महिलालाई वैदेशिक रोजगारमा कष्ट "‘बुझेरमात्र जान सबैलाई अनुरोध"

  • मंसिर २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /वैदेशिक रोजगारमा जाने महिलाहरुले राम्ररी बुझेर मात्र जान आग्रह गरेका छन् । वैदेशिक रोजगारमा पुगेर फर्किएकाहरुले नबुझी जाँदा धेरै महिलाहरुले अनाहकमा दुःख पाएकोले बुझेर जान आग्रह गरेका हुन् ।
कुवेत पुगेर फर्किएकी कुमारी चेम्जोङले विदेशमा पैसा कमाउने उद्देश्यल नबुझी जाँदा दुःख पाएको व्याथा पोख्दै महिलालाई वैदेशिक रोजगारमा सहज नभएको बताएकी छन् । उनी कुवेतमा अढाई बर्ष बसेर आउँदा आफूले दुःख नपाए पनि कुवेतमा धेरै महिलाहरुले कष्टकर जीवन विताउनु परेको बताइन् । उनले भनिन्–‘म विदेश अढाई बर्ष बसे, कुवेतमा रोजगारीका लागि गएकी थिएँ, घरेलु कामदारको रुपमा अवैधानिक रुपमा लगिएका धेरै महिलाहरुले कुवेतमा दुःख पाइरहेका छन् ।’

उनले अवैधानिक बाटोबाट गएकाहरुले शारीरिक तथा मानसिक दुबै कष्ट भोग्नुपरेको बताइन् । उनले सीप नसिकी कसैले पनि वैदेशिक रोजगारमा नजान पनि सुझाव दिइन् ।
राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना गरेको वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका विषयमा सरोकारावालासँग सार्वजनिक सुनुवाइमा कुमारीले कुवेतमा महिलाहरुले भोगेको कष्टका विषयमा सुनाएकी हुन् ।

उनले भनिन् ‘ बैदेशिक रोजगारीमा जाने महिला होस् या पुरुष दुवैका लागि सीप आवश्यक छ, कुन मेनपावरबाट के कामका लागि जाँदैछु भन्ने कुरा नबुझी जाँदा धेरैले शारीरिक तथा मानसिक रुपमा धेरै तनाव हुन्छ ।’
सोही कार्यक्रममा वैदेशिक रोजगारीकै सिलसिलामा साइप्रस पुगेर फर्किएकी सपना रायको भनाई पनि चेम्जोङको भन्दा फरक थिएन । भद्रपुर–६, झापाकी सपना रायले नबुझी जाँदा दोहोरो मारमा पर्ने बताइन् ।

गत वैशाखमा फर्किएकी उनले नबुझेर जाँदा विदेशमा के कामका लागि जाने स्पष्ट नहुने र जाने समयमा म्यानपारले पनि ठग्ने गरेको बताइन् । उनले भनिन्–‘नबुझी विदेश जान खोज्दा म आफै म्यानपावर कम्पनीबाट ठगिएकी थिए, ठगिएको प्रमाणसहित म्यानपावरलाई पैसा माग्दो म्यानपावरले उल्टै धम्की दिन्छ ।’ उनले आफू ठगिएको र म्यानपावरबाट ठगि भएको विषयमा श्रम मन्त्रालयमा कुरा गर्दा न्याय दिने आश्वासन दिएको बताइन् ।
कार्यक्रममा माइती नेपालकी प्रतिनिधि पार्वता राजवंशीले पैसा कमाउन विदेश गएकी एक महिला गर्भवती भएर फर्किएको बताइन । घरेलु हिंसाबाट पीडित ती महिलालाई अहिले आफ्नो सन्तानको जन्मदन्ता गर्न नै मुस्किल भएको उनले सुनाइन् ।

उनले भनिन्–‘यस्ता धेरै घट्नाहरु बहिरिएका छन्, ती महिलाले नानीको जन्म दर्ता गर्न के गर्नुपर्छ भनेर सोधिरहेकी छन्, यसको व्यवस्था भए यस्ता धेरै समस्या समाधान हुने थियो ।’
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बाध्यताबस महिलाहरु वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आएको बताए । उनले भने महिलाहरु बाध्यताबस वैदेशिक रोजगारीमा जान्छन् उनीहरु ठूलो आँट र साहस बोकेर विदेश जानुपर्ने बाध्यता रहेको छ, राज्य सबै नागरिकको अभिभावक भएको र राज्यको अंगमा बस्नेहरूले सोही अनुरुप व्यवहार गरेर उद्वार गर्नुपर्छ ।’

उनले देशमा संघीयता आए पनि वैदेशिक रोजगारीका लागि जाने प्रक्रिया भने काठमाण्डौ केन्द्रित भएको बताउदै यसलाई यसलाई प्रदेशतहबाटै बनाउनुपर्ने सुझाव दिइन् ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय विराटनगरका शाखा अधिकृत पुण्यप्रसाद पौडेलले वैदेशिक रोजगारीसम्बन्धी प्रदेश नं १ को अवस्थाको कार्यपत्र प्रस्तुत गरेका थिए ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved