इटहरी । संखुवासभा पाचखपन ४ का ६१ बर्षिय प्रेम बहादुर श्रेष्ठलाई विराटनगर स्थित बिराट मेडिकल कलेज टिचिङ अस्पतालले दुवै किड्नी फेलको रिपोर्ट दिए पछि ४ दिन सम्म उनी तनावमा रहे । इटहरी ९ गैसारस्थित नातिनीको बेलबिवाहमा आएका श्रेष्ठले मंसिर २५ गते पुरै शरिर चेकजाँच गराएका थिए । संखुवासभाबाट कुशलै आएका श्रेष्ठलाई अस्पतालले दिएको गलत रिपोर्टले साच्चिकै बिरामी बनायो । परिवार पुरै तनावमा रहे । उनलाइ दुवै किडनी फेल भएको रिपोर्ट हातमा राखिदिदै तुरून्त आइसियुमा भर्ना हुन चिकित्सकले सुझाव दिए । सरकार मार्फत पाइने स्वास्थ्य बिमा अन्तरगत आफ्नो स्वास्थ्य चेक जाच गर्न श्रेष्ठ अस्पताल पुगेका थिए । उनले भर्ना न
सुनसरी। सुनसरीको कोशी गाँउपालिका-६ सुकुम्बासी टोल बस्ने ३२ बर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इटहरी । सिद्धबाबाको नामले प्रख्यात कृष्ण बहादुर गिरीलाइ बलात्कार मुद्धामा सफाइ दिने जिल्ला अदालत सुनसरीको न्यायधीस अर्जुन कोइराला बिवादित संगै छानबिनको घेरामा तानीएका छन । न्यायधीस कोइराला बिरूद्ध शुक्रबार पिडित महिलाले न्याय परिषदमा उजुरी दायर गरेकी छिन । एकलौटी बहस गरेर पिडित पक्षलाइ थप पिडा दिएको भन्दै शिद्धबाबालाइ सफाइ दिने न्यायधीस कोइराला बिरूद्ध कार्वाहिको माग सहित परिषदमा उजुरी दिएकी हुन । पिडित महिलाले दिएको उजुरी शुक्रबार नै दर्ता भइसकेको न्याय परिषदको कार्यालयले जनाएको छ । सिद्धबाबालाइ अदालतबाटै सफाइ मिलेपछि आफु अन्यायमा परेको बताउदै गत साता नै काठमाण्डौस्थित सर्वाेच्च अदालत पुगेकि
विराटनगर । अघिल्लो दिन मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा आफू र अध्यक्ष केपी ओली निकटको गुट सम्बद्ध युवाहरुको भेलामा सहभागी भएका नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसंचार मन्त्री गोकुल बास्कोटाले आइतबार विराटनगरमा नेकपा कुनै पनि हालतमा नफुट्ने दाबी गरे । पार्टी सम्बद्ध प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बास्कोटाले भने, “नेकपा कुनै हालतमा फुट्दैन । हामी सबै पार्टी एकताको पक्षमा छौं । जनता पनि पार्टी एकताको पक्षमा छन ।” बास्कोटाले नेता कार्यकर्ताको ‘म्यान्डेड’ पनि एकता नै भएको दाबी गरिरहंदा प्रधानमन्त्री केपी ओलीको आफ्नै प्रदेशमा भने नेकपाको र उसका
धरान । दक्षिण एशियाकै उत्कृष्ठ १० मध्येको एकमा पर्ने धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विगत दश वर्ष देखि भ्रष्टाचारमा डुबेको छ । प्रतिष्ठानको लक्ष्य अनुसारको सेवा सुविधा बिरामीहरुले पाउन सकेका छैनन् । दैनिक जसो बिरामीहरु रिफर हुने गरेका छन् । यसै बिच प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढेको छ । प्रतिष्ठानका प्रमुख पदाधिकारीहरु बिच बेमेल बढ्दै गएको अवश्थामा विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रक्रिया हतारमा गर्न खोजेको चिकित्सकहरु बताउँछन् । लामो समय देखि प्रतिष्ठानमा देखिएको बेथिती निराकरण गर्न नसकेको अवश्थामै विश्वविद्यालयको प्रक्रिया हतारमा भएको चिकित्सकहरुको
सुनसरी । कोरोनाको जोखिमको समयमा पनि निरन्तर फ्रन्टलाईनमा बसेर समाचार संप्रेषण गर्दै आएका संचारकर्मीहरुले कोरोना बिमा वापतको रकम पाएका छन् । संचारकर्मीहरुले कोरोनाको संक्रमणको परवाह नगरि निरन्तर संचारकर्ममा लागेका छन् । संचारकर्म गरिरहेकै अवश्थामा कोरोना संक्रमण देखिएका पत्रकारहरुलाई कोरोना बिमा वापतको रकम प्रदान गरिएको छ । कोरोना संक्रमण भई निको भएका पत्रकारहरुलाई बिमा वापत १ लाख रुपैया दरले रकम प्रदान गरिएको हो । नेपाल प्रेस युनियन सुनसरीले गत जेठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं मार्फत गरिएको कोरोना बिमा अन्तर्गत आइतवार दोश्रो चरणको रकम ६ जना पत्रकारलाई बितरण गरेको हो । बीमा कम
बिराटनगर/ १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५५ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित आन्तरीक रुपमा सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको खेलमैदानमा आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच ५५ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक कार्कीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालीम केन्द्रले ५५ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिएका छन् । कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी सेवामा प्रव
धरान । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता धरान ८ स्थित बिजयपुर ट्रेडर्सले शनिबार रे जेठ आर १२५ एफआई स्कुटरको मायलेज च्यालेञ्ज कार्यक्रम सम्पन्न गरेको छ । ट्रेर्डसले शोरुम बाट शुरु गरेको च्यालेञ्ज कार्यक्रम लक्ष्मी चोक, पुरानो बजार, भानुचौक हुदै तरहरा पुगी पुनः शोरुममा आएर सम्पन्न भएको थियो । ट्रेर्डसका सञ्चालक प्रभाव खतिवडाका अनुसार सडकमा बढ्दो दुर्घटनालाई न्युनिकरण गर्न सवारी चलाउने तरिका र कम्पनी अनुसारको सुविधाको बारेमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो । च्यालेञ्जमा सहभागीहरुलाई ७८ किमी प्रति घण्टाको दरले उत्कृष्ट भएकाहरुलाई पुरस्कृत समेत गरिएको थियो । २ लाख ४४ हजार ९ स
इलाम/ प्रदेश नं. १ का मूख्यमन्त्री शेरधन राईले हत्या, हिंसा, आतंकले विकास अघि नबढ्ने बताएका छन । इलामको माङसेबुङ गाउँपालिकाको माङमालुङमा महाप्रभु ज्योतिनन्द माङपाहाङ राईगुरुको शालिकको अनावरण कार्यक्रमको संवोधन गर्दे राईले हत्या हिंसा, आतंकले देश विकास नहुने बताएका हुन । विश्वका कुनै पनि देशमा यूद्घको कुरा छैन, हिँसाको कुरा छैन, जुनसुकै मुलुकमा रहेका सबै नागरीकहरु शान्ति, एकता सहिश्रुणता, सदभाव र संमानको पक्षमा हिनिराखेको भन्दै राईले आव हत्या, हिंसा आतंक बाट हैन समृद्घिको बाटोबाट अघि बढ्नु पर्ने बताए । उनले भने ‘शक्ति राष्ट्रहरु विज्ञान र प्रविधिको माध्यमबाट आफूलाई बलियो र संक्तिशाल
इलाम / गुणस्तरीय चिया उत्पादनको लागि १२ जिल्लामा दक्ष जनशक्ति उत्पादन गर्न तीनकरोड रुपैयाँको सिप विकास तालिम सञ्चालन हुनेभएको छ । चिया उत्पादन हुने इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग, मोरङ्ग, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर, संखुवासभा, रामेछाप, ललितपुरमा दक्ष जनशक्ति उत्पादन गरीसीप सिकाउने केन्द्रिय चिया सहकारी संघका महासचिव रविन राईले बताए । सिप विकास तालिममा इलाममा पाँच स्थान, पाँचथर दुई÷दुई स्थान र झापा, धनकुटा, तेह्रथुम, ललितपुर, संखुवासभामा एक÷एक वटा तालिम हुने बताईएको छ । तालिममा नयाँ चियाखेती विस्तार हुदै गरेको क्षेत्रका चिया किसान, सहकारी सदस्य, चिया कामदार, चिया