धरान । बैदेशिक रोजगार ठगी मुद्धामा अदालतबाट दोषी ठहर भएका फरार एक अभियुक्तलाई उदयपुर प्रहरी ले पक्राउ गरेको छ। जिल्ला अदालत उदयपुरबाट १ लाख ५० हजार जरीवना र १ वर्ष ६ महिना ३ दिन कैद पाएका फरार अभियुक्त पक्राउ परेका हुन् । ४३ वर्षीय सुजन राई लाई आफ्नै घरमा लुकीछिपी बसेको अबस्थामा शुक्रबार साझ ७ बजे ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको बिशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
धरान/ सुर्यको विशेष पुजा आरधना गरि मनाइने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ चढाएर यस वर्षको छठ पर्व विधिवत रुपमा समापन गरिएको छ । यो वर्ष कोरोना भाइरसको महामारीका कारण छठमा विगतकोजस्तो उल्लास भने पाइएन । शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका हुन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न
धरान । खोला किनारमा अस्ताउँदै सुर्यलाई अर्घ दिएर गरिने छठ पुजा कोरोना संक्रमणका कारण यस वर्ष केही धर्मावलम्बीहरुले घर मै मनाएका छन् भने केहीले नजिकैको पोखरीमा पुजा आजा गरेका छन् । कसैले खेतबारीमा पानीको पोखरी बनाएर छठ पर्व मनाएका छन् । कोरोना भाइरस र यसको त्रास संसंगै धार्मिक गतिविधि नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि घरमै खाल्डो खनि पानिले भरेर खोलाझै रंगाई बिधिवत रुपमा ब्रत बसेर पर्व मनाएका छन् । कोरोना भाइरसका कारण खोलामा जादाँ भिड भएकाले यहि पुजा गरेको धर्मावलम्बीहरुको भनाई छ । विगतका वर्षहरुमा धुमधामका साथ विभिन्न खोला, नदिका किनारहरुमा भिड लाग्ने गरेको थियो । १ हप्ता अघि देखिनै खोला
धरान । विगतका बर्षहरुमा छठ पर्व आउनुपूर्व अर्थात एक हप्ता अगाडि देखि नै तयारीमा सर्वसाधारण छठ पूजाका लागि तयारीमा जुट्थे । खोला किनारामा सरसफाइसगै सजिसजाउ गर्थे तर यस बर्ष छठ पुजाकै दिनमा पनि कोरोना महामारीका कारण सुनसरीको धरानका सर्दु र सेउती खोला सुनसान छ । कार्तिक शुक्ल चौथीका दिन बुधबारबाट छठ पर्व शुरु भइसकेको छ । चारदिनको छठ पर्वमा शुक्रबार सा“झ अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिने र शनिवार विहान भने उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न हुन्छ । तराईबाट शुरु भएको छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रहरुमा पनि मनाउन थालिएको छ । पछिल्लो सयम धरानका जुनसुकै जातीले मनाउन थालिएको छ
धरान/ स्वास्थ्य मापदण्ड विपरित स्यानिटाइजर बनाउने मोरङ,सुनसरीका सहितका ६ कम्पनीलाई औषधि व्यवस्थ विभागले प्रतिबन्ध लगाएको छ । औषधि व्यवस्था विभागले स्वास्थ्य मापदण्ड विपरित मेथानोलको प्रयोग गरि स्यानिटाइजर उत्पादन गरेको पाइएपछि त्यस्ता कम्पनिलाई विभागले प्रतिबन्ध लगाएको हो । विभागले नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाइन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार सीता हर्बल सुनसरीले उत्पाद
विराटचोकः आवासका लागि सहयोग समूह लुमन्तीले सुन्दरहरैंचाका विपन्न र लक्षित समुदायका लागि निर्माण गरेका भौतिक पूर्वाधारको अनुगमन गरिएको छ । वडा नम्बर ४, ५ र ६ मा निर्माण भएका योजनाको अनुगमन गर्ने क्रममा सहभागीले लुमन्तीको सहयोगको प्रशंसा गर्दै विपन्न र लक्षित वर्गको सीप विकासमा पनि सहयोग गर्नुपर्ने बताएका थिए । लुमन्तीकी सुन्दरहरैंचा प्रमुख लक्ष्मी राईले यसअघि सीप विकास तालीम पनि दिइएको र यसपटक हालै निर्माण सम्पन्न भएका भौतिक पूर्वाधारकोे अनुगमन गरिएको बताइन् । लुमन्तीले वडा नम्बर ४ को चरिगुवाको सुकुम्बासी बस्ती शिवालय टोलमा २० फुटको सडक एजिङसहित निर्माण गरेको छ । राईका अनुसार सो स्थानमा पहिले
रंगेली/ हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैं तिहार सकिए सगै गाउँवासीहरुलाई धान थन्काउने चटारो सुरु भएको छ । वर्ष भरीका लागि उब्जाएको धान थन्काउन आहिले गाउँवासीहरुमा चटारो सुरु भएको हो । गत वर्षको तुलनामा उब्जनीमा केही कमी आएको छ । नोभेल कोरोना भाइरस कोभिड १९ को संक्रमणको त्रासका बिच लागाइएको बाली विगतको तुलनामा कमि भएको किसान तिलक बजगाईको गुनासो रहेको छ । संक्रमणका बाबजुद खेतीमा उत्रिएका किसानहरुलाई यसपालिको उब्जनिले केही निरास बनाएको देखिन्छ । आकाशे पानिको भरमा खेती गर्न बाध्य याहाँका किसानहरुलाई सिचाईंका लागि उचित ब्यबस्थापन नहुदाँ थप समस्या झेल्नु परेको किसान बजगाईं गुनासो छ । सिचाई
धरान/ सुर्यको विशेष पुजा आरधना गरि मनाइने छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।यो पर्व हेक वर्षको कार्तिक शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराण अ
धरान । तीन वर्षअघि देखि सडक डिभिजन कार्यालय विराटनगरले वर्षेनी कोशी राजमार्ग अन्तर्गतको धरान–इटहरी सडक मर्मत गर्दै आए पनि वर्ष दिन पनि नपुग्दै खाल्डै खाल्डा हुने गरेको छ । सडक विभागले वर्षेनी पुर्दै आएको खाल्डाखुल्डीमा कमसल सामान प्रयोग गर्दा वर्ष दिन पनि टिक्न नपाउँदै भत्कीने गरेको छ । तीन वर्ष यता ४ पटकसम्म सडक मर्मत गरिसकेको छ । वर्षेनी सडक मर्मत तथा टालटुल गरेपनि गुणस्तरीय काम नहुँदा कोशी राजमार्गमा पर्ने चारकोशे जंगल देखि जिरोपोईन्ट हुँदै भेडेटार सम्मका सडकहरु खाल्डाखुल्डी बनेका छ । अहिले पनि खाल्डाखुल्डीमा सवारीचालक र पैदलयात्रीलाई सास्ती भएको छ । जताततै भएका खाल्डाले अहिले मुख्य
धरान । सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले बुधबार अवैध लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएका प्रहरी टोलिले इनरुवा नगरपालिका वडा नम्बर ६ मधेशाबाट ४ जना र इनरुवाकै वडा नम्बर १० बाट एक जनालाई पक्राउ गरेको जनाएको छ । बुधबार साँझ विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलिले इनरुवा नगरपालिका वडा नम्बर मधेसा बस्ने नारायण खड्का, सुनिल मोची, सुरेस मोची र निसान मगरलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइलेक्स डिसि १०० एमएलको १४ बोतल, स्पास्मो प्रोक्सीभोन ८ क्याप्सुल, निट्राभेट १० लेखिएको १५ ट्याब्लेट, विभिन्न कम्पनीको