प्रदेश १ मा २९ हजार ८ सय संक्रमित, २८ हजार ७ सय डिस्चार्ज

  • पुस २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । आज १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, ते¥हथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गा ४७, सोलुखुम्वुमा ३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताउनुभयो । उहाँका अनुसार प्रदेश १ बाहिरका १ हजार १७ जनामा कोरोना संक्रमण भएको छ ।

प्रदेश १ मा आज ८१ जना डिस्चार्ज भएसँगै २८ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् । मोरङमा १२ हजार ६८४, सुनसरीमा ८ हजार ६५९, झापामा ४ हजार ३९२, उदयपुर ४८२, इलाममा ४४७, संखुवासभा ३२८, धनकुटामा १८७, पाँचथरमा १४१, ताप्लेजुङमा ११४ ते¥हथुममा ११२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५, सोलुखुम्वुमा ३५ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाहिरका ९३७ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हाल होमआईसोलेसनमा ६५८ रहेका छन् ।

प्रदेश १ मा आजसम्म २ लाख ९ हजार ९४९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved