समाचार

    Showing 7,491-7,500 of 10,045 items.
  • अस्थायी प्रहरी चौकी आक्रमण गर्ने दुइजनाले गरे आत्मसमर्पण

    धरान। धरानको अस्थायी प्रहरी चौकी प्रवेश गरेर प्रहरी माथी आक्रमण गर्ने समुहको २ जनाले आत्मसमर्पण गरेका छन् । गत जेठ १३ गते साँझ धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने दुई जनाले जिल्ला प्रहरी कार्यालय धनकुटामा आत्मसमर्पण गरेका हुन् । प्रहरीको अनुसार धरान-१५ बस्ने ३२ वर्षीय रेगन राई, धरान-४ बस्ने ३० वर्षीय वसन्त राईले सोमबार राती आत्मसमर्पण गरेका हुन् । उनीहरूले प्रहरी चौकीमा पुगेर प्रहरी माथि नै आक्रमण गर्नुका साथै तोडफोड गरेका थिए । उनीहरूलाई धरान प्रहरीले धनकुटामै पुगेर व्यापक खोजी गरिरहेको थियो ।

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 644 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका ज्येष्ठ नागरिकहरुलाई भेरो सेल खोप लगाउन सुरु

    धरान । चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड १९ विरुद्धको खोप भेरो सेल धरानमा लगाउन सुरु गरिएको छ । संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियान अन्र्तगत धरानको छाताचोकस्थित स्वास्थ्य चौकीमा आज देखि ज्येष्ठ नागरिकहरुलाई भेरो सेल खोप लगाउन सुरु गरिएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा भेरो सेल खोप २ हजार १ सय ६० डोज आएको छ । धरानमा जेठ २५, २६ र २७ गतेसम्म तीन दिन खोप लगाईने मेहेताले जानकारी दिए । मेहेताका अनुसार आज बिहान १० बजेदेखि खोप ६० वर्षदेखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुलाई लगाउन सुरु गरिएको छ । आज पहिलो दिन मात्रै धरानमा लगभग १

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 679 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोनाविरुद्धका चाइनिज खोप लगाउन शुरु

    विराटनगर । प्रदेश १ का विभिन्न जिल्लासहित राजधानी विराटनगरमा चीन सरकारको अनुदानमा प्राप्त भेरोसेल खोप लगाउन शुरु गरिएको छ । मंगलबार र बुधबार दुई दिनसम्म खोप लगाइने विराटनगर महानगरपालिकाले जनाएको छ । मापदण्डमा परेका व्यक्तिहरुलाई महानगरभित्रका वडामा संचालित स्वास्थ्य संस्थाबाट खोप दिने प्रबन्ध मिलाइएको स्वास्थ्य महाशाखाले जनाएको छ ।ज्येष्ठ नागरिकको हकमा वि. सं २०१६ साल जेठ २५ गते अगाडि नै जन्म भएको प्रमाणितप्रतिसहित खोप लगाउने केन्द्रमा आउनु पर्नेछ । नागरिकता, मतदाता परिचय पत्र र सरकारी कागजातलाई मान्यता दिइने बताइएको छ । जिल्लास्तरीय कोभिड खोप समन्वय समितिको निर्णय अनुसार भेरोसिल खोप अग्रपंक

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 1,085 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • काँकडभिट्टा–ईनरुवा रेलमार्ग बिस्तार : मुआब्जा बिवाद असार भित्रै टुंग्याउने

    इटहरी । प्रदेश एकको सुनसरी, मोरङ र झापा गरि तिन वटा जिल्लामा रेल गुडाउने योजना सहित अघि बढेको काँकडभिट्टा–ईनरुवा रेलमार्ग मुआब्जा बिवाद यहि असार मसान्त भित्र टुंगिने भएको छ । मेची–महाकाली विद्युतीय रेलमार्ग आयोजनाका प्रमुख एवम तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त भर्चुअल बैठकले असार मसान्त भित्र मुआब्जा बिवाद टुंगोमा ल्याइसक्ने प्रतिवद्धता जनाएका छन । स्थानीय संगै सरोकारवालाहरूले रेल मार्ग बिस्तारको काममा ढिलासुस्ति भएको र मुआब्जा नदिए सम्म काम अघि बढाउन नदिने भने पछि तिनै जिल्लाका प्रमुख जिल्ला प्रमुखहरूको भर्चुअल बैठकले आगामी असार मसान्त सम्ममा मुआब्जा बिवाद टुंगोमा

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 1,118 पटक पढिएको
    • "तेजबहादुर बन"
  • लकडाउन मोडालिटी परिवर्तन गरि लुजडाउन शैलि अपनाउने तयारी

    सुनसरी । दोस्रो चरणको कोरोना संक्रमण शुरु भए पछि घोषणा गरिएको लकडाउनले नागरिकको दैनिकी नै प्रभावित बन्न थाले पछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरि ‘लुजडाउन’ शैली अपनाउने भएको छ । सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउने गरी ‘लुजडाउन’ जारी राख्ने तयारी गरिएको हो । देशका ७७ जिल्लामध्ये खोटाङ र मनाङ बाहेक ७५ जिल्लामा निषेधाज्ञा छ । अधिकांश जिल्लाहरुमा जेठ ३१ सम्म निषेधाज्ञा घोषणा गरिएको छ । गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको शैलीलाई परिमार्जन गरि दैनिक जनजीवन सहज बनाइने बताए । उनले अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रह

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चट्याङ लागेर बेलबारीका ३८ वर्षीय पुरुषको मृत्यु

    मोरङ । मोरङको बेलबारी नगरपालिका ५ कसेनीका ३८ वर्षीय मनिराम चौधारीको चट्याङ लागी मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 1,122 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्रोत नखुलेको १४ लाख २५ हजार रुपैंयासहित दुईजना पक्राउ

    इटहरी । सुनसरीको साहेबगञ्जस्थित सशस्त्र प्रहरीको बिओपीको टोलीले स्रोत नखुलेको १४ लाख २५ हजार सहित दुइ ब्याक्तिलाइ पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधव प्रसाद पौडेलका अनुसार पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका ५ घर भएका बिनोद कुमार साह र रोशन साह रहेका छन् । प्रहरीलाइ देखेर उनिहरू सवार मोटरसाइकलले दिशा बदल्ने प्रयाश गरेपछि शंकालागि खोजतलाश गर्दा उक्त परिमाणको रकम र बिभिन्न बैकहरूको खालि भौचरहरू बरामद गरिएको एसपी माधव प्रसाद पौडेलले जानकारी दिए । पक्राउ परेका ब्याक्तिहरू र उनिहरू सवार प्र ०१(०२०४० प ५४९९ नम्बरको मोटरसाइकल र नगद रकम भन्सार कार्

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 755 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका ३ खोप केन्द्रवाट कोभिड १९ विरुद्धको खोप दिइने

    इटहरी /  सुनसरीको इटहरी स्थित उपमहानगरले तरहरा , खनार र इटहरी अस्पताल गरी तिन वटा खोप केन्द्रवाट कोभिड १९ विरुद्धको भेरोसेल खोपको सेवा उपलब्ध गराउने भएको छ । उपमहानगरमा रहेका ६२, ६३ र ६४ वर्षका जेष्ठ नागरिकहरुलाई उक्त खोप सेवा प्रदान गर्ने भएको हो । उपमहानगरको वडा नं १, २, १७ १८ १९ र २० का स्थानियले हाँसपोसा स्वास्थ्य चौकिको खोप केन्द्रबाट खोप सेवा पाउने त्यस्तै १० देखि १६ वडा नंमा बसोबास गर्ने स्थानियहरूले खनार स्वास्थ चौकीबाट कोरोना बिरूद्धको खोप सेवा पाउने इटहरी उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै वडा नम्बर ३,४, ५,६, ७, ८ र ९ का स्थानियले इटहरी अस्पतालको खोप केन्द्रबा

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 962 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले सुनाए उखान–टुक्का

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको पहिलो बेठकमा चारवटा उखान–टुक्का र एउटा गीतको ‘मुखडा’ सुनाउँदै सरकारको धारणा राखेका छन् । सोमबार शुरु भएको आठौं तथा बजेट अधिवेशनमा आफ्नो धारणा राख्दै गीतका मुखडा अनि उखान टुक्का सुनाएका हुन । उनले विकास र समृद्धि जनताको एकमात्र चाहना भएको कुरा दोहो¥याए । बैठकमा विपक्षी दलले महामारीमा प्रदेश सरकारको कमजोर भूमिका र संघीयता प्रति जनताको आंशका प्रति चर्को टिकाटिप्पणी गरेपछि राईले राजनीतिक परिदृश्य तथा महामारीको विषयमा उखान टुक्का अनि गीतको उदाहरण दिएर जवाफ दिए । अघिल्लो संसद बैठकमा आफूलाई विपक्षीले बोल्न नदिएकाल

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 1,042 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सदनमा विपक्षी दलको टिप्पणी : महामारीमा १ नम्बर प्रदेश सरकार हरायो

    विराटनगर । प्रदेश नं १ का विपक्षी दलका सांसदले कोरोना महामारीमा दुई पटक संसद विघटन गरेर संविधानको खिल्ली उडाउने काम भएको भन्दै जनताले प्रदेश सरकारको ठेगाना नपाएको टिप्पणी गरेका छन् । साना दलका सांसदले बजेट अधिवेशनलाई शुभकामना दिंदै प्रदेश सरकार संघीय सरकार छायाँ जस्तो मात्र बनेको बताउँदै माथिको सरकारको सिको गरेर अघि नबढ्न चेतावनी दिएका छन् । राजिव कोइरालाले आफूले प्रदेश सरकारले ल्याएको यसअघिका बजेट र कार्यक्रममा विपक्षी दलको नाताले आफूहरु पनि जोडिएको तर काम गर्न नसकेको बताउँदै भने,“सरकारले ल्याएको बजेट र सांसदको नाताले कतिपय कार्यक्रम छुटिएको भएपनि बजेट नपाइएकोले म जनतासंग माफ गर्न चाह

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 1,032 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved