समाचार

    Showing 6,971-6,980 of 10,042 items.
  • ‘इन्टुमिन्टु लन्डनमा’ की निर्देशक पराजित

    इलाम । निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । इलामको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेन प्रतिनिधिमा पराजित भएकी हुन । रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्वारी दर्ता गराएकी थिइन् । तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेद्वारी परेको थियो । रिनाशाले पाँचौ मत मात्रै पाइन । यो कोटाबाट चन्द्रमाया लिम्बु (६८३), बबिता लिङङम (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रिय महाधिवेशन प्रतिनिध चुनिए । महाधिवेशन प्रतिनिको दौडमा चौथ

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 1,398 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको बेथिती : सामान्य जाँच समेत हुन छाड्यो

    धरान/ दक्षिण एसियाकै उत्कृष्ट मध्ये एक मानिएको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका विरामीको सामान्य भन्दा सामान्य ल्यावटेष्ट समेत हुन छाडेका छन् ।प्रतिष्ठानमा ठूला तथा महंगो शुल्क तिरेर गरिने एमआरआई, सिटिस्क्यान जस्ता उपकरण विग्रिएर टेष्ट गर्न नपाएका सर्वसाधारणले पछिल्लो पटक ब्लडमा अक्सिजनको मात्रा हेर्ने उपकरण समेत विग्रिएर थन्किएकाले सर्वसाधारणले टेस्ट गराउन बाहिर जानुपर्ने बाध्यता भएको छ । बेलबारी नगरपालिका वडा नं. ३ की ७५ बर्षीय इन्द्रमाया राईलाई रगतमा अक्सिजनको मात्रा हेर्नका लागि टेष्ट गर्न दिएपछि बिल काउन्टरमा गएर बिल काटे पनि टेष्ट हुन सकेन । दुई द

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 758 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • नेकपा एमाले महाधिवेशन : नेताहरु चितवन आउन सुरु

    चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन आउने क्रम सुरु भएको छ । महधिवेशनका लागि भन्दै पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल आज दिउँसो चितवन आइपुगेका हुन् । आज बुधबार चितवन आइपुग्नुभएका नेता भट्टराईले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले सचिवमा नै दोहो¥याउने बताएका छन् । भट्टराईले पार्टीमा आफ्नो समय भएको भन्दै सचिवमा दोहो¥याउने बताउएका हनु । “मेरो अझै पार्टीमा समय छ” भट्टराईले भने, “अहिलेको चाहना पार्टी सचिवमा नै हो ।” महाधिवेशन तयार

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दश तले सेन्ट्रल प्लाजामा मार्ट संचालन

    सुनसरी/ दुई वर्षको कोरोना संक्रमणका कारण संचालन हुन नसकेको व्यवसायीक घरानाहरु बिस्तारै संचालनमा आएका छन् । संक्रमण शुरु हुन अगावै बनेको इटहरी चौंकमा रहेको सेन्ट्रल प्लाजाको पहिलो तलामा सेन्ट्रल मार्ट संचालन भएको छ । १० तले बिल्डिङ्ग रहेको सेन्ट्रल प्लाजाकै लगानीमा मार्टको औपचारिक उदघाटन मङ्सिर १३ गते भए पनि अनौपचारिक रुपमा भने संचालनमा आएको प्लाजाका कार्यकारी निर्देशक सिद्धार्थ श्रेष्ठले बताए । सेन्ट्रल प्लाजा मलमा एउटा डिपार्टमेन्ट स्टोर खोल्ने योजना भएता पनि अहिले मार्ट मात्रै संचालनमा ल्याएको श्रेष्ठको भनाइ छ । मलमा सिनेफ्लाक्स नामका २ वटा सिनेमा हलका साथमा सेमिनार हल र रेष्टुरेन्ट सह

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 784 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • न्यादी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, कति हुन्छ पहिलो कारोबार रेञ्ज ?

    धरान/ न्यादी हाइड्रोपावरको सेयर नेपाल नेपाल स्टक एक्चेञ्जमा सुचीकृत भएको छ । कम्पनीले सर्वसाधरणका लागि बिक्री गरेको २५ लाख ५० हजार, स्थानीय वासिन्दाको लागि बिक्री गरेको १५ लाख कित्ता र संस्थापाक शेयर१ करोड ९ लाख ५० हजार कित्ता गरि जम्मा १ करोड ५० लाख कित्ता सुचीकृत गरेको हो । कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एनवाईएडिआई (NYADI) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 900 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विवाद विच सम्पन्न मोरङ कांग्रेसको निर्वाचन

    विराटनगर/ नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत मोरङका पाँचवटा निर्वाचन क्षेत्रमा पदाधिकारी र महाधिवेशन प्रतिनिधि चयन गर्न मतदान भएको छ । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा मतदानस्थलको विवादका कारण मंगलबार मात्र मनोनयन भई ढिलो गरी मतदान शुरु भयो । नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले दिएको जानकारी अनुसार सुन्दरहरैंचाको बासँबारीमा मतदानस्थल राख्ने तय भएपछि विवाद भएको थियो । पछि मतदानस्थल बुढीगंगा गाउँपालिका वडा नम्बर ३ स्थित जनप्रिय माविमा सारिएपछि विवाद मिलेको सचिव कोइरालाले बताए । मोरङमा कांग्रेस केन्द्रीय नेताहरुको अधिक प्रभाव रहेका कारण महाधिवेशन प्रतिनिधि र संघीय निर्वाचन क

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिमाको १५ औं वार्षिकोत्सव : प्रदेश १ मा थपिए २ शाखा, देशैभर रक्तदान

    सुनसरी/ गरिमा विकास बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा शाखाहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार बैंकको प्रदेश १ का ५ वटा शाखा सहित देशभरिका २१ वटा शाखा कार्यालयले रत्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । देशै भरीबाट ११ सय ५५ पिन्ट रगत संकलन भएको छ जस मध्ये प्रदेश १ का इटहरी, धरान, विराटनगर, उर्लाबारी र बिर्तामोड शाखाबाट जम्मा तीन सय ६० पिन्ट रगत संकलन भएको गरिमा विकास बैंकका प्रदेश १ प्रमुख मीन सुवेदीले जानकारी दिए । इटहरीमा सबै भन्दा बढी १ सय २ पिन्ट रगत संकलन भएको छ । बैंकको सामाजिक उत्तरदायित्वको सिद्धान्तअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको सुवेदीले बताए ।

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 714 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा एमाले महाधिवेशन : उद्घाटन सत्रमा सहभागी प्रत्येक र्यालीमा एउटा एम्बुलेन्स

    चितवन, ८ मङ्सिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक र्यालीमा एउटा एम्बुलेन्स राखिने भएको छ । महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने र्यालीसँग एम्बुलेन्स पनि रहनेगरी काम भइरहेको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले बताए । नवलपुरको गैँडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोक सहितबाट निस्किने र्यालीसँगै एम्बुलेन्स पनि रहने ढकालको भनाइ छ । महाधिवेशनको स्वास्थ्य समितिसँगै एम्बुलेन्स रहने ढकालले बताए । एमालेको महाधिवेशनका लागि प्रयोग हुने एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाबाधाम समितीमा पुनः बनेपाली

    धरान/ श्री पिण्डेश्वर बाबाधाम समितीको २४ औं वार्षिक साधारण सभाले पुनः विकाश बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । सोमबार सम्पन्न साधारणसभाले अध्यक्षमा बनेपालीलाई पुनः चयन गर्दै १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । समितीका सदस्यहरुमा सुयोग पाख्रीन, सुधिर सिंह लिम्बु, नैनकला न्यौपाने, अम्बिका राई, दुर्गा काफ्ले, सुनिल अग्रवाल, हिरा राउत, सुशिल सुवेदी, सुजता राई, ब्रम्हज्ञ भट्टराई, लालन कुमार विश्वकर्मा, हेमन्त राई, पंकल घिमिरे, सुन्दर श्रेष्ठ रहेका छन् । बनेपालीका अनुसार मंसिर १३ गते हुने पदस्थापना कार्यक्रममा पदाधिकारी चयन गर्दै सपथ ग्रहण हुने भएको छ । समितीका संस्थापक

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 676 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नगरवासीको प्रश्न: खोइ स्मार्ट पार्किङ, कहिले बन्छ आकाशे पुल ?

    इटहरी/ अघिल्लो वर्ष नै निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने इटहरीका तिन ठुला बिकाशका योजनाहरू अहिले सम्म कागजमै सिमित बनको छ । आर्थिक वर्ष ७४÷७५ को बजेट तथा नीति कार्यक्रममा परेको स्मार्ट पार्किङ र आकाशे पुल निर्माण लगायतका अरबौं रुपैया बराबरका ठुला बिकाशका योजनाहरू कार्यान्वयन नहुँदा कागजमै सिमित बनेको हो । पछिल्लो २ वर्ष कोरोना कहरका कारण रोकिएको अरबौं रुपैयाको लगानीका तिन ठुला योजनाहरू यो वर्षपनि कार्यान्वयनमा नआए पछि जनप्रतिनिधिहरू प्रति नगरवासी रुष्ट हुन थालेका छन् । नगरवासीले प्रश्न गर्दा राजनीतिक तरलता, कोरोना कहर र बजेट अभावको कारण देखाउदै जनप्रतिनिधिहरू तर्किने गरेका छन ।

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • 815 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved