विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा आज मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । कोशी अस्पतालका अनुसार कोरोनासंग मिल्दो लक्ष्यण देखिएपछि उपचार गर्न भनेर ल्याउनसाथ उनको अस्पतालमा मृत्यु भएको थियो । मृतक विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुष हुन । उनका ज्वरो, खोकी र श्वासप्रश्वास सम्बन्धी समस्या भएको अस्पतालले जनाएको छ । अस्पतालको आइसोलेसन वार्डका प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार स्वाब परीक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । अपरान्ह पोजेटिभ रिर्पोट आएको हो । कोरोनाबाट संक्रमणबाट विराटनगरमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मोरङ जिल्लामा मृतकको संख्या पाँच पुगे
काठमाडौ / आज थप ४ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ । नेपालमा हालसम्म ७० जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ४ सय २५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १५ हजार ८ सय १४ जना जना रहेका छन् ।
विराटनगर, २३ साउन । प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला, रंगेलीमा २३ पुरुष ६ महिला, बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ । प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार
विराटनगर । विराटनगरका १ जना पत्रकारमा कोभिड १९ पोजेटिभ रिर्पोट आएको छ ।नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले दिएको जानकारी अनुसार संक्रमित पत्रकारले महासंघद्वारा गराइएको कोरोना बीमाको रकम भुक्तानीको लागि निवेदनसमेत दिएका छन् । अध्यक्ष पोखरेलले महासंघले अजोड इन्स्योरेन्ससंग सम्झौता गरी कोरोना बीमा गराएको जानकारी दिंदै भने,“महासंघले पहल लिएर मोरङ जिल्लाभरका दुई सयभन्दा धेरै पत्रकार र परिवारको कोरोना बीमा गराएका छौं । विराटनगरकै एकजना साथीले बीमा भुक्तानी दाबी गर्दै निवेदन दिनु भएको छ ।” संक्रण पुष्टि भएका पत्रकारले साउन १९ गते स्वाब दिएका थिए । महासंघका सदस्य उनी
चतरा । समुदायमा कोरोना संक्रमण फैलिदै गए पछि वराहक्षेत्र नगरपालिकाका कर्मचारीहरुको स्वाब परिक्षण गरिएको छ । पहिलो चरणको स्वाब परिक्षणमा ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बराहक्षेत्र मा गरिएको समुदाय स्तरिय कोरोना परिक्षण गर्दा ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी उमेश मेहेताका अनुसार ९७ जनाको पि सि आर गरिएकोमा ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्यको रिपोर्ट आउन बाकी रहेको उनले बताए । समुदाय स्तरमा गरिएको स्वाब परिक्षण नगरपालिकाकै नगर अस्पतालमा गरिएको थियो ।
धनकुटा, २३ साउन / उच्च अदालत विराटनगर धनकुटा इजलासले अघिल्लो वर्षको तुलनामा गत वर्ष कम मुद्दा फछ्र्यौट भएको जनाएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा ७५ दशमलव ५९ प्रतिशत मात्र मुद्दा फछ्र्यौट गर्न सफल भएको छ । उच्च अदालतले अघिल्लो वर्ष ८१ प्रतिशत मात्र मुद्दा फछ्र्यौट गरेको थियो । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ८८ थान, नयाँ दर्ता भएका २ सय ७ थान गरी २ सय ९५ मध्ये जिम्मेवारी मध्येबाट ८५ थान, नयाँ दर्ता मध्येबाट १ सय ३८ थान सहित २ सय २३ थान मुद्दा फछ्र्यौट भएको मुख्य न्यायधिश नीता गौतम दिक्षितले बताईन् । निवेदन, प्रतिवेदन तर्फको लक्ष्य र प्रगति भने निवेदनतर्फ जिम्मेवारी
विराटनगर । स्थानीय रुपमा विराट अस्पताल (विराट नर्सिङ) होमका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरुमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण तीव्र रुपमा विराटनगरका अन्य अस्पतालतिर पनि सरेको छ । दुई साताभित्र तरकारी व्यापारी, पान पसले, होटल संचालक र प्रदेशका उच्च पदस्थ पदाधिकारीमा पनि संक्रमण पुष्टि भएको छ । परीक्षणको दर बढ्दै जाँदा संक्रमणको क्षेत्रसमेत फराकिलो बन्दै गएको देखिन्छ । विराटनगरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २०० कट्न लागेको छ । संक्रमणको बढ्दो ग्राफले ‘प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमणको तीब्रतर फैलावट कसरी हुन पुग्यो ?’ भन्ने आम र
सुनसरी । मोरङको बुढिगङगा गाउपालिकाका मुसहरहरु माथि समुहगत रुप साङ्घातिक आक्रमण गर्नेलाइ प्रहरीले बिना कार्बाही छाडी दिएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ खार्जीका मुसहर हरु माथी गत सोमबार आक्रमण भएको थियो । आक्रमण बाट पाँचजना मुसहरहरु गम्भिर घाइते भएका छन । आक्रमणमा परेर घाइते भएका सरस्वतीऋषिदेव ५० र उनकाभाइहरु क्रमश ४० बर्षिय पन्नाालाल ३८ बर्षिय चुन्नीलाल ३५ बर्षिय रामजी र ३३ बर्षिय श्यामऋषिदेव गम्भिर घाइते भएका छन । घरछिमेकको सामान्य विवादको बदला लिन राती हातहतियार सहित गाउँमा आएर अन्धाधुन्ध आक्रमण गरेर पाँचजनालाई गम्भिर घाइते बनाउने समुहलाई मोरङ प्रहरीले विनाकार्वाही छाडिदिएको हो ।
विराटनगर । कोभिड १९ सँग मिल्दो लक्ष्यण भएका अर्का एक जना बिरामीको कोशी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका अनुसार विराटनगर–९ बाट ज्वरो र श्वास प्रश्वास सम्बन्धी समस्या भई ल्याइएका व्यक्तिको आज बिहान मृत्यु भएको हो । परिवारले अस्पताललाई दिएको जानकारी अनुसार ५८ वर्षीय पुरुषमा एक सातादेखि हलुका ज्वरोको लक्ष्यण थियो । तर, बिहान एक्कासि श्वास फेर्न कठिन भएपछि कोशी अस्पताल लगिएको थियो । कोशी अस्पताल आईसोलेशनका इञ्चार्ज डा.लक्ष्मीनारायण यादवले भने,“अस्पतला ल्याई पुग्दा उहाँको मृत्यु भईसकेको थियो । तर, कोरोनासं मिले लक्ष्यणहरु देखिएकोले हामील्े स्वाब संकलन गरेर परीक्षणमा पठाएका छौं ।&rdq
इलाम/ कोरोना संक्रमण फैलीरहेको बेला नेपाल भारत खुल्ला सिमानाका कारण लुकिछिपि प्रवेश नहोस भनेर लकडाउनको समयमा पनि इलामको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा पोष्ट थपियो । देशमा लकडाउन भएको एक महिना भित्र सीमा क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट राखेपछि लुकिछिपि नेपाल प्रवेस गर्नेको संख्या पाइएको छैन । लकडाउन सुरु भएसँगै सात स्थानमा सशस्त्र प्रहरीको टोली राखियो पछि ११ वटा सीमा क्षेत्रमा सुरक्षा पोष्ट राखेपछि सीमाबाट लुकिछिपि आउने र अवैद व्यापार बन्द भएको छ । नेपाल–भारत सिमानाको साढे ५२ किलो मिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको टोली खटाएसँगै सिमाबाट लुकिछिपि