विराटनगर । नेकपामा उत्पन्न विवादसंगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध संसदमा अविश्वास प्रस्ताव पेस भए पछि सरकारले संसद छल्दै आफ्नो आयु लम्ब्याउने रणनितिमा रहेको छ । प्रदेशसभा बैठक डाकिएको डेड महिना बितिसक्दा पनि सरकारले संसद छल्दै आफ्नो आयु लम्ब्याउने रणनीति अख्तियार गरेपछि प्रदेशसभा समेत बन्धक बन्न पुगेको छ । सरकार अनुकूल हुने गरी बारम्बार प्रदेशसभाको बैठकको मिति तोक्ने र बैठक सारिदिने गर्नाले पेस भएको अविश्वास प्रस्तावमाथि छलफल शुरु नहुँदा प्रदेश १ सरकारको आयु १२ दिन थपिएको छ । विहीबार २ बजेको लागि बैठक तय भएको थियो । तर, प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना
इलाम । इलाम नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु भएको छ । राष्ट्रिय परिचयपत्र वितरणको जिल्लामा पहिलोपटक इलाम नगरपालिकाबाट शुरु भएको हो । यस अघि जिल्ला प्रशासन कार्यलय इलामले कार्यलयमा आउने सेवाग्राहीलाई फोटो खिचाउँदै आएको थियो । इलाम नगरपालिकामा शुरु भएको परिचय पत्र वितरण नगरका १२ वटै वडाहरुमा एकै पटक शुरु भएको नगरपालिकाले जनाएको छ । परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७५ बमोजिम नागरिकता प्राप्त व्यक्तिलाई राष्ट्रिय परिचयपत्र दिइनेछ । एक दिनमा एक सय २० जनासम्मको फोटो खिच्ने र विवरण लिइने इलाम नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए । फोटो खिच्नका लागि नागरिकता, विवाहित
विराटनगर । ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश १ सरकारले राहत सामग्री उपलब्ध गराएको छ । विहीबार आगलागीले ध्वस्त भएको बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामग्री उपलब्ध गराउनुका साथै पिडितलाई थप राहत प्याकेज समेत घोषणा गरेका छन । पीडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले दोभानबस्तीमा पुगेर बताए । त्यस्तै डेराभाडामा बस्दै आएका परिवारलाई प्रति परिवार ३० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले सुनाए । आगलागी पीडितहरुको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले पीडितहरुको माग अनुसार ग्यास
इटहरी/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले गत सोमबार उद्घाटन गरेको इटहरीको इपिल्यान्ड वाटर पार्क विवादमा तानिएको छ । परिचित व्यवसायी भीम पौडलसहित अवकास प्राप्त एआईजी कृष्ण बस्नेत तथा उनका नातेदार कृष्ण बस्नेत र पूर्व डीआईजी ज्ञानविक्रम साहको संयुक्त लगानीमा पार्क सञ्चालन भएको हो । सो पार्क सरकारी जग्गामा बनेको र नक्सा पाससमेत नगरी निर्माण भएको आरोप लागेपछि विवादमा तानिएको हो । पार्क नेपालकै पहिलो नमुना वाटर पार्क भएको सञ्चालकहरूको दावी छ । मन्त्री ढकालले उद्घाटन गरेर पार्क सञ्चालन भइसकेपछि इटहरीकी उपमेयरले सो पार्क अवैध र गैरकानुनी तवरले निर्माण भएको बताएकी छन् । उ
विराटनगर/ मोरङको सुनवर्षी नगरपालिका–८ का वडाध्यक्ष नुरुल मियाँले दोहोरो नागरिकता लिएको भन्दै उनीरिुद्ध उजुरी परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग र मोरङ जिल्ला प्रशासन कार्यालयमा मियाँविरुद्ध वडा सदस्यहरूले नै उजुरी दिएका हुन् । उनीसँग नेपाल र भारत दुवै देशका नागरिकता भएको र उनले दुवैतर्फ कारोबार गर्ने गरेको बताइएको छ । उनले भारतीय ७०५४९२०३५५७० भीआईडी ९१२३८१११८८५३४५० नम्बरको आधार कार्ड लिएको र भारतीय बैङ्कहरूमा खाता खोली एटीएम प्रयोग गर्ने गरेको उजुरी पत्रमा उल्लेख छ । मियाँले आफ्नै नामबाट भारतीय सिमसमेत प्रयोग गर्ने गरेका छन् । उनीविरुद्ध जनता आवासजस्ता कार्यक्रमअन्तर
इलाम/ दुई वर्षभित्र जिल्लामा १६ वटा सिँचाइ आयोजना निर्माण हुने भएका छन् । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत् चार वर्षमा सिँचाइ आयोजना निर्माण हुने भएका हुन् । जिल्लाका छ स्थानीय तहमा सिँचाइ आयोजना निर्माण हुने परियोजनाका फिक्कल क्लस्टर संयोजक केशव लामाले बताए । जिल्लाका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा सिँचाइ आयोजना निर्माण भइरहेका छन् । इलाम नगरपालिकाले झुत्रेखोला सिँचाइ आयोजना र निफोक खोला सिँचाइ आयोजना निर्माण गर्दैछ । सूर्योदयमा कन्याम फाजिगाउँ सिँचाइ आयोजना, साउ
विराटनगर/ महालक्ष्मी वायर एन्ड केबल इन्डस्ट्रिज प्रालिले ‘जल’ ब्रान्डका पाइप एन्ड फिटिङका बिक्रेतासँग बृहत् छलफल गरेको छ । महालक्ष्मीले जल ब्रान्डमा सिपिभिसी र पिभिसी पाइप तथा फिटिङ्सहरू उत्पादन गर्ने गरेको छ । कम्पनीले पहिलो चरणमा सिरहाभन्दा पूर्वका बजार प्रतिनिधि तथा बिक्रेतालाई सहभागी गराएर इटहरीमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरू उपस्थित थिए । ‘जल’ लाई अझ सशक्तरूपमा अघि बढाउन यस्तो भेला आजोजना गरेको जनाइएको छ । कार्यक्रममा कम्पनीका सञ्चालकले थप सुविधा र गुणस्तर एकै छाना मुनिबाट पूर्ण होम सोलुसनसहित उपलब्ध गराउन
विराटनगर । फागुन २० गतेलाई तय भएको प्रदेश १ को प्रदेश सभा बैठक चैत २ गतेलाई तोकिएको छ ।प्रदेश सभा सचिवालयले सूचना टाँस गरी विहीबार लाइ तय भएको बैठक स्थगित गरी अर्को मिति तोकेको हो । भोलिको बैठकमा यसअघि मुख्यमन्त्री शेरधन राई विरुद्ध पेस भएको अविश्वासको प्रस्तावमाथि छलफल शुरु हुने नेकपा तथा प्रमुख विपक्षी कांग्रेसल अपेक्षा गरेका थिए । तर त्यसअघिनै अर्को मिति तोकिएको हो । अविश्वासको प्रस्ताव संसदमा पेश भई अघिल्लो बैठक स्थगित भएको थियो । यसअघि फागुन ९ गते बैठक बसेको थियो ।
धरान/ पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घको उपाध्यक्षमा धरानका व्यवसायी गोपाल श्रेष्ठ निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न सङ्घको १४ औँ वार्षिक साधारणसभाबाट उनी द्वितीय उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनी १३ वर्षयता धरानमा अरूण पेट्रोलियम पम्प सञ्चालन गरिरहेका छन् । उनी सुनसरी उद्योग वाणिज्य सङ्घका कोषाध्यक्षसमेत रहेका श्रेष्ठ पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका केन्द्रीय सदस्य तथा कोशी पेट्रोल डिलरका समेत सदस्य हुन् ।
धरान । पछिल्लो समय बढ्दै गएको राजनितिक असंतुलनका कारण सुकुम्बासी आयोगले शुरु गरेको सुकुम्बासी लगत संकलनको काम प्रभावित बनेको छ । सुकुम्बासी आयोगले लगत संकलन गरेर सिफारिस गर्न जारी गरेको ३५ दिने सुचना सकिदाँ पनि कतिपय स्थानीय तहले लगत संकलनको फर्म नै भराएका छैनन् भने कतिपय निकायमा सिफारिस समितीनै बन्न सकेको छैन् । राजनितिक असंतुलनका कारण सबै भन्दा ठुलो प्रभाव धरानमा परेको छ । धरानका १२ हजार २ सय ६६ घरधुरी सुकुम्बासीले आयोगले तोकेको समय भित्रै फर्म भर्न पाएनन् । जसका कारण राज्यले लालपुर्जा दिन्छौं भनेर सिफारिस माग्दा पनि धरान उपमहानगरपालिकामा देखिएको राजनितिक असंतुलनले सुकुम्बासी घरधुरी लालपुर्