समाचार

    Showing 7,491-7,500 of 8,681 items.
  • इटहरीले १ सय बेडको आइसोलेसन भवन निर्माणलाई तिब्रता दिइने

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ९ रंगशालामा निर्माणाधीन सय वेडको आइसोलेसन भवनको निर्माणलाई तिव्रता दिएको छ । सोमवार उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख,शशस्त्र र नेपाली सेनाका प्रतिनिधि, उद्योग वाणिज्य संघ समेतको उपस्थितिमा वसेको वैठकले इटहरी ९ रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाडै संचालनमा ल्याउने गरि काम गरिने निर्णय गरेको छ । इटहरीमा संक्रमित वढदै गएकाले लक्षण नदेखिएका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ । खानेपानी, विद्युत लगायतका विभिन्न

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 667 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्थिक सहयोग जुटेन

    धनकुटा, १५ भदौ ÷आफु र परिवारको भविष्य निर्माण गर्ने बेलामा रोगले थलिएपछि धनकुटाका बोधराज ढुंगाना अहिले कहानी लाग्दो जीवन जिउन बाध्य छन् । उमेरले मात्र ४० टेकेका छन् । तर रोगले सताएपछि कस्को के नै पो लाग्दो रहेछ र ? रोगले जवानी नभन्दो रहेछ–‘उनले दिक्क मान्दै भने ।’ परिवार र छोराछोरीको उज्वल भविष्यको लागि आधार निर्माण गर्ने बेला ढुंगाना रोगले थलिएर बसेका छन् । उनको जीवनमा ‘ब्रेक’ लागेको छ । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा स्थायी घर भएका ढुंगाना अहिले धनकुटा बजारको एउटा कोठामा कहाली लाग्दो जीवन बिताउन बाध्य छन् । दुवै खुट्टा भएर पनि रोगका कारण

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 958 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धरानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    धरान । कोरोना संक्रमणबाट धरानमा आज थप ८ जनामा संक्रमीत देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा स्वाब सङ्कलन गरिएकाहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । संक्रमित पुष्टि हुनेमा धरान ५ का ३६ बर्षीया महिला, धरान १८ का ४ जना महिला सहित १ जना पुरुष रहेका छन् । यसै गरी धरान १० का २२ वर्षीय पुरुष र धरान १२ का १७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरूको अहिले धमाधम विवरण लिने काम भइरहेको मेहेताले बताए ।

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 712 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सचिवले नदिएपछि तीन जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट वंचित

    इलाम  इलामको माङसेबुङ गाउँपालिकाका ३ जेष्ठ नागरिक सामाजिक सुरक्षाको अधिकारबाट वंचित भएका छन् । वडा नम्बर २ सुमसाजुमका जेष्ठ नागरिक हरिप्रसाद श्रेष्ठ, हरिप्रसादकी पत्नी पुर्णमाया श्रेष्ठ र अर्का जयमंगल श्रेष्ठले आर्थिक वर्ष २०७६।०७७ को दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । उनीहरुले कानुन बमोजिम लगत कट्टा भएर भत्ता नपाएका भने होइनन्, वडा सचिवले नै भर्पाई गरेर बुझिलिएको भएपनि सचिवले आफूहरुलाई भत्ता रकम नदिएको उनीहरुको गुनासो छ । दोस्रो चौमासिकको ३ जनाको १२ हजार रुपैयाँका दरले ३६ हजार रुपैयाँ तत्कालिन वडा सचिव सुलभ दहाले बुझेर आफैंले खर्च गरेको पाइएको छ । सचिव दहालले आफैंले भ

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धकनकुटामा निषेधाज्ञा थप कडा पारिदै

    धनकुटा, १५ भदौ ÷धनकुटामा जारी निषेधाज्ञा थप कडा पारिएको छ । दोस्रो पटक थप गरी भदौ ११ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म थप कडा पारिएको हो । कोरोना भाइरसको परिक्षण गर्ने क्रममा भदौ १३ गते कोभिड–१९ को पिसिआर परिक्षणको नतिजा अनुसार धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा संक्रमण देखिएको र उनीहरुको ट्रयाकिङ र ट्रेसिङको कार्य भईरहेकोले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलन नदिनका लागि निषेधाज्ञालाई थप कडा पारिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । निषेधाज्ञा कडा पारिएसँगै धनकुटा बजारमा सुरक्षा व्यवस्था कडा पारिनुको साथै सुरक्षाकर्मी परिचालन गरिएको छ । य

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 837 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • अस्पतालमा आएका व्यक्तिको मृत्यु पछि अस्पतालले सेवा रोक्यो, चिकित्सक आइसोलेसनमा

    इलाम कोरोना संक्रमण संग मिल्ने लक्षण भएका एक बिरामीको मृत्यु भएको छ । सन्दकपुर गाउँपालिकाका एक बिरामी स्वासप्रस्वासमा समस्या आएर ज्वरो आएपछि इलाम सदरमुकाम स्थित इलाम एपोलो हस्पिटलमा आइतबार विहान भर्ना भएका थिए । शरिरमा अक्सिजनको मात्रा कम देखिएका उनलाई भेन्टिलेटरको आवश्यकता पर्ने भएकाले बिर्तामोड रेफर गरिएको अस्पतालका प्रवन्ध सञ्चालक प्रकाश चापागाईले बताए । विर्तामोड लैजादा लैजादै गोदकमा पुगेपछि उनको मृत्यु भएको बताइएको छ । अस्पतालमा आएका शंकास्पद बिरामीको मृत्यु भएपछि इलाम एपोलो अस्पतालले सेवा रोकेको छ । उपचारमा संलग्न चिकित्सकहरुलाई समेत आइसोलेसनमा राखिएको चापागाईले बताए । यता इलाम अ

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 790 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • भदौ मसान्तसम्म शैक्षिक संस्था र लामो दूरीका यातायात बन्द

     काठमाडौं/ सरकारले लामो दूरीको सवारी साधन र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द गर्ने निणर्य गरेको छ । आइतबार बसेको  मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो । समुदाय स्तरमै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारले यस्तो निणर्य गरेको हो । यस्तै हिजो बसेको बैठकले आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उडान भदौ १५ गतेबाट खुला नगर्ने निर्णय भएको थियो । अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ । यसैगरी य

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • श्रमजिवी पत्रकारलाई एकद्वार प्रणालीबाट राहत तथा सहयोग वितरण गर्न प्रेस संगठन सुनसरीको माग

    धरान । कोरोनाको जोखिममा श्रमजिवी पत्रकारहरुको अवश्था थप संकटग्रस्त बन्दै गएको अवश्थामा एकद्वार प्रणालीबाट सहयोग वितरण गर्न प्रेस संगठन नेपाल सुनसरीले माग गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कालाई संगठन सुनसरीका संयोजक श्रीशिषा राईले ज्ञापन पत्र बुझाउँदै आफुखुशी वितरण गरिने सहयोग तथा राहतले जिल्लामा क्रियाशिल रहेका संगठनहरु बिच अस्वस्थ्य प्रतिष्पर्धा हुन सक्ने भएकाले एकद्वार प्रणाली लागु गर्न आग्रह गरिएको छ । ज्ञापन पत्र बुझाउँदै संयोजक राईले भने, ‘प्रेस संगठन नेपाल सुनसरी सहित विभिन्न संघसंगठनहरु राहत तथा सहयोग संकलनमा अहोरात्र खटिरहेकाछन्, यो राम्रो पक्ष हो तर सङ्कल

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 683 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा नेपाली सेनाका १२ जनामा कोरोना संक्रमण पुष्टि

    धरान । सुरक्षामा खटिएका नेपाली सेनामा पनि धरानमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १३ फुस्रेस्थित आर्मी क्याम्पमा रहेका १२ जना सैनिकहरुमा कोरोना संक्रमण पुष्टि भए सँगै धरानमा एकै दिन १९ जनामा कोरोना पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार गत शुक्रबार आर्मी क्याम्पका १४ जना सैनिकहरुको स्वाब परिक्षण गरिएको थियो । जस मध्ये १२ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुलाई मोरङको याङशिलामा रहेको सेनाको आइसोलेसनमा पठाउने तयारी भएको उनले बताए । आइतबार बिहान आएको रिपोर्टमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने दिउँसो आएको रिपोर्टमा धरान १२ चतरालाइनकी ७

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 798 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमितको लापरवाहीले एकै परिवारका दुई जनाको मृत्यु भए पछि वडानै सिल, वडावासी त्रसित

    धरान । एकै परिवारका दुई जनाको मृत्यु भए पछि धरान उपमहानगरपालिकाको वडा नम्बर १७ पुर्ण रुपमा सिल गरिएको छ । समुदाय स्तरमै फैलिएको कोरोनाले आइतबार बिहान धरान १७ का एकै परिवारका आमा र छोराको मृत्यु भएको थियो । एक हप्ता देखि कोरोनाको लक्षण देखिए पनि उनीहरु अस्पताल गएका थिएनन्, त्यसैले पनि धरान १७ पुर्ण रुपमा जोखम वडा बनेको छ । शनिबार आमा छोरालाई नै श्वासप्रश्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएका थिए । मृतक मध्ये ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष छन । यो संगै धरानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । आमामा मधुमेह र उच्च रक्तचापको थियो भने छोरामा कलेजको समस्या देखिएको थियो । आमा छ

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,165 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved