इटहरी । सुनसरीको साहेबगञ्जस्थित सशस्त्र प्रहरीको बिओपीको टोलीले स्रोत नखुलेको १४ लाख २५ हजार सहित दुइ ब्याक्तिलाइ पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधव प्रसाद पौडेलका अनुसार पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका ५ घर भएका बिनोद कुमार साह र रोशन साह रहेका छन् ।
प्रहरीलाइ देखेर उनिहरू सवार मोटरसाइकलले दिशा बदल्ने प्रयाश गरेपछि शंकालागि खोजतलाश गर्दा उक्त परिमाणको रकम र बिभिन्न बैकहरूको खालि भौचरहरू बरामद गरिएको एसपी माधव प्रसाद पौडेलले जानकारी दिए ।
पक्राउ परेका ब्याक्तिहरू र उनिहरू सवार प्र ०१(०२०४० प ५४९९ नम्बरको मोटरसाइकल र नगद रकम भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।