समाचार

    Showing 7,611-7,620 of 10,045 items.
  • शव व्यवस्थापनमा नेपाल स्काउट पनि खटिने

    धरान । कोरोनाको महामारीले मृत्युदर बढ्दै शवहरुको ब्यबस्थापन गर्न नेपाल स्काउटको टोलि पनि खटिने भएका छन् । नेपालि सेनाको टोलिले हाल सम्म शव ब्यबस्थापन गर्दै आए पनि हरेक स्थानमा पहँुच र ब्यबस्थापन सम्भब नभएकाले स्काउटालाई पनि परिचालन गर्ने तयारी भएको हो । नेपाल स्काउट प्रदेश तदर्थ समितीले नेपाली सेनाको सहकार्यमा शव ब्यबस्थापनको तालिम शुरुवात गरेको छ । झापामा आइतबार देखि बुधबार सम्म प्रदेश समितीको आयोजना र नेपाली सेनाको प्राबिधिक सहकार्यमा तालिम संचालन हुनेछ । झापा जिल्लाका भद्रपुरमा भइरहेको तालिममा जिल्लामा १७ जना स्काउटरहरु सहभागि भएका छन् । कार्यक्रममा नेपाली सेनाका तर्फबाट पहिलो चरणमा श्री

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 909 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माछा मार्ने क्रममा अर्जुनधाराका धनेन्द्र तामाङको मृत्यु

    सुनसरी । झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । आईतबार बेलुका साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी बिएण्डसि अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो । घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणीबाट प्रहरी टोली खटि गई तामाङसंग गएका साथीहरु सोही स्थानका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 1,177 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संसद विघटन विरुद्ध प्रतिरोध गर्न मोरङ कांग्रेसको आह्वान

    विराटनगर । नेपाली कांग्रेस मोरङले संसद विघटन विरुद्ध राजनीतिक र न्यायिक प्रतिरोध गर्न आह्वान गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस मोरङले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा चालिएको संसद विघटन गर्ने कदमको राजनीतिक र न्यायिक रुपमा प्रतिवाद गर्न आह्वान गरेको हो । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपतिद्वारा विधि प्रक्रिया मिचेर प्रधानमन्त्रीको मतियार बनी मध्यरातमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा मुलुकलाई धमेल्नु कोरोनाबाट प्रताडित जनताको जीवनसँग भोटको सौदाबाजीको सुरुवात भएको उल्लेख छ

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 358 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विशिष्ठलाई उच्च सुरक्षामा, गाउँ शहरमा भद्रगोल

    इटहरी । प्रदेश एकको राजधानी मोरङको बिराटनगर स्थित मुख्यमन्त्री कार्यालयको मुख्य गेटैमा राखिएको छ, हात धुने साबुन पानी ,सेनीटाइजर । कार्यालय प्रवेश गर्ने जो कोहीलाइ पनि ज्वरो नाप्ने सहित साबुन पानीले हात धुएर सेनिटाइजर लगाएर मात्रै प्रवेश गर्न दिइन्छ । मन्त्रालयका प्रत्येक कोठै पिच्छे सेनिटाइजर राखिएको छ । कसैमा शंका लागे तुरुन्तै पिसिआर जाँचको व्यवस्था पनि गरिएको छ । मोरङकै बिराटनगर स्थित सिमा नाका जोगवनीमा त्यस्तै स्वास्थ्य सुरक्षाको व्यवस्था गरिएको छ । अहिले नाका पुरै बन्द गरिएको अवस्था छ । तर पनि त्यहा रहेका नेपाली तथा भारतीय उच्च अधिकारीहरूका लागि भनेर उच्च सुरक्षाका साथ सेवा सुविधा दिइए

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,262 पटक पढिएको
    • "तेजबहादुर बन"
  • कोरोना संक्रमित उदयपुरकी महिलाको मृत्यु

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचार गराइ रहेकी उदयपुरकी ३४ वर्षिय एक महिलाको मृत्यु भएको छ । वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएकी उनको आज दिउँसो मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ की महिलालाई वैशाख २७ गते नै भर्ना गरिएको थियो । उनको नियमअनुसार शव व्यवस्थापन भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,073 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका पदाधिकारी चै कमिशनको खेलमा, कर्मचारीलाई आर्थिक संकटको बहाना

    धरान । एकातिर प्रमुख पदाधिकारीहरु कमिशनको खेलमा तानातान छन्, अर्को तिर कोरोना संक्रमित बिरामीहरु सँग प्रत्यक्षरुपमा सेवा दिइरहेका नर्सहरु सेवा सुविधाको माग गर्दै आन्दोलित हुनु परेको अवश्था छ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा । कुर्सीमा बसेर भ्रष्टाचार गर्न अनेक बहाना खोज्ने प्रमुख पदाधिकारीहरु प्रतिष्ठानको सेवा सुविधा लिएर बसेका छन्, त्यही बिरामीको प्रत्यक्ष सेवामा दिनरात काम गरिरहेका नर्सहरु तलब, भत्ता सहित सेवा सुविधाको माग गरिरहेका छन् । आइतबार नर्सहरुको टोलिले प्रतिष्ठानका प्रमुख ४ पदाधिकारी सहित मेट्रोनलाई ७ बुँदे मागपत्र बुझाएका छन् । प्रतिष्ठानका कर्मचारीलाई आर्थि

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 769 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जबरजस्ती करणी आरोपमा झट्केलो बाउँ पक्राउ

    सुनसरी । जबरजस्ती करणी गरेको आरोपमा रामधुनी ८ का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमतीको पहिलो श्रीमान पट्टीकी कान्छी छोरीलाई करणीको प्रयास गरेको आरोपमा रामधुनी ८ तिनकुने घर भई हाल इनरुवा ३ मा बस्दै आएका ३५ वर्षिय एक पुरुष लाई प्रहरीले पक्राउ गरेको हो । केही दिन अघि आमालाई भेट्न आएकी ९ वर्षिय बालिकालाई गत बुधबार रातीको समयमा आमा निदाएको मौका पारी करणीको प्रयास गरेका थिए । घटना पछि फरार रहेका आरोपितलाई आइतार बिहान प्रहरी चौकी डुम्राहाको टोलिले इनरुवा ८ बङकुल्वा पुर्वी टोलबाट पक्राउ गरेको छ । उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका संक्रमित युवकको मृत्यु

    धरान । गत जेठ २ गते धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका इटहरीका एक युवकको मृत्यु भएको छ । जेठ १ गते कोरोना संक्रमण पुष्टि भएका इटहरी ४ का २४ वर्षिय युवकको शनिबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन नियमअनुसार हुने प्रतिष्ठानले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 916 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठान आफ्नो गल्ती छोप्न मिडियालाई दोष लगाउदै

    धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो गल्ती लुकाउन सञ्चारमाध्यलाई दोष दिन थालेको छ । प्रतिष्ठानले शनिबार अक्सीजनको उपलब्धताका आधारमा मात्र विरामी लिने भन्दै घुमाउरो भाषामा विरामी भर्ना लिन नसक्ने आशयको विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमलाई पठाएको थियो । सञ्चारमाध्यमले विज्ञप्तिमा उल्लेख भए अनुसार प्रतिष्ठानको आशय सहितको समाचारहरु सम्प्रेशण गरे । प्रतिष्ठानले विरामी भर्ना नलिने आशयबको विज्ञप्ती जारी गरेको भन्दै समाचार सम्प्रेशण गरेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाललाई चौतर्फी दबाब पर्यो । जिल्ला प्रशासन कार्यालयका एक अधिकृतका अनुसार सिडिओ ढकालले शनि

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,419 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागूऔषध सहित इटहरीकी एक महिला पक्राउ

    सुनसरी । मोरङको बिराटनगर १७ मटेरुवा चौकबाट लागूऔषध सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १ कि ४१ बर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागूऔषध डाइलेक्स डिसि ५० बोतल, नाईट्राभेट १ सय ट्याब्लेट, स्मास्मो प्रोक्सीभोन प्लस ४ सय ३२ चक्की सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका महिला माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,517 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved