समाचार

    Showing 7,041-7,050 of 8,665 items.
  • कोरोनाबाट बच्न सिकाउँदै स्काउट

    विराटनगर÷ विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई तिव्र बनाएको छ ।  नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रूपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतना मुलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सुरू गरेको हो ।  नेपाल स्काउटले विराटनगरमा कार्तिक २ गतेदेखि अभियान सुरू गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा सामुदाय स्तरमा तिव्र रूपमा संक्रमण फैलिएको सहरमा अहिले स्काउटले स्वास्थ्य सचेतना अभियान सँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्रीहरू सर्वसाधरणलाई बितरण गर्दै आएको छ । विराटनगरक

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 1,195 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण

    धरान/ प्रदेश नं १ का आन्तरिक मामलिा तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार भएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्री कार्कीले आफ्नो फेसबुक पेज माफर्त जानकारी दिएका छन् । उनले आफ्नो फेसबुक पेज मार्फत यसअघि पनि कन्ट्याक ट्रेसिङको आधारमा असोज २९ गते परिक्षण गदो रिपोर्ट नेगेटिभ आएको र त्यसबेला सामान्य रुघाखोकी लगायत असर भएको र आफु आईसोलेटड भएरै बसेको जानकारी दिएका छन्। संक्रमण पुष्टि भए पनि स्वास्थ्य अबस्था सामन्य रहेकाले उनि बिराटनगर स्थित आफ्नै निवासमा होमआइशोलेसनमा बसेका छन् । साथै उनले आफ्नो निकट सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपन

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 891 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बडादशैँको सातौँ दिन आज, घरघरमा फूलपाती भित्र्याइँदै

    धरान/ बडादशैँ अन्तर्गत नवरात्रको सातौँ दिन अर्थात आज घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ ।  घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि न

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 837 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना उपचारमा धरौटी राख्नुपर्ने, लक्षण अनुसार ७ हजार देखि ६० हजार सम्म

    धरान । सरकारको निर्णय कार्यान्यवन गरेको भन्दै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको उपचारका लागि धरौटी राखे पछि मात्रै उपचार गरिने जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर शाहले सुचना जारी गर्दै ४ वटा वर्गिकरण गरेर उपचार खर्च र धरौटी रकम राख्नुपर्ने जनाएको हो । कार्तिक ९ गते देखि लागु हुने गरि धरौटी रकम र उपचार खर्च सार्वजनिक गरेको छ । उनका अनुसार कुनै लक्षण नभएका संक्रममितलाई ७ हजार धरौटी राख्नुपर्नेछ भने प्रतिदिन २ हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाले १२ हजार धरौटी भर्ना हुनु अघि नै राख्नुपर्नेछ भने प्रतिदिन ३५ सय शुल्क तिर्नुपर्

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 697 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बडादशैँको आज छैठौँ दिन, कात्ययनी भगवतीको विशेष पूजा गरिदै

    धरान/ बडादशैँको आज छैठौँ दिन ‘कात्यायनी’ भगवतीको घरघरमा विशेष पूजा गरिदैछ । शास्त्रीय मान्यता अनुसार कात्यायनीलाई साहसको प्रतिक मानिने र आजको दिन दिन दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनीको विशेष पूजा गर्ने गरिन्छ ।  यज्ञयज्ञादी दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन्। कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन्। माता कात्यायनीको वदन वर्ण सुन्तला

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 968 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सभाभुख भण्डारीद्धारा शुभकामना सन्देश जारी

    धरान । प्रदेशसभाका सभामुख प्रदिप कुमार भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति, दिर्घायू एवंम् समृद्धिको कामना गरेका छन् । नेपालीहरुले बर्षभरी मनाउदै आएको दशैं, तिहार, नेपाल सम्वत, छठ, ईद, उद्यौली, उभौली, ल्होसार लगायत विभिन्न चाडपर्वहरुले भौगोलिक, सांस्कृतिक, जातिय, सामाजिक तथा भाषिक विविधताबीचको हाम्रो विशिष्ठ एवंम् मौलिक सृदृढ सांस्कृतिक एकता र पहिचानलाई अझ गाढा बनाउदै अनुपम सांस्कृतिक निधिहरुको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जगाउने गरेको भन्दै उनले नजिकिएको बडादशैको अवशरमा प्रदेशबासी समक्ष स

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 1,906 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई महिना पछि धरान उपमहानगरपालिकाको बैठक सम्पन्न, खानेपानी संस्थानलाइ कार्तिक २६ गते बोर्डमा मर्ज गर्ने निर्णय

    धरान । लामो समय देखि को बिबादित खानेपानी बोर्डको समस्या समाधान तर्फ धरान उपमहानगरपालिका उन्मुख रहेको छ । विभिन्न बहानामा अवरुद्ध हुँदै आएको खानेपानी बोर्डको समस्या समाधानका लागि धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक टुंगोमा पुगेको छ । करिब २ महिना पछि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले खानेपानी संस्थानलाई कार्तिक २६ गते खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गर्ने निर्णय गरेको छ । लामो समय देखि बिबादित बनेको संस्थानको सम्पती तथा दायित्व बोर्डमा औपचारिकरुपमा नै कार्तिक २६ गते संस्थानलाई बोर्डमा हस्तान्तरण गरि मर्ज गर्ने बैठकले निर्णय गरेको छ । पटक पटक संस्थानलाई बोर्डमा मर्ज गर्ने निर

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चाडपर्व लक्षित सुरक्षाका लागि १२ सय प्रहरी परिचालन

    धरान । चाडपर्व लक्षित सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष सुरक्षा निती तयार गरि जनशक्तिहरु परिचालन गरेको जनाएको छ । चाडबाडको समयमा हुने आपराधिक क्रियाकलापहरुलाई निरुत्साहित पार्न प्रहरी उपरिक्षक १, प्रहरी नायब उपरिक्षक ३ र प्रहरी निरिक्षक ११ जना गरि जिल्लामा १२ सय प्रहरी परिचालन गरिएको जनाएको छ । प्रहरीले मोबायल गस्ती, पिकेट, चेकिङ, यात्रु सहायता कक्ष, सादा पोशाकमा प्रहरी परिचालन, धार्मिक मठमन्दिरहरुको सुरक्षा रिजर्भ टोलि, सचेतना कार्यक्रम समेत गरिने जनाएको छ । जिल्लाको सुरक्षाको दृष्टिले संवेदनशिल रहेको ठहर गर्दै विशेष सुरक्षा योजना निती तयार गरिएको जनाएको छ । त्यसै गरि अनु

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,272 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जुवाखालबाट इटहरीका ९ जना पक्राउ

    धरान । चाडबाड नजिकिए सँगै जुवातास खेल्ने खालबाट प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला सुनसरीको इटहरी उपमहानगरपालिका ८ स्थित रत्न अधिकारीको घरबाट तास खेल्दै गरेको अवश्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । तास खेल्दै गरेको अवश्थामा २० हजार तिन सय असी रुपैया नगद सहित ३ बुक तास पक्राउ गरेको हो । घरधनी अधिकारी सहित हरेम्ब भट्टराई, शेखर चौधरी, महेश बराल, डिक बहादुर कार्की, रामनाथ हरिजन, भिम भुजेल, राम बहादुर कार्की र रंगनाथ रिजाल रहेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ बमोजिक म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।      

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,301 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको कहर, छैन दशैँको रहर

    इलाम / बारीमा पाक्ने बाली, वर्ष पछि सुकिलो हुँदै गरेको बाटो होस या बारी ऋतु अनुसारको फेरिएको मौसमले दशै आएको थाहा पाउन कसैलाई क्यालेन्डर चाहिदैन । गाउँ गाउँमा छाउने उमंगले दशै आएको थाहा हुन्छ । त्यसमा पनि बाटोमा हुने बाक्लो ओहोर दोहोर, मेला बजारदेखि पसलहरुको भीड या साप्ताहिक रुपमा लाग्ने हटियाको भीडले पनि थाहा हुन्छ दशै अयो । खुलेको आकाश, चाडबाडको मौसम र दशैमा गुञ्जिने मालश्री धुनले दँशैको उमङ्ग थप्छ । बैशाख–जेठदेखिको मनसुनी बर्षा असोज लागेसँगै अन्त्य हुन्छ र खुलेको प्रकृतिले दँशैको संकेत गर्छ । नवरात्री शुरु हुँदा नहुँदै ठडिने लिङ्गे पिङ, टोल टोलमा हुने फुटवल, भलिवल, व्याडमिन्टन प्रति

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 756 पटक पढिएको
    • " भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved