क्रियाशिल महिला पत्रकारलाई तालिम

  • वैशाख १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । क्रियाशील महिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि धरानमा ३ दिने पत्रकारिता तालिम मंगलबार देखि सुरु भएको छ ।

क्रियाशील महिला पत्रकार संघ सुनसरीको आयोजनामा ३ दिने तालिमको आयोजना गरेको हो । धरान, इटहरी, झुम्का र इनरुवाका ३० जना महिला पत्रकारहरुको सहभागी रहेको छ । तालिम प्रदेश १ संसद विकास कोषको सहकार्य र दिब्यरोशनी साप्ताहिकको सह– आयोजकमा संचालन भएको हो ।

घरको चुलो चौकाको काम जिम्मेवारी सम्हालेर पत्रकारीतामा काम गरिरहेका महिलाहरुलाई अझ उत्प्रेरणा र हौसला मिलोस भनेर तालिमको आयोजान गरेको संघकी अध्यक्ष मनिता चाम्लिङले बताईन् । तालिमको उदघाटन प्रदेश एककी समानुपातिक संसद सावित्रा जोशि श्रेष्ठले गरेकी थिईन् । कार्यक्रममा संघकी प्रदेश १ का अध्यक्ष तथा संस्थापक गंगा बराल, नेपाल पत्रकार माहासंघका सुनसरीका अध्यक्ष जनक ऋषि राई, झिलको रिपोर्टिङका प्रधान सम्पादक भवानी बराल, महासंघका केन्द्रीय सदस्य भिषण राई लगाएको उपस्थिती रहेको थियो ।

तालिमको सहजीकरण विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बरिष्ठ मनो स्वास्थ्य परामर्श डाक्टर मधु बस्नेत, झिलको रिपोर्टिङका प्रधान सम्पादक भवानी बराल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राईले गरेका छन् ।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved