कोरोनाको जोखिम बढ्दो : स्वास्थ्य मन्त्रालयको निर्देशन पालना भएन

  • वैशाख १२, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान/ दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकार स्वास्थ्यमन्त्रालयले स्वास्थ्य निर्देशिकामार्फत संघीय, प्रदेश र स्थानीय सरकारलाई निर्देशिका पालना गर्न सर्कुलर जारी गरेपनि त्यो कही कतै अलिकति पनि पालना भएको पाइदैन ।

विशेष गरी सरकारले जारी गरेको निर्देशिका यातायात व्यवसायीहरुले पालना गरेको पाइदैन । सर्वजनिक बसमा मास्क लगाउने, सेनिटाइजर गरी यात्रुलाई यात्रा गर्न दिने, भौतिक दूरी पालना गरेर यात्रुलाई सिटमा राख्ने लगायतका कुरा निर्देशिकामा उल्लेख भएपनि धरानबाट सञ्चालन भएका पूर्व, पश्चिम, कोशी पहाडी क्ष्ँेत्रमा चल्ने यात्रुवाहक सवारी साधनले पालना गरेको पाइदैन ।
दोस्रो चरणको कोरोना संक्रमण फैलिन थालेपछि नेपाल सरकारले जोखिम न्युनिकरणका लागि ४० बुदे निर्देशिका जारी गरेको छ । तर निर्देशिका पालना गर्न लगाउने संघीय सरकार, पदेश सरकार र स्थानीय सरकारले गम्भीरतापूर्वक निलिदा पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएको हो । धरानको बसपार्कबाट चल्ने अधिकांंश सवारी साधनमा यात्रागर्ने यात्रुहरुले सामन्य मास्कको प्रयोग गर्ने गरेपनि सेनिटाइजर तथा भौतिक दूरी कायम गरेको पाइदैन ।

यस विषयमा यातायात व्यवसायीहरुले सरकारले निर्देशिकामा के छ भन्ने कुरा यायतायात मजदुर, यातायात व्यवसायी तथा यात्रुलाई जानकारी नदिएका कारण अन्यौलमा रहेको बताएका छन् । नेपाल यातायात रष्ट्रिय महासंघ एक नं. १ प्रदेशका संयोजक सरोज श्रेष्ठले निर्देशिका आएपनि स्थानीय सरकारले यस विषयमा छलफल, निर्देशिका सम्बन्धमा जानकारी नदिदा यातायात व्यवसायी अलल्लमा परेको बताए । उनले भने–‘स्वास्थ्य मन्त्रालय निर्देशिका प्रकाशित गरेर संघीय, प्रदेश र स्थानीय सरकारलाई पठाएको छ, तर यस विषयमा स्थानीय सरकारले हामीसंग छलफल नै गरेको छैन, निर्देशिकामा के छ भन्ने नै थाहा छैन ।’

यता यात्रुहरुले पनि सवारी साधनमा यात्रा गर्दा जोखिम रहेको बताएका छन् । यात्रु सागर प्रसाईले सार्वजनिक यातायाताका मजदुरहरुले अनिवार्य मास्क प्रयोग गर्न, सेनिटाइजर प्रयोग गर्न तथा भौतिक दूरी पालना नगरी यात्रु तानातान गरेर यात्रा गराउन बाध्य हुदा जोखिम अझ चुलिएर गएको बताए । उनले भने–‘यातायात मजदुरले यात्रुलाई सजग गराउने काम गरेका छैनन्, आफू पनि मास्क प्रयोग गर्दैनन्, सेनिटाइजर प्रयोग गर्दैनन, यात्रुहरुलाई कसरी उनीहरुले सजग गराउने ?’

यता यातायात मजदुरहरु जोखिम छ भन्ने थाहा पाउदा पाउदै पनि स्वास्थ्य निर्देशिका पालनना गरेको पाइदैन । बसमा भौतिक दूरी पालना खचाखच यात्रु हाल्ने, मास्क नलगाउदा पनि मास्क लगाउन आग्रह नगर्ने, सेनिटाइजरको प्रयोग गर्ने गर्छन । तर उनीहरु नै सावधानी अपनाउनुपर्ने बताउदै आएका छन् । यातायात मजदुर मेघराज पोख्रेलले ‘विगतमा जति लापाबारबाही भएपनि अब भने सबै सजग हुनुपर्छ, नत्र भोलि विगतको भन्दा डरलाग्दो अवस्था आउन सक्ला ।’

जोखिम बढ्दै जादा धरानमा दोस्रो चरणको संक्रमणबाट ६० जना भन्दा बढी संक्रमित भइसकेका छन् भने धरानमा दुई जनाको मृत्यु भइसकेको छ । यस विषयमा उपमहानगरपालिका भने कोरोना संक्रमण न्यूनिकरणका लागि तयारमिा बसको बताउने गरेको छ । उपमहानगर अन्तर्गतको कोरोना नियन्त्रण तथा रोकथाम समितिको छलफल भइरहको र नियन्त्रण्का प्रयासमा गम्भी हुने नगरपालिकाले जनाएको छ । उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले सार्वजनिक यातायातमा मास्कको प्रयोग, सेनिटाइजर तथा भौतिक दूरी कायम गर्न यातायात मजदुर, यात्रु तथा सर्वसाधारणलाई आग्रह गर्ने बताए । उनले भने–‘दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ, यसको नियन्त्रणका लागि शनिवार उपमहानगरपालिकामा छलफल पनि भयो, नियन्त्रणमा अब उपमहानगरपालिका लाग्छ ।’

नेपालमा फेरि दोस्रो चरणको कोरोना संक्रमण जोखिम बढ्दै गएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले ४० बुदे निर्देशिका जारी गरेको छ, तर यो निर्देशिका सम्बन्धमा नत संघीय सरकार, नत स्थानीय सरकार न त प्रदेश सरकारले सर्वसाधारणलाई बुझाउन सकेका छ । त्यसमाथि पनि लापार्बाही अझ बढेर गएको अवस्था छ । अब यो जोखिम न्यूनिकरणका लागि सबै पक्ष गम्भीर नभए कोरोनाको जोखिम हिजोको भन्दा झन् धेरै भयावह अवस्था आउन सक्ने देखिन्छ ।

 

 

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved