समाचार

    Showing 5,991-6,000 of 10,031 items.
  • मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

    धरान । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शनिवार राती साढे ८ बजे अरुण गाउँपालिका ५ भोजपुरका २६ बर्षीय राम श्रेष्ठलाई प्रदेश १ ०२ ०४१ प १४१४ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएका श्रेष्ठको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक श्रेष्ठ बुढीगंगा स्थित रहेको प्रिमियर वायर फ्याक्ट्रीमा सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए । मोटरसाईकल र चालक बिकाश श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०७९
    • 809 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुलेरो दुर्घटनामा परि ३ जनाको मृत्यु

    धरान । ईलामको माङसेबुङ गाँउपालिका २ दहगाँउ स्थित भित्री सडक खण्डमा बुलेरो दुर्घटनाहुदाँ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र ईलाम माङसेबुङ गाँउपालिका ६ का ५० बर्षीय प्रकाश राई रहेका छन् । आइतबार दिउसो १२ बजे पाँचथरको रबिबाट झापाको दमक तर्फ जादै गरेको मे १ ज ४८७ नं को बोलेरो गाडी सडकबाट अं २०० मिटर तल झरी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी हिम प्रसाद र पक्राशको घटनास्थलमानै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागी दमक अस्पताल लादै गर्दा बाटोमानै मृत्यु भएको हो । बोलेरो चालक तत्काल फरार रहे

    • प्रकाशित मितिः असार १२, २०७९
    • 983 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बी क्याटोगेरी फुटसल प्रतियोगित हुने

    धरान । फुटबल खेलको लोकप्रियता संसारमै बढ्दै जादा नेपालमा समेत यो खेलको विकास हुदै गएको छ । त्यसमा पनि धरानलाई फुटबल खेलको मिनी ब्राजिलको रुपमा लिइने गरिएको छ । मोफसलकै ठूलो प्रतियोगिता बुढासुब्बा गोल्डकप प्रतियोगिता २९ बर्ष अगाडिदेखि निरन्तर हुदै आएको छ । तर पछिल्लो समय खेल मैदान अभावका कारण खेलाडीहरुले अभ्यास गर्ने ठाउको अभाव हुन थालेको छ । बढ्दो सहरीकरसँगे पछिल्लो समय फुटबलको विकल्पको फुटसल प्रतियोगिता हुन थालेका छन् । थोरै ठाउँमा खेल्न सकिने भएकोले पनि पछिल्लो समय खेलप्रेमीहरु यसतर्फ आकर्षित बनेका हुन् । धरानमा ८ देखि १० वटा फुट्सलहरु रहेका छन् । उनीहरुले दैनिक फुटबल खेलको गतिविधि गरिहेका

    • प्रकाशित मितिः असार १२, २०७९
    • 1,000 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेली नगरपालिकाको बजेट सार्वजनिक

    धरान । रंगेली नगरपालिका ले आर्थिक बर्ष २०७९÷२०८० को लागी बजेट सार्वजनिक गरेको छ । शुक्रबार छैठौ नगरसभाले आगामी आर्थिक वर्षको लागी बजेट सार्वजनिक तथा पारित गरेको हो । पालिकाले आगामी आर्थिक बर्षका लागि अनुमानित ८८ करोड ८९ लाख ४४ हजार ७ सय ७८ को बजेट प्रस्तुत गरेको हो । नगरपालिकाकी उप्रमुख भूमा पराजुलीले बजेट प्रस्तुत गर्दै चालू आर्थिक बर्षको विनियोजित बजेट रु २५ करोडौं ४१ लाख ५३ हजार १ सय एकतीस रुपैयाँ, पुजीगततर्फ करोड ३९ करोडौं ६८ लाख ५२ हजार २ सय ९२ रुपैयाँ , राजस्व संकलन तर्फ ३ करोडौं १५ लाख गरी ८८ करोड ८९ लाख ४४ हजार ७ सय ७८ आय हुने अनुमान गरेको छु । आन्तरिक आयवाट रु ४ करोड ३५ लाख ७

    • प्रकाशित मितिः असार १२, २०७९
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवै पालिकाको बजेट सार्वजनिक: प्राथमिकतामा स्वास्थ्य, शिक्षा र कृषि

    धरान । इलाम नगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को लागि एक अर्व २२ करोड ३७ लाखको बजेट तथा कार्यक्रम पारित गरेको छ । इलाम नगरपालिकाको ११ औ नगर सभामा उपप्रमुख विश्नुमाया दहाल लिम्बुले पेस गरेको बजेट पारित भएको शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नगर सभाले आर्थिक वर्ष ०७९।०८० को लागि रु १ अर्व २२ करोड ३७ लाखको आयव्यय अनुमान गरेको छ । आन्तरिक स्रोतमा २० करोड ४९ लाख ८९ हजार १ सय ६०, संघीय सरकारबाट प्राप्त हुने ८४ करोड २८ लाख, प्रदेश सरकारबाट प्राप्त हुने ४ करोड २८ लाख ४ हजार र राजश्व बाँडफाँडबाट १३ करोड ३१ लाख ६ हजार ८ सय ४० रहेको छ । व्ययतर्पm कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १६ करोड

    • प्रकाशित मितिः असार १२, २०७९
    • 683 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानको आ.व. ०७९/८० को नीति तथा कार्यक्रम पारित: असार २३ मा नगरसभा

    धरान । धरान उपमहानगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले ११ औ नगरसभाबाट नीति तथा कार्यक्रम पास गरेका छन् । बजेट भने नगरसभामा प्रस्तुत गरिएको छ । आगामी नगरसभाले बजेट पास गर्ने बताइएको छ । शुक्रबार सुनसरी उद्योग वाणिज्य संघको हलमा ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नीति तथा कार्यक्रममा धरानको धार्मिक, साँस्कृकृतिक, वहुभाषिक, शिक्षा, पर्यटन लगायतलाई समेटिएको छ । धरान उपनगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा धरानको बहुसाँस्कृतिक, बहुजातीय, बहुभाषिक संग्राहलयको रुपमा विकास गर्न पुर्वा

    • प्रकाशित मितिः असार १२, २०७९
    • 866 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ

    धरान । मोरङको बिराटनगर महानगरपालिका १५ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाँट सिमा क्षेत्रबाट प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल झापाको बिर्तामोड नगरपालिका ५ मा डेरा गरी बस्ने २३ बर्षीय हिरा कुमार सहनी र बाराको कोल्वी नगरपालिका ४ कि १९ बर्षीया सिरिसा सिंह महथा रहेका छन् । उनिहरुले असार ५ गते बेलुकी ७ बजे बिराटनगरको रानी सिमा क्षेत्रबाट झापा बिर्तामोड कि १३ बर्षीया नावालिकालाई भारततर्फ लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उन

    • प्रकाशित मितिः असार १०, २०७९
    • 1,202 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रेस्टुरेन्टको शौचालय सार्वजनिक

    धरान । धरान–९, पुतलीलाइनको फ्रेन्ड्स गार्डेन रेस्टुरेन्टको शौचालयलाई निःशुल्करूपमा प्रयोग गर्ने गरी सार्वजनिक शौचालय घोषणा गरिएको छ । लायन्स क्लब अफ दन्तकाली र लिओ क्लब अफ दन्तकालीको संयुक्त पहलमा सो रेस्टुरेन्टसँग समन्वय गरेर शौचालयलाई सर्वसाधारणका लागि खुल्ला गरिएको लिओ क्लब अफ दन्तकालीका अध्यक्ष पोषणबाबु श्रेष्ठले जानकारी दिए । पर्यटक, आगन्तुक वा किनमेलमा निस्किएका सर्वसाधारणलाई शहरी क्षेत्रमा शौचालयको अभाव अट्किने गरेको छ । धरान नगर क्षेत्रमा पनि सार्वजनिक शौचालयको अभाव छ । यही आवश्यकतालाई महसुस गरेर फ्रेन्ड्स गार्डेनको शौचालयलाई सार्वजनिक गर्न आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए

    • प्रकाशित मितिः असार १०, २०७९
    • 850 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा वैकल्पिक शक्तिको रुपमा नेपाल संघीय समाजवादी पार्टी

    धरान । नेपालमा वैपल्किक शक्तिको रुपमा नेपाल संघीय समाजवादी पार्टीको उदय भएको पार्टीका केन्द्री अध्यक्ष रिजवान अन्सारीले बताएका छन् । विहीबार धरान २ देसिलाइनस्थित होटल नव युगको सभाहलमा आयोजित पार्टीको एक नं. प्रदेश समितिको घोषणासभामा बोल्दै पुर्व गृह राज्य मन्त्री समेत रहेका अन्सारीले देशमा अन्य दलबाट नेपाली जनताको चाहना पूरा हुन नसकेको बताउदै त्यसको विकल्पमा यो पार्टी विकल्पको रुपमा अगाडि आएको बताए । उनले भने– ‘वैकल्पिक शक्तिको रुपमा पार्टी आएको छ, देश र जनताको विकासमा पार्टी गम्भीर भएर लाग्छ ।’ कार्यक्रममा दिनेश राइको अध्यक्षतामा ५१ सदस्यीय १.प्रदेश समिति घोषणा गरेको छ । ज

    • प्रकाशित मितिः असार १०, २०७९
    • 883 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • प्राइममा हस्पिटालिटी म्यानेजमेन्ट तालिम

    धरान । प्राइम भिजन इन्टरनेशनलले एसइई दिएर बसेका विद्यार्थीहरुलाई हस्पिटालिटी तालिम दिएको छ । धरानमा एडभान्स डिप्लोमा अध्यापन गराउँदै आएको प्राइम भिजनले एसईई दिएर बसेका बिद्यार्थीलाई लक्षित गरी तालिमको आयोजना गरेको हो । दशदिनसम्म चल्ने निःशुल्क हस्पिटालिटी म्यानेजमेन्ट तालिममा बिद्यार्थीलाई होटल म्यानेजमेन्ट साथै विभिन्न व्यवहारिक बिषयहरुमा प्रशिक्षित गरिएको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए । उनले भने–‘हामीले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी तालिम आयोजना गरेका हौं, यसले विद्यार्थीलाई हस्पिटालिटी सम्बन्धी जानकारी होस् भन्ने हाम्रो उद्देश्य हो ।’

    • प्रकाशित मितिः असार १०, २०७९
    • 937 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved