धरान/ श्री पिण्डेश्वर बाबाधाम समितीको २४ औं वार्षिक साधारण सभाले पुनः विकाश बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
सोमबार सम्पन्न साधारणसभाले अध्यक्षमा बनेपालीलाई पुनः चयन गर्दै १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । समितीका सदस्यहरुमा सुयोग पाख्रीन, सुधिर सिंह लिम्बु, नैनकला न्यौपाने, अम्बिका राई, दुर्गा काफ्ले, सुनिल अग्रवाल, हिरा राउत, सुशिल सुवेदी, सुजता राई, ब्रम्हज्ञ भट्टराई, लालन कुमार विश्वकर्मा, हेमन्त राई, पंकल घिमिरे, सुन्दर श्रेष्ठ रहेका छन् ।
बनेपालीका अनुसार मंसिर १३ गते हुने पदस्थापना कार्यक्रममा पदाधिकारी चयन गर्दै सपथ ग्रहण हुने भएको छ । समितीका संस्थापक अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्षले लेखा प्रतिवेदन र सचिवले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । समितीको आयव्यय ११ लाख ७ सय ५० रुपैया रहेको छ भने ३८ हजार रुपैया संस्था घाटामा रहेको बनेपालीले बताए ।