धरान/ दक्षिण अफ्रिकी मुलुकमा फैलीएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेको छ । पहिलाको भन्दा चाडै संक्रमण फैलन सक्ने चेतावनी दिँदै आइएको नयाँ भेरियन्ट ओमिक्रोन आइतबार नेपालमा दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपालमा दुई जनामा संक्रमण पुष्टि भएको जनाएको छ । कसरी नेपालमा आइपुग्यो नयाँ भेरियन्ट ?स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मंसिर ३ गते संक्रमण पुष्टि भएको देशहुदैँ नेपाल आएका ६६ वर्षीय एक व्यक्तीमा संक्रमण पुष्टि भए पछि उनकै सम्र्पकमा आएका अर्का ७१ वर्षीय अर्का व्यक्तीमा संक्रमण पुष्टि भएको हो । नेपाल आएकी दुबैको
धरान/ अफ्रिकी मुलुकमा तीब्र रुपमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेको छ । सोमबार स्वास्थ्य तथा जनंसंख्या मन्त्रालयले नेपालमा २ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले सोमबार दिउँसो १ विज्ञप्ती जारी गर्दै नेपालमा २ जनामा संक्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका अनुुसार मंसिर ३ गते संक्रमण फैलिएको देश हुदैँ नेपाल आएका ६६ वर्षीय एक विदेशी नागरीकमा संक्रमण पुष्टि भएको हो । नेपाल आएका ती वीदेशी नागरीक र उनको सम्र्पकमा आएका ७१ वर्षीय व्यक्तीको गत मंसिर ७ स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनिहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा प्रथम वराह नकआउट क्लव स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । हाटखोटा फुटवल क्लबको आयोजनामा प्रथम वराह नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । मसिंर २३ गते देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल चतरा फुटबल क्लब चतरा र सप्तकोसी फुटबल क्लब देविघाट बिच हुने आयोजकले जानकारी दिएको छ । आयोजक क्लबका सचिव रोहित साहका अनुसार प्रतियोगितामा सुनसरी जिल्लाका १० वटा फुटबल क्लवले सहभागिता जनाउने छन् । आयोजक हाटखोला रातो, आयोजक निलो, राजावास फुटवल क्लव राजावास, चतरा फुटबल क्लब चतरा, सप्तकोसी फुटवल क्लव देबिघाट, ग्रिन कल्चर फुटवल क्लब चक्रघट्टि, पञ्
एजन्सी/ नोबल शान्ति पुरस्कार बिजेता म्यानमारकी प्रजतन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ । गत फेब्रुअरीमा म्यानमारका सेनाले जननविर्चाचित सरकारलाई अपदस्त गरी नियन्त्रणमा लिएको सुकीलाई ४ चार वर्षको जेल सजाए सुनाइएको समाचार संस्था एएफपीले जनाएको छ । सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ। सैनिक कूभन्दा केही महिनाअघि गत वर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा धाँधली भएको भन्द
एजन्सी/ अफ्रिकी मुलुकमा तिब्ररुपमा फैलिएकोे कोरोनाको नयाँ भेरियट ओमिक्रोन भारतमा पनि भेटिन थालेको छ । भारतीय सञ्चारमाध्यम इन्डियन एक्प्रेसका अनुसार आइतबार राजस्थानको राजधानी जयपुरमा ९ जना संक्रमित भेटिएका छन् भने महाराष्ट्रको पुने जिल्लामा ७ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये तीन जना केही दिनअघि अफ्रिकी मुलुक नाइजेरियाबाट फर्किएका थिए । भारतको राजधानी नयाँदिल्लीमा पनि आइतबार १ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । योसँगै भारतमा २१ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ ।भारतको कनार्टका राज्यमा पहिलोपटक देखिएको यो भाइरसको संक्रमण अहिले अरु राज्यहरुमा पनि बढ्न थालेको छ ।
धरान। पूर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा गत शनिबार सम्पन्न तेस्रो मिस स्टेट १ को उपाधि धरान–११ की स्वेता भुजेलले हात पारेकी छिन् भने गायत तर्फको उपाधि उदयपुरका अर्जुन राईले पाएका छन् । धरान सभागृहमा आयोजना भएको मिस स्टेट १ तेस्रो सिजनको उपाधि हात पार्दै स्वेताले डियो स्कुटर सहित बिबिएस र नेपाल एयरहोस्टेज काठमाडौंमा एयरहोस्टेज पठनपाठनका लागि पूर्ण छात्रवृत्ति, क्राउन, ट्रफी, प्रमाणपत्र हात पारिन् । उनले मिस पर्सनालिटीको सवटाइटल पनि हात पारिन् । उनलाई यसअघिकी बिजेता रजनी तुम्सा लिम्बूले ताज पहि¥याइन् ।उनि धरान मेघा कलेजमा बि.बि.एस अध्ययन गर्दैछिन् । यस्तै, फस्ट रनरअप मोरङकी सुन्
सुनसरी/ काठमाण्डौमा सम्पन्न मिस ग्राण्डको उपाधि सिराहाकी निशुकुमारी साहले जितेकी छन् । आरके इन्टरटेन्मेन्ट गु्रपको आयोजनामा भएको मिस ग्राण्डको फाइनलमा बन्दी सहायता केन्द्रमा कार्यरत निशुसहित अन्य पाँच जनाले फरक फरक विधामा उपाधि जितेका छन् । साहसँगै काठमाण्डौकी सिर्जना श्रेष्ठले मिस टुरिजम, हेटौडाकी मनिष छिनालले मिस ल्यान्डस्कोपस नेपाल, झापाकी बबिता आचार्यले मिस स्कुवा नेपाल र पोखराकी प्रमिला विश्वकर्माले मिस मल्टिनेशनल नेपालको उपाधि जितेकी छन् । उनले यस्ता खालका प्रतियोगिताले महिलाको क्षमतामा विकास हुने विश्वास व्यक्त गरिन् । आयोजक आरके इन्टरटेन्मेन्ट ग्रुपका अनुसार विजेताहरुलाई नेपा
धरान/ महिला स्वयम्सेविकाले स्वास्थ्य सम्बन्धी काम गर्न धेरै कठिनाई भएको गुनासो गरेका छन् । विभिन्न कठिनाईका कारण सोचेजस्तो काम गर्न नसकेको उनीहरुको गुनासो छ । १८ औं महिला स्वयम्सेविका दिवसको अवसरमा धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले धरान १ छाताचौक स्थित स्वास्थ्य चौकीमा गरेको कार्यक्रममा वडा नं. १ की महिला स्वयमसेविका हेलिना मगरले महिला स्वयम्सेवकले सोचेजस्तो काम गर्न नसकेको बताइन् । उनले भनिन्, ‘वडामा रहेका स्वास्थ्य सम्बन्धी कामहरु गर्न घरघरमा पुग्नुपर्ने हुन्छ, महिला स्वयम्सेविकाको काम कर्तव्यको विषयमा सर्वसाधारणलाई जानकारी नहुँदा खुलेर भन्न नसक्ने समस्या भएको छ ।’ उनल
धरान/ नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सदस्य डा अबुल हुसेन अन्सारीले प्रदेश नम्बर १ बाट काङ्ग्रेस केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।उनले काङ्ग्रेसको १४ औँ महाधिवेशनमा मुस्लिम कोटाबाट उम्मेदवारी घोषणा गरेका हुन् । सुनसरी क्षेत्र नं. ४ (ख) मा भोक्राहा नरसिंह गाउँपालिका–४ को वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि हुँदै क्षेत्र नं.४ को क्षेत्रीय अधिवेशनबाट उनी भारी मतले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । उनको पारिवारिक पृष्ठभूमि पनि काङ्ग्रेससँग जोडिएको छ । डा अन्सारीका दाजु हारुन अन्सारी सुनसरी क्षेत्र नं.४ (ख) का पूर
विराटनगर । विराटनगर ११ मा रहेको नेपाल विजनेस कलेजले चालु शैक्षिक सत्रदेखि व्याचलर इन इन्फर्मेशन टेक्नोलोजी (बीआईटी) सुरू गरेको छ । कलेजका निर्देशक दीपक कोइरालाले मलेसियाको लिंकन विश्वविद्यालयको सम्बन्धनमा बीआईटी अध्यापन सुरू गरिएको जानकारी दिए । बीआईटीका लागि छ सेमेष्टरमा प्रति विद्यार्थी जम्मा ५ लाख १६ हजार रूपैयाँ लाग्ने जनाइएको छ । सोही रकमबाट चौथौं सेमेष्टरमा थाइल्याण्डमा शैक्षिक भ्रमणसमेत राखिएको छ । यस शैक्षिक सत्रमा बीआईटीका लागि कलेजले ३६ जनाका लागि कोटा तोकेको छ । कलेजमा हाल चार वर्षे बीबीए र एमबीए अध्यापन हुँदै आएको छ । निर्देशक कोइरालाले बीबीए र एमबीए अध्ययनरत रहेका धेरै विद्यार्थ