नगरवासीको प्रश्न: खोइ स्मार्ट पार्किङ, कहिले बन्छ आकाशे पुल ?

  • मंसिर ८, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी/ अघिल्लो वर्ष नै निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने इटहरीका तिन ठुला बिकाशका योजनाहरू अहिले सम्म कागजमै सिमित बनको छ । आर्थिक वर्ष ७४÷७५ को बजेट तथा नीति कार्यक्रममा परेको स्मार्ट पार्किङ र आकाशे पुल निर्माण लगायतका अरबौं रुपैया बराबरका ठुला बिकाशका योजनाहरू कार्यान्वयन नहुँदा कागजमै सिमित बनेको हो ।

पछिल्लो २ वर्ष कोरोना कहरका कारण रोकिएको अरबौं रुपैयाको लगानीका तिन ठुला योजनाहरू यो वर्षपनि कार्यान्वयनमा नआए पछि जनप्रतिनिधिहरू प्रति नगरवासी रुष्ट हुन थालेका छन् । नगरवासीले प्रश्न गर्दा राजनीतिक तरलता, कोरोना कहर र बजेट अभावको कारण देखाउदै जनप्रतिनिधिहरू तर्किने गरेका छन ।

इटहरी बजारमा आकाशे पुल निर्माणको योजना ३ वर्ष अघि नै सुरू भएको थियो । तर योजनाका इञ्जिनियरले नक्सा नै गलत कोरेपछि रोकिएको काम अहिले सम्म अघि बढ्न सकेको छैन् । बिचमा ६ लेन सडक बिस्तारको योजनाले प्राथमिकता पाएपछि इटहरीको आकाशे पुलको सपना त्यतिकै तुहिन पुगेको छ । आकाशे पुलका योजनाकार प्रदेश एकका सांसद सर्वध्वज साँवा अब तत्काल इटहरीका यो योजना नबन्ने बताउँछन ।

६ लेन सडकको योजना सकिएपछि फेरी शुरूबाटै डिपिआर गरि पुनः अर्काे नक्सा बनाएर मात्रै काम थाल्नुपर्ने हुँदा तत्काल इटहरीमा आकाशे पुलको योजना अघि नबढ्ने साँवाको भनाइ छ । उनले ढिलै भएपनि इटहरीवासीको सपना आकाशे पुल यहि शहरमा आफ्नै समय इटहरीमा प्रहरी प्रमुखको रूपालामा बनाएर देखाउने प्रतिवद्धता जाहेर गरे ।
इटहरीमा ट्राफिक ब्यवस्थापनलाई सहज बनाउन र शहरी सौन्दर्यका लागि सांसद साँवाले मुख्य चोकमा आकाशे पुल निर्माणको योजना प्रदेश सरकार समक्ष पेस गरेका थिए । त्यस्तै बढ्दो शहरीकरण संगै सवारी चापलाइ मध्यनजर गर्दै इटहरी शहरभित्रै स्मार्ट पार्किङ निर्माणको योजना ल्याइएको थियो । शुरूवाती चरणमा चर्चा चलेपनि योजना कार्यान्वयन हुन नसक्दा अहिले कागजमै सिमित हुन पुगेको छ ।

बढ्दो शहरीकरणसँगै सवारीसाधनको चापले उब्जाएको पार्किङ समस्यालाई मध्यनजर गर्दै उपमहानगरले देशकै पहिलो स्मार्ट पार्किङ निर्माण गर्ने योजना ल्याएको थियो । योजनालाई संघीय सरकारले समेत पारित गर्दै समपुरक योजना अन्तर्गत पाँच करोड २० लाख रुपैया विनियोजन गरेको थियो ।

तर अवसरको फाइदा उठाउन नसक्दा उपमहानगरले पाएको रकम गत वर्ष नै फ्रिज हुन पुगेपछि यो योजना पनि फ्रिज भएको छ । इटहरी ४ टयाङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा रहेको दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ बनाउने योजना उपमहानगरले अघि बढाएको थियो । गत वर्ष नै निर्माण सम्पन्न भइसक्ने भनिएको स्मार्ट पार्किङको योजनाका लागि संघिय सरकारबाट प्राप्त करोडौ रकम फिर्ता भएसंगै काम रोकिएको छ । योजना जति कागजमै सिमित बनाएको भन्दै इटहरीका जनप्रतिधिहरूलाइ नगरवासीहरूले सामाजिक सञ्जाल मार्फत गिज्याउन थालेका छन् ।
यता इटहरी उपमहानगरले अघि सारेका नगर स्तरिय योजनाहरु समयमै पुरा गर्न नसकेको उपमेयर लक्ष्मी गौतमले स्वीकार गरेकी छिन् । योजनामा परेका विकाशका कार्यहरु पुरा गर्ने प्रतिबद्धता जनाएकी छिन् । तत्काल नभएपनि केहि समय पश्चात निर्माण कार्य अघि बढने उपमेयर गोतमले बताईन् ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved