बाहिरी बुर्जुवाको सहयोगमा कम्युनिष्ट आन्दोलनमा प्रहार निरौला

  • पुस २१, २०७७
  • "सन्जोग बाबु दाहाल"
alt

धरान । बाहिरी वुर्जुवाहरुको सहयोगमा नेपालको प्रतिगामीहरु सँगको साँठगाँठ गरि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा बन्चरो प्रहार गरेको नेकपाका केन्द्रिय सदस्य समेत रहेका सुनसरी ईन्चार्ज धर्मराज निरौलाले आरोप लगाएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समुहले आयोजना गरेको धरान नगर स्तरिय विस्तारिक बैठक तथा भेलामा उनले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले वुर्जवा भारत सरकार र वुर्जुवा युरोपियन सरकारको सहमतिमा नेपालको कम्युनिष्ट आन्दोलन शुन्य बनाउन लागेको आरोप लगाए ।

उनले भने, ‘नेपालमा बहुमत प्राप्त कम्युनिष्ट सरकार देखे पछि बाहिरी बुर्जुवा सरकारहरु थकित भएका थिए, उनीहरुको छटपटी शान्त पार्नका लागि कम्युनिष्ट आन्दोलनमा सहमतीका साथ काम गर्ने पात्र खोजिरहेका थिए, त्यो कुपात्र हाम्रै पार्टीका अध्यक्ष बने ।’

निरौलाले प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिले गत ५ गते गरेको संसद विघटन असंवैधानिक भएको दाबी गरे । उनले भने, ‘प्रधानमन्त्री ओलीले चालेको कदम कसैले नसोचेको, कसैले सोच्न नसक्ने हो, जनता, कार्यकर्ता माथिको विश्वासमा बन्चरो प्रहार भएको छ ।’

ओलीले भष्मासुर भएर कम्युनिष्ट आन्दोलनलाई भष्म बनाएको आरोप समेत लगाए । उनले ओलीपक्षको पार्टी वुर्जुवा पार्टि भएकोले कार्यकर्ताहरुलाई पार्टी छान्ने विषयमा दोधार नपरी कम्युनिष्ट पार्टी छान्न समेत आग्रह गरे

कार्यक्रममा विघटित प्रतिनिधीसभाका संसद जयकुमार राईले पार्टी विभाजन हुनु दुःखद रहेको बताए । उनले भने, ‘संसद विघटन संवैधानिक हो भनेर साथिहरु हिडिरहनु भएको छ, विगतको घटनाबाट पाठ सिक्दै स्थिर सरकारको परिकल्पना गर्दै त्यो प्रावधान हटाएर यो संविधानको निर्माण गरिएको हो ।’

प्रधानमन्त्रीको कदमका कारण राजावादीहरुले मौका पाएर २०४७ को संविधान लागु गर्नु पर्ने भन्दै हिडिरहेका छन्, २०४७ को संविधान लागु भयो भने झन खत्रा हुन्छ ।’

यस्तै प्रदेश सभा सदस्य उमिता बराइलीले पनि प्रधानमन्त्रीले संविधानको अपव्याख्या गर्दै हुदै नभएको अधिकार प्रयोग गर्दै संसद विघटन गरेको बताईन् । कोरोनाले देश र जनता आक्रान्त बनेको बेला प्रधानमन्त्रीको कदम गलत भएको र संसद पुनःस्थापनाको लागि संघर्ष गर्ने चेतावनी समेत दिएकी छिन् ।

प्रधानमन्त्रीले राष्ट्रघाती एमसिसि पास गर्न प्रतिनिधीसभा विघटनको कदम चालेको हुन सक्ने आशंका ब्यक्त गरिन् ।

सोमबार नै सम्पन्न बैठकले १५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति समेत गठन गरेको छ । आइन्द्रविक्रम बेघाको संयोजकत्वमा गठित समितिको सहसंयोजक चोत्लुङ रहेका छन् । त्यस्तै बैठकले पदम लिम्बुको संयोजकत्वमा स्वयंसेवक परिचालन कमिटी पनि गठन गरेको छ ।

यसै गरी चोत्लुङको संयोजकत्वमा स्रोत परिचालन कमिटी, प्रचार प्रसार समितिको संयोजकमा केशव घिमिरेलाई तोकेको छ । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न बैठकमा प्रचण्ड–नेपाल समूहका वडा कमिटीका पदाधिकारीहरू, जनवर्गिय सङ्गठनका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved