धरान÷ समयले धेरै फड्को मा-यो, राजनीतिक परिवर्तन धेरै भए, देशमा संघीयता लागू भयो, स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइयो तर नागरिकको जीवनमा भने कहिल्यै परिवर्तन आएन ।यस्तै नियति भोगेका छन् धरान ६ पानबारीका बासिन्दाले । साविक पानबारी गाउँ विकाश समिती २०७० सालमा धरान उपमहानगरपालिकामा गाभिएर ६ नंं वडा बन्यो । तर उपमहानरपालिकाको वडाको समस्या भने ज्यूँका त्यूँ रहेको छ । समय परिस्थितिले कोल्टे फेरे पनि त्यहाका सर्वसाधारणका बर्षौदेखिको खानेपानी समस्या कहिल्यै हटेन । पानबारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उचित व्यवस्थापन गर्न नसक्दा पानबारीबासीले बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छ
सुनसरी– सर्वोच्च अदालतद्वारा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अधिकारिकता बदर गरेको छ । न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा बदर भएको हो ।नेकपा आफ्नो पार्टीको नाम भएकाले अर्को पार्टीलाई यो नाम दिन नपाइने भन्दै ऋषि कट्टेलले दायर गरेको रिट झण्डै २ वर्षदेखि विचाराधीन रहेको थियो । कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै निर्वाचन आयोगमा समेत निवेदन दिएका थिए । तर, निर्वाचन आयो
इटहरी/ इटहरी उपमहानगरमा १२ वटा खोप केन्द्रहरूमार्पmत् फागुन २३ देखि २७ गतेसम्म कोरोना खोप लगाइने भएको छ । वडा नम्बर ६, ७, ८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ । यस्तै वडा नम्बर २, ३ र ४ को कार्यालय तथा वडा नम्बर ५ को परिवार नियोजन सङ्घमा फागुन २३ र २४ गते खोप लगाउने कार्यतालिका छ । यसैगरी १० देखि १३ नम्बर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ । वडा नम्बर १० को मनमोहन प्राविमा २५ गते, १७ र १८ वडाका लागि पकली स्वास्थ्य चौकीमा २३ देखि २७ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने छ । वडा नम्बर १४ देखि १६ का लागि एकम्बा स्वास्थ्य चौकीम
सुनसरी/ मानव संशाधन व्यवस्थापन ‘रोजगारी, विकास र प्रवद्र्धन’ मा निरन्तर काम गरिरहेको कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी (केसीएमआईटी) बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सीपमूलक र जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसीएमआईटीबीच सम्झौता भएको हो । कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारी र केसीएमआईटी कलेजका प्रिन्सिपल ललिता चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने कुमारी जबका प्रबन्ध निर
विराटनगर । मोरङको सुन्दरहरैंचामा भ्यान र मोटरसाइकल एक आपसमा जुध्ना दुई जनाको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु प्रहरीले जनाएको छ । दुर्घटनामा परी काठमाडौंका २८ वर्षीय गणेश थापा र मोरङको बेलबारीका १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् । सुन्दरहरैंचा नगरपालिकाको वडा नं ८ र ७ को सिमाना पर्ने मध्याली पुलनजिक राति १ बजेतिर दुर्घटना भएको थियो । काठमाडौंबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको बा४ख ६
धरान/ फूटबलप्रति स्थानीयको मोहका कारण केही वर्ष अघिसम्म धरानले ‘मिनी ब्राजिल’ को उपमा पाएको थियो । फूटबलप्रतिको लगाव र राज्यको लगानी कमजोर बन्दै गर्दा ‘मिनी ब्राजिल’ को उपमा जोगाउन धरानलाई सकस परिरहेको छ । पछिल्लो समय उपयुक्त खेलमैदानहरूको अभाव हुँदा खेलाडीहरूले अभ्यास गर्न पाएका छैनन् । धराने युवामा फूटबलप्रतिको मोह कम भएको छैन तर पर्याप्त र पूर्वाधारयुक्त खेलमैदानहरू नहुँदा स्तरीय खेलाडीहरू उत्पादन हुन सकेको छैन । केही वर्ष अघिसम्म नगरमा जताततै फूटबलका अभ्यासहरू हुने गर्दथे । अहिले ती खेलमैदानहरू मासिँदै गएका छन् । भएका केही खेलमैदानमा पनि पूर्वाधार छैनन् । धरानभित्
इलाम/ गत वर्ष अदुवाको मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिका–३ का किसान गिरिजा खनालले सधैँको भन्दा धेरै खेती गरेका थिए । खनालले गत वर्ष पाँच मन (४० किलो) मात्र खेती गरेका थिए । तर त्यस वर्ष अदुवा प्रतिमन छ हजार रूपैयाँमा बिक्री भएपछि यस वर्ष उनले १५ मन अदुवा रोपे । गत वर्षजस्तै सोचेर खेती विस्तार गरेका खनाल यस वर्ष निराश बनेका छन । यस वर्ष अदुवाको भाउ ह्वात्तै घट्दा लागत मूल्यसमेत नउठेको उनी बताउँछन् । सोही स्थानकी चन्द्रकला गिरीलाई पनि गत वर्षको अदुवाको मूल्यले आकर्षित ग¥यो । उनले धानखेती हुने ठाउँमा अदुवा रोपिन् । मेहनतअनुसार अदुवा पनि राम्रै भयो तर मूल्य भने पाउन सकिनन् ।
वराहक्षेत्र/ पन्ध्र वर्षसम्म लागूऔषध दुव्र्यसनमा फँसेका एक युवक अहिले लागूऔषधविरुद्धको अभियानमा सक्रिय छन् । उनको यो कार्य धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ । वराहक्षेत्र–६ मा पर्ने चक्रघट्टीका ३८ वर्षीय अमृत पुलामी मगर अहिले रक्षा फाउन्डेसनमार्पmत् लागूऔषधविरुद्धको अभियानमा छन् । उनले सुधार केन्द्र खोलेर लागूऔषध प्रयोगकर्तालाई सुबाटोमा ल्याउने काम गर्दैछन् । उनको सुधार केन्द्र रामधुनीस्थित झुम्कामा छ । लागूऔषध प्रयोगमा लागेका मानिसलाई पुरानै अवस्थामा फर्काएर सामाजिकरूपमा सगौरव जीवन निर्वाह गर्न सक्ने बनाउन केन्द्र सञ्चालन गरेको उनी बताउँछन् । १५ जना क्षमताको सुधार के
वराहक्षेत्र/ नेकपा (प्रचण्ड–नेपाल समूह) को राष्ट्रिय युवा सङ्घ नेपाल वराहक्षेत्रले वडा कमिटी गठन गर्न थालेको छ । बिहीबार वडा नं. ३ कमिटी गठन गरेर शुरु गरिएको वडा कमिटी विस्तार कार्यक्रमअन्तर्गत शुक्रबार वडा नं. १ र २ मा पनि कमिटी गठन गरिएको छ । चतरास्थित बोलबम धर्मशालामा सम्पन्न १ र २ को संयुक्त भेलाले वडा नं. १ मा मनिष श्रेष्ठ संयोजक र वीरेन्द्र राई सहसंयोजक रहेको ५१ सदस्यीय वडा कमिटी गठन गरेको नगर संयोजक सुरज भण्डारीले बताए । त्यस्तै, सोही भेलाले वडा २ को वडा संयोजकमा रामबहादुर राई र सागर लिम्बू सहसंयोजक रहेको ५१ सदस्यीय वडा कमिटि गठन गरेको छ । नगर संयोजक भण्डारीको अध्यक्ष
मोरङ/ कानेपोखरी गाउँपालिकामा शुक्रबार आठौं गाउँसभा शुरु भएको छ । गाउँसभामा छलफलका लागि ६ वटा विधेयक प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले जनाए । नेपालमा सङ्घीयताको अभ्यास नयाँ भएको हुँदा स्थानीय सरकारलाई प्रभावकारी वनाउन कानुनको अभाव रहेकोले कानुन निर्माणमा विशेष ध्यान दिएको अध्यक्ष काफ्लेको भनाइ छ । गाउँसभामा उपाध्यक्ष राजमती इङ्नामले चालू आवमा भएका विकास निर्माण तथा अनुगमनसम्बन्धी क्रियाकलापको समीक्षा प्रस्तुत गरिन् । यसैगरी २ नं. वडाध्यक्ष सुशिल बुढाथोकीले चालू आवको हालसम्मको आम्दानी र खर्चको विवरणबारे सभालाई जानकारी दिए । गाउँपालिकामा सेवा प्रवाहको गुणस्तरमा