समाचार

    Showing 5,481-5,490 of 8,605 items.
  • इलाम विमानस्थल: तीन सय २८ रोपनी जमिन उड्यो, उडेन जहाज

    इलाम/ इलाममा निर्माणाधिन फाल्गुन्नद सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पुरा भएपनि उडान भने अन्योल रहेको छ । गत बैशाखमै दोस्रो पटक परिक्षण गर्ने गरी कालोपत्रे काम थाले पनि अहिले सम्म इलाममा जहाज उडान अन्योल रहेको हो । विमानस्थलको धावनर्मामा कालोपत्र निर्माण कार्य सम्पन्न भएसँगै इलामबाट जाहाज उड्ने सपना पूरा हुनेमा जिल्लावासी खुसि थिए । छ सय ७० मीटर लम्बाइ र २० मीटर चौडाइ भएको विमानस्थलको धावनर्मामा कालोपत्र निर्माण कार्य सम्पन्न भएपनि अहिलेसम्म उडान परिक्षण नहुँदा इलाम बासीमा निरासा छाएको छ । जिल्लाकै गौरवपुर्ण आयोजनाको रुपमा मानिएको सुकिलुम्बा विमानस्थलमा जाहाज नउड्नु

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 831 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कांग्रेस प्रदेश १ सभापतिमा गुरु घिमिरे र उद्धव थापा भिंड्ने, बाँकी पदाधिकारीमा उमेदवार घोषणा हुन बाँकी

    विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापा र मोरङका गुरुराज घिमिरेबीच सभापतिमा पदमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट थापा र रामचन्द्र पौडेल–डा. शेखर कोइरालाको समूहबाट गुरुराज घिमिरे उठ्ने तय भएको हो । संस्थापन पक्षले थापाले उमेदवारी दिने बुधबार निर्णय गरेको थियो । घिमिरेलाई उमेवदार बनाउन कोइराला–पौडेल समूहको बिहीबार विराटनगरमा बैठक बसेको थियो । सभापतिमा सुनसरीबाट यही समूहका राजिव कोइरालाले समेत दाबी गरेका थिए । तर, केन्द्रीय सदस्य डा. श

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 1,064 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • कक्षा १२ को परीक्षाफल भोली प्रकाशित गर्ने तयारीमा बोर्ड

    धरान/ राष्ट्रिय परीक्षा बार्डले गत भदौं ३० गते देखी असोज ८ गते सम्म सञ्चाल भएको कक्षा १२ को नतिजा (भोलि)शुक्रबार प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक तयारी भइसकेकाले भोली नतिजा प्रकाशन गर्ने तयारीमा रहेको जनाएको छ । कोभिडको संक्रमणका कारण गत भदौंमा सहभागी हुन नसकेका ४१ परीक्षर्थीहरुले हिजो देखी परीक्षा दिएका छन् । यस वर्षको परीक्षामा ३ लाख ७५ हजार परीक्षार्थीहरु सहभागी भएका थिए ।उनीहरू परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 636 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महालक्ष्मीद्वारा १ सय ४० कृषकलाई च्यापकटर वितरण

    धनकुटा/ गाईवस्तुलाई दिइने घाँस टुक्राउन उपयोगी रहेको मोटर सहितको च्यापकटर धनकुटाको महालक्ष्मी नगरपालिकाले पशुपालक कृषकहरुलाई वितरण गरेको छ । नगरपालिकामा औपचारिक कार्यक्रम गरेर कृषकहरुलाई च्यापकटर हस्तान्तरण गरिएको हो । नगर क्षेत्रका १ सय ४० पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको हो । कार्यक्रममा छुटेकाहरुलाई केही दिनभित्रै वितरण गरिने नगरपालिकाले जनाएको छ । कृषकहरुलाई पशुपालनमा प्रोत्साहन र सहजीकरण गर्न नगरपालिकाले अनुदानमा च्यापकटर प्रदान गरेको नगरप्रमुख पर्शुराम नेपालले बताए । कृषि पेशालाई समय अनकुल यन्त्र उपकरणको प्रयोगबाट सहज र सरल बनाउँन नगरपालिकाले सहयोग गर्द

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 694 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आदर्श खानेपानीद्वारा ‘मिनिरल वाटर’ उत्पादन गर्ने तयारी

    बराहक्षेत्र/ आन्तरिक आम्दानी बृद्धि गर्दै स्थानीयलाई रोजगारी दिने उद्देश्यमा साथ बराहक्षेत्र स्थित आदर्श खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मिनिरल वाटर उत्पादन गर्ने भएको छ ।वराहक्षेत्र २ पुनरवासमा रहेको खानेपानी उपभोक्ता समितिको बुधबार सम्पन्न ११ औं बार्षिक साधरणसभाले मिनिरल वाटर उत्पादन गर्न आवश्यक कामहरु सुरु गर्ने निर्णय गरेको हो । मिनिरल वाटर उत्पादन गर्ने कानुनी प्रक्रिया, बोरिङ, पानी प्रशोधन, बोतल प्याकेजिङ्ग, बजारीकरणका अध्ययन लगायतका कामहरु अघि बढाउने निर्णय भएकोे समितिका सचिव लालकुमार राईले बताए । दैनिक २४ घण्टानै पानी बितरण गर्दै आएको समितिले पानीको उत्पादन क्षमता धेरै भएका

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 525 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वाणिज्य बैंकको एटिएम सेवा पानवारीमा शुरु

    धरान । धरान–६ स्थित पानवारीमा एटिएम सेवा शुरुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको पानवारी शाखाले एटिएम सञ्चालनमा ल्याएको हो । २०७६ बैशाख ३१ गतेदेखि बैंकको शाखा पानवारीमा सञ्चालित छ । पानवारी शाखाका शाखा प्रमुख शिवशंकर लहुटियाका अनुसार ग्रामिण क्षेत्रमा बैंकको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको हो । शाखाले विशेष गरी साना व्यवसायी, कृषक तथा निम्न आय भएका नागरिकलाई सेवा दिदै आएको छ । क वर्गको बैंक पानवारीमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंक नै स्थापना भएको हो । अहिले पानवारीमा मितेरी डेभलपमेन्ट बैंक र निर्धन उत्थान लघुवित्त बैंक र प्राइम

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 989 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस १४ औ महाधिवेशन : प्रदेश अधिवेशन बिहीबार, शनिबार निर्वाचन

    विराटनगर/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन आयोजक समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार प्रदेश राजधानी विराटगरमा बसेको बैठकले अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको हो । प्रचार समितिका संयोजक राजिव कोइरालाका अनुसार विराटनगर अस्पताल नजिकैको खुला मैदानमा बिहीबार २ बजे अधिवेशसन उद्घाटन हुनेछ । बैठकले नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन आयोजक समितिको सम्पर्क कार्यालय मोरङ कांग्रेसको कार्यालयमा खोल्ने, प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता बिहीबार पार्टी कार

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 946 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओमिक्रोन भेरिएन्टको त्रास शुरु

    सुनसरी/ कोरोना संक्रमणको जोखिम कम हुँदै गर्दा अकस्मात देखा परेको कोभिड १९ को ओमिक्रोन भेरिएन्टको त्रास सर्वसाधारणमा पर्न थालेको छ । विश्वभर नै भेरियन्टको त्रास फैलिन थाले पछि सरकारले पनि सचेत रहन आग्रह गर्न थालेको छ भने सर्वसाधारणहरु पुनः जनजीवन प्रभावित हुने डर मान्न थालेका छन् । दक्षिण अफ्रिकाबाट शुरु भएको भनिएको ओमिक्रोन भेरिएन्टको संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै सरकारले नै सचेत रहन आग्रह गरेको छ । नेपालमा संक्रमण नदेखिए पनि वैदेशिक रोजगारबाट फर्किएकाहरुबाट फैलन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै विदेश

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 616 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेस मोरङ अधिवेसन : षडयन्त्र भएको संस्थापन पक्षको आरोप

    विराटनगर/ नेपाली कांग्रेस मोरङको अधिवेशनमा षडयन्त्रमुलक ढंगले चुनावमा हराएको संस्थापन पक्षले आरोप लगाएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संस्थापनका नेता अमृत अर्यालले शक्तिको दुरुपयोग गर्दै संस्थापनका उमेदवारलाई पराजित गरिएको आरोप लगाउँदै भने, “मलाई पनि तीन जना ठूला नेताले छलफल र वार्ता गर्ने भन्दै तीन दिनसम्म अल्मल्याउनु भयो, बाहिरी चुनावी गतिविधि गर्न दिनु भएन, चुनाव सार्ने भनियो तर एकाएक चुनाव गर्ने भनियो, हामीले प्रतिनिधिलाई समेत खबर गर्न पाएनौं ।” अर्यालले कांग्रेसको चुनावमा गुटगत प्रभाव हावी भएको बताए । पार्टीको आन्तरिक निर्वाचन

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 945 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका विषयविज्ञ डा.पोखरेलद्वारा राजिनामा

    सुनसरी/ इटहरी उपमहानगर पालिकाको विषय विज्ञका रुपमा रहेको प्रा.डा.बद्रीविशाल पोखरेलले सल्लाहकार सदस्यबाट राजिनामा दिएका छन् । उनले मंगलबार उपमहानगरपालिका प्रम्ुखलाई राजिनामा दिएका हुन् । इटहरीका स्रष्टाहरुले भाषा, कला, साहित्य र संस्कृतिका विषयमा संविधानतः गर्नु पर्ने काममा बेपर्वाह बेवास्ता मात्र होइन यस क्षेत्रलाई प्रमुख र अझ उपप्रमुखले घोर अपमान गरेको राजिनामा पत्रमा उल्लेख गरेका छन् । पोखरेलले इटहरी वरपरका नगरपालिकाले भाषा, कला र साहित्यका क्षेत्रमा प्रतिष्ठाननै गठन गरि उत्थानमा शुरुदेखि महत्वपूर्ण काम गर्ने योजना बनाए पनि आजका कुनै पनि काम हुन नसकेको बताए । आर्थिक वर्षको बजेटमा उपप्रमुख ल

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 646 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved