गरिमाको १५ औं वार्षिकोत्सव : प्रदेश १ मा थपिए २ शाखा, देशैभर रक्तदान

  • मंसिर ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ गरिमा विकास बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा शाखाहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार बैंकको प्रदेश १ का ५ वटा शाखा सहित देशभरिका २१ वटा शाखा कार्यालयले रत्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । देशै भरीबाट ११ सय ५५ पिन्ट रगत संकलन भएको छ जस मध्ये प्रदेश १ का इटहरी, धरान, विराटनगर, उर्लाबारी र बिर्तामोड शाखाबाट जम्मा तीन सय ६० पिन्ट रगत संकलन भएको गरिमा विकास बैंकका प्रदेश १ प्रमुख मीन सुवेदीले जानकारी दिए । इटहरीमा सबै भन्दा बढी १ सय २ पिन्ट रगत संकलन भएको छ । बैंकको सामाजिक उत्तरदायित्वको सिद्धान्तअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको सुवेदीले बताए ।

IMG-20211123-WA0037

बैंकले वार्षिकोत्सवकै अवसर पारेर मङ्गलबारबाट प्रदेश १ मा २ वटा नयाँ शाखा सहित पाँच वटा नयाँ शाखाबाट बैंकिङ्ग कारोबारको सुरुवात गरेको छ । बैंकका प्रदेश १ का मोरङ्गको पथरी, सुनसरीको झुम्का सहित काठमाडौँको माछापोखरी, ललितपुरको सातदोबाटो र बर्दियाको गुलरियामा नयाँ शाखाहरु सञ्चालन भएका छन् ।

 

IMG-20211123-WA0031 IMG-20211123-WA0043

 

 

२०६४ असोजमा स्थापना भएको गरिमा विकास बैंकले कार्तिक १८ बाट औपचारिक कारोबार सुरु गरेको थियो । निलगिरि विकास बैंकसँग मर्ज भएपछि २०७२ साल असोज २९ गतेबाट राष्ट्रिय स्तरको कारोबार गर्ने स्वीकृति पाएको गरिमा विकास बैंक २०७३ सालमा शुभेक्षा विकास बैंकसँग पनि मर्ज भएर ठूलो विकास बैंक बनेको थियो । यसै वर्षबाट साहारा विकास बैंकसँग समेत मर्ज भएर यही कार्तिक २८ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।

 

 

IMG-20211123-WA0029

काठमाडौँको लाजिम्पाटमा मुख्य कार्यालय रहेको रहेको गरिमा विकास बैंकका देशभरि एक सय ११ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका थिए । आफ्नो १५ औँ वार्षिक उत्सवको अवसर पारेर ५ वटा शाखा कार्यालय थप गरेपछि बैंकको शाखा कार्यालयको संख्या एक सय १६ पुगेको छ ।

IMG-20211123-WA0014 IMG-20211123-WA0020

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved