त धार्मिकस्थलको प्रदेश सांसद आरसी तुम्बाले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । प्रदेश सांसद आरसी तुम्बाको निर्वाचन पुर्वाधार विकास कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ र जनश्रमदान २ लाख ५७ हजार ६ सय ६२ रुपैयाँको लागतमा लेउतीमा पिकनिक स्थल, देविथान, पिकनिक स्थल जाने पदमार्ग निर्माण गरिएको लेउती जलाधार प्रकृति&
धरान । जन्मदै देखि मलद्वार बन्द हुने रोगबाट पिडित बनेका धरान ६ का ७ वर्षिय बालक प्रशान्त मुदेललाई थप औषधी उपचारका लागि होप धरानको पहलमा संकलित ३२ हजार ५ सय रुपैया नगद हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि मुदेलका बुबा प्रकाश मुदेललाई थप उपचारका लागि रकम हस्तान्तण गरिएको हो । राष्ट्रिय गायक दिप श्रेष्ठ सहित युकेमा आर्थिक संकलन गर्न पहल गरेका सोभिन सुब्बाकी दिदी शोभा सुब्बाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए । मुदेलको पहिलो चरण अप्रेशन सफल भए पछि उनी औषधी खादै घरमै आराम गरिरहेका छन् । उनको दोस्रो चरणको अप्रेसन गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् । दोस्रो चरणको अप्रेसनका
धरान । करिब ३ साता अघि उदघाटन भएर स्थगित भएको धरान उपमहानगरपालिका को नगर सभाको टुङ्गो लागेको छ । असार ३० र ३१ गते नगरसभा गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको छ । गत असार १० गते धरानको नगरसभा उदघाटन भएर बजेट तथा नीति कार्यक्रमको बिषय मा बिबाद सुरु भएपछी असार २६ गते गर्ने गरि नगरसभा स्थगित भएको थियो । पुनः असार २६ गते मेयर तिलक राइको नाममा नगरपालिकामा देखिएको बेरुजु को बिषय विवादित बने पछि नेकपा निकट कार्यपालिका सदस्यहरु ले बैठक बहिष्कार गरे पछि नगरसभानै अन्यौलमा परेको थियो । आइतबार यस अघि उठेका बिबादित बिषयहरु मा सहमती जुटेपछी असार ३० र ३१ गते नगरसभा हुने निर्णय भएको छ । कार्यपालिका बैठक न
आज थप ८२ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ८२ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । यो सँगै मृतकको संख्या ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ८८५८९ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संखुवासभा । सिलिचोङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएकाहरुको पहिचान खुलेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सिसुवाखोलाको बेसिन्दा गाउँमा आइतबार बिहानै पहिरोले ७ घर बगाउँदा ११ जना बेपत्ता भएका हुन् । पहिरोमा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभएको छ । गाउँमा पहिरो आएपछि एक जनाको हृदयघातले मृत्यु भएको छ । । दमका बिरामी मदन राईको हृदयघातबाट मृत्यु भएको मल्लले बताउनु भयो । प्रहरी नायव उपरीक्षक मल्लका अनुसार पहिरोमा परेकाहरु
इटहरी । कोरोना भाइरस (कोविड–१९) का कारण बिश्व अक्रान्त बनिरहेको बेला नेपाल पनि यसबाट पृथक रहन सकेको छैन । दैनिक रूपमा संक्रमण बढदै जादा बुधबार बिहान सम्म नेपालमा संक्रमितको संख्या १६, १६८ पुगिसकेको छ भने भाइरसकै कारण हाल सम्म ३५ जनाले ज्यान गुमाइसकेका छन् । यो संगै प्रदेश एकको उदीयमान तथा व्यापारिक हब बनेको सुनसरीको इटहरी पनि पृथक रहेको छैन । सुरूवाती समयमा एकजना मा मात्रै संक्रमित देखिएको इटहरीमा हाल सम्म ६ जना पुगिसकेका छन । भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर गरेको लकडाउन खुकुलो हुदै जादा कोरोनाको बिमारीहरू दुई गुणाले बढेको अवस्था छ । त्यो संगै इटहरीमा पनि लकडाउन खुकुलो बनाइदा
काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको विभिन्न जिल्लामा गरी बाढी तथा पहिरोबाट ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा ३२ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट १९ भन्दा बढी जिल्ला प्रभावित भएको छ । बाढीपहिरोले म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मीमा बढी मानवीय क्षति भएको छ । झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुलामा समेत बाढीपहिरोले क्षति पुर्याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्