लागुपदार्थ दुव्र्यसनीको उपचारका लागि फुटसल

  • पुस २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लागुपदार्थ दुव्र्यसनीहरुको निःशुल्क उपचार गर्ने उद्देश्य सहित धरानमा फुटसल प्रतियोगिता हुने भएको छ ।
दुव्र्यसनीहरुको पुर्नस्थापनामा सक्रिय रहेको संजीवनी उपचार तथा पुनस्र्थापना केन्द्रले धरानमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगिताबाट संकलन भएको रकमले केन्द्रमा ५ जना आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई निःशुल्क उपचार प्रदान गरिने केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्राकारले बताए ।


केन्द्रले आइतबार पत्रकार सम्मेलन गर्दै पुष २३ र २४ गते संजीवनी फुटसल प्रतियोगिता आयोजना गर्ने जनाएको छ । प्रतियोगिता धरान १० धर्मपथस्थित धरान फुटसलमा हुनेछ ।

विजेताले ५१ हजार पुरस्कार पाउनेछ भने उपविजेताले ३१ हजार पाउनेछ । व्यक्तिगततर्फ बेष्ट प्लेयर, बेष्ट गोलकिपर र म्यान अफ दि म्याचको पनि पुरस्कार दिइने ताम्राकारले जानकारी दिए ।

प्रतियोगितामा धरान, विराटनगर, झापा, काठमाण्डौंबाट पनि टिम सहभागी हुनेछ । प्रतियोगिताका संयोजक अनिल सुनामले भने, ‘३२ वटासम्म टिम सहभागी हुने अपेक्षा गरेका छौं, प्रतियोगिताले नव खेलाडीहरुलाई प्रतिभा प्रर्दशन गर्ने अवसर हुने र लागुपदार्थमुक्त समाज स्थापनामा भुमिका खेल्नेछ ।’

प्रतियोगिताको प्रचारको लागि सोमबार फोटो पत्रकार महासंघ सुनसरी र आयोजक टिमबीच मैत्रीपुर्ण खेल पनि आयोजना हुनेछ ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved