धरानमा काँग्रेसलाई फेरी झट्का, पार्टी परित्याग गरि एमालेमा प्रवेश

  • वैशाख १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt फोटो क्याम्पसनः –पार्टी प्रवेशका झलकहरु

धरान । धरान ८ मा नेपाली काङ्ग्रेसको पुर्व सुन्सरी जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि राम बहादुर तामाङको नेतृत्वमा १८ जनाले नेपाली काँग्रेस पाटी परित्याग गरि नेकपा एमालेमा वुधबार प्रवेश गरेका छन् ।

नेकपा एमालेको मेयर पदका उम्मेद्धवार मन्जु भण्डारी र उप मेयर पदम इस्वो लिम्वू सहितको मतदातासँग घरदैलो अभियानकै क्रममा पाटी प्रवेश गरेका हुन । पाटी प्रवेश गर्दै राम वहादुर तामाङले काँग्रेसमा राजनीतिक आचारण र व्यवहार नभएकाले आफुले पाटी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेको वताउनु भयो । उहाले भन्नु भयो,“काँग्रेसले कुरा मात्रै गर्ने जनतालाई झुक्काउने कामदेखि केही गरेन , त्यसैले विकास र समृद्धिको लागि नेकपा एमालले नै जनताको पाटी र विकास गर्ने पाटी भएकाले काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हौं, आगामी निर्वाचनमा एमालेले नै जित्ने छ ।”

278539427_1036786880569215_2613541048155249074_n 278403171_326527009412967_6942856725936873810_n

 

पार्टिका केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवारमा रहेका मन्जु भण्डारी (सुवेदी) र उपमेयरका उम्मेद्धवार पदम इस्वोले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराए । कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष हर्क एभेङ्ग , प्रदेश सदस्य मोतिराज सुनुवार, नारायण सुवेदी, संघीय सांसद जय कुमार राई लगायतले वधाई तथा शुभकामना दिए ।

यसअघि नै दुई निर्वाचित वडाध्यक्षहरुले विद्रोह गरी राप्रपाबाट उम्मेद्वारी दर्ता गराइसकेका छन् । धरान १४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई र १ का रोशन अधिकारीले पार्टी परित्यागको घोषण गर्दै गत सोमबार नै उम्मेद्वारी दर्ता गराएका हुन् ।

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

नास्ट कलेज धरानद्वार ...

धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved