इलाम/ इलामको फाल्गुनन्द सुकिलम्वा विमानस्थलको धावन मार्गनिर्र्माण सम्पन्न भएपनि नालि निर्माण व्यवस्थित नहुँदा धावन मार्ग र बस्ती जोखिममा परेको छ । विमानस्थलको ढल व्यवस्थापन गर्नका लागि निर्माण गरेको नालि भत्किन थालेसँगै विमानस्थलको धावनमार्ग र विमानस्थल तल रहेको बस्ती जोखीममा परेको हो । विमानस्थलको पूर्वपट्टिको तल्लोसाईडमा निर्माण भएकोे नालि वर्खानै नलागी भत्किन थालेपछि समस्या देखिएको छ । नालि भत्किँदा विमानस्थलभन्दा तल रहेको वस्ती जोखिममा पर्नुका साथै धावनमार्गको तल्लो भाग खोल्न थालिसकेको छ । पहिले माटो थुपारेर त्यहाँमाथि नालि बनाएको कारण भत्किएको स्थानीय बताउँछन । परिक्षण उडान पश्चात व
धरान/ सात महिना अघि निधन भएका लेखमणि जिमी साहसिक खेलका अभियन्ता हुन् । पुर्वी नेपालका विभिन्न स्थानमा साहसिक खेलको विस्तार सँगै साहसिक खेल पर्यटन प्रवद्र्धनमा उनको योगदान अतुलनिय रहेको छ । धरानमा व्यवसायीक रुपमा प्याराग्लाइडिङको शुरुवात पनि उनैले गरेका हुन् । साहसिक खेलको प्रवद्र्धन गर्न एक्सट्रिम धरान संस्थाका अध्यक्ष हुन् । जति पनि साहसिक खेलहरु छन्, त्यसलाई प्रवद्र्धन गर्दै अन्तराष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउने उनको सपना थियो । विशेष गरि प्याराग्लाईडिङ, क्यानोनिङ, र्याफटिङ लगायत साइक्लिङलाई धरान लगायत आसपासका क्षेत्रहरुमा पर्यटकहरुको लोभ्याउन चाहन्थे । उनी जिवित रहँदा केही कामको शु
विराटनगर । परीक्षा अगावै प्रश्नपत्र आउट गराउने पूर्वाञ्चल विश्व विद्यालयका कर्मचारी र विद्यार्थीसहित १० जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि नै प्रश्नपत्र आउट गरिएको प्रकरणमा उनीहरु पक्राउ परेका हुन । प्रहरीका अनुसार काठमाडौबाट ८ जना विद्यार्थीलाई शनिबार पक्राउ गरी विराटनगर ल्याइएको हो । यस्तै ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरेर ‘शिक्षा ऐन’ अनुसार म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको जनाएको छ । इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्स विषयको परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि ३ वैशाखमा बाहिरिएको थियो
धरान/ धरान जोगवनी किमाथांका ६ लेनको बाटो समयमै निर्माण नहुदा धुलोको कारण स्वास्थ्यमा असर परेको भन्दै सडक निर्माण आसपास बसोबास गर्नेहरु आन्दोलितबनेका छन् । दैनिक हजारौ सवारी साधन ओहोरदोहोर हुने यस खण्डमा सडक निर्माण गर्ने क्रम जारी रहदा धुलाको कारण स्वास्थ्यमा असर पुगेको भन्दै उनीहरुले इटहरी उपमहानगरपालिका खनारको मुख्य सडकमा ढाड राखेर सवारी आजावतमा रोक लगाएका छन् । उनीहरुल निमार्ण कम्पनीले समयमा काम नसक्दा सडक खण्डमा धुुलो भएकोले आफूहरुका दिनचर्यामासमेत असर परेको भन्र्दै सुनसरीको खनारमा स्थानीयले एक घण्टा मुख्य सडक अबरोध गरेका छन् । हरेक दिन दैनिक हजारैको संख्यामा सवारी साधन आवात जाबत गर्
विराटनगर/ अघिल्लो वर्ष कोरोना महामारी शुरु नहुँदै १ नम्बर प्रदेश सरकारले कोभिड १९ अस्पताल संचालनमा ल्याएको थियो । संघीय सरकारको नीतिअनुरुप भारतीय नाका भएर आउने मानिसको स्वास्थ्य परीक्षण गर्ने र स्थानीय तहलाई जिम्मा नलगाउन्जेलसम्म नागरिकलाई राख्न होल्डिङ सेन्टर संचालनगरेको थियो । स्थानीय तहको क्वारेन्टिन व्यवस्थापनमा समन्वय गर्नेदेखि आर्थिक सहयोग गर्ने काम भएको थियो । तर, यो पटक अधिक न जोखिमयुक्त मानिएको भारतीय क्षेत्रबाट आउने नागरिकलाई व्यवस्थित गरिएको छ नत होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापनको काम । अघिल्लो वर्ष १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिर आफैं सक्र
धरान/ दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकार स्वास्थ्यमन्त्रालयले स्वास्थ्य निर्देशिकामार्फत संघीय, प्रदेश र स्थानीय सरकारलाई निर्देशिका पालना गर्न सर्कुलर जारी गरेपनि त्यो कही कतै अलिकति पनि पालना भएको पाइदैन । विशेष गरी सरकारले जारी गरेको निर्देशिका यातायात व्यवसायीहरुले पालना गरेको पाइदैन । सर्वजनिक बसमा मास्क लगाउने, सेनिटाइजर गरी यात्रुलाई यात्रा गर्न दिने, भौतिक दूरी पालना गरेर यात्रुलाई सिटमा राख्ने लगायतका कुरा निर्देशिकामा उल्लेख भएपनि धरानबाट सञ्चालन भएका पूर्व, पश्चिम, कोशी पहाडी क्ष्ँेत्रमा चल्ने यात्रुवाहक सवारी साधनले पालना गरेको पाइदैन ।दोस्रो चरणको कोरोना संक
धरान । केही दिन अघि क्यामेलिया नर्सरीका सञ्चालक राजेशुकमार राईले धरानमा चुलिएको खानेपानीको अभावका कारण नर्सरी सञ्चालकहरु विस्थापित हुने अवस्थामा पुगेको भन्दै फेसबुकमा स्टाट्स लेख्दै दुखेसो गरे । उनले धरान खानेपानी बोर्डले दिन विराएर १० मिनेट पानी वितरण गर्दा विरुवामा पानी हाल्न नपाएपछि विरुवा सुकेर गएको भन्दै यही अवस्था आए व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको स्टाट्समा लेखेका थिए । पानी अभावकै कारण क्यामेलिया नर्सरीका राजेश मात्र हैन धरानमा नर्सरी सञ्चालन गरेर बसेका दुई दर्जनभन्दा बढी व्यवसायीको व्यवसायबाट हात धुनुपर्ने अवस्था आएको छ । उनीहरुले लाखौ लगानी गरेर लगाएको फूलका विरुवा सुकेर खङ्
धरान । न त भारतले नाकाबन्दी गरेको छ, न त पेट्रोलियम पदार्थको अभाव नै छ तर पनि धरानमा पेट्रोलको लाइन हेर्ने हो भने थामिनसक्नु छ । गएको तीन दिनदेखि पेट्रोल थाप्ने सर्वसाधारणको लाइन थामिनसक्नु भएको हो । धरान १५ का निराजन राईले मोटरसाइकलमा तेल हाल्न तीनपटक धाउनु परेको बताए । उनले धरान ८ मा रहेको रानी पेट्रोल पम्प, अटल पेट्रोल पम्प र हिमालयन पेट्रोल पम्पमा धाउँदा धाउँदा बल्ल पालो आएको बताए । उनले भने, ‘इटहरी, विराटनगरमा यस्तो भीड छैन, धरानमा पेट्रोल हाल्नेहरुको भीड किन बढेको हो थाहै भएन ।’ धरान १५ कै तिलक बस्नेतले लकडाउन हुने हल्ला भएकोले पनि पेट्रोल भर्नेको लाइन धेरै भएको हुन सक्ने ब
विराटनगर । असन्तुष्ट नेकपा एमालेको नेपाल–खनाल पक्षले विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेको छ ।यसअघि चैत २८ गते समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो । समूहले दुवै कमिटि गठन गरेको दुई हप्ता पछि महानगरपालिकामा छुट्टै कार्यालय खोलेको हो । जिल्ला समितिले भने विराटनगरस्थित पाञ्चालीमा रहेकै कार्यालयलाई जिल्ला कार्यालयको रुपमा मानिएको समूहका एक नेताले बताएका छन् । केन्द्रदेखि तल्लो तहसम्मै समानान्तर गतिविधिमा केन्द्रीत भएको नेपाल–खनाल पक्ष
धनकुटा । विद्यार्थीमा कोरोना भाईरसको संक्रमण देखिएपछि धनकुटा नगर क्षेत्रका सम्पूर्ण शैक्षिकसंस्था ९ दिनको लागि बन्द गरिएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले विहिबार देखि १७ गतेसम्मको लागि नगर क्षेत्रभित्रका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । धनकुटा नगरपालिका–६ स्थित धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि ज्वरोले सताएपछि उनी मंगलबार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए । पिसिआर परिक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी राजनप्रसाद पोख्रेलले बताए ।