समाचार

    Showing 5,421-5,430 of 10,030 items.
  • धरान १० मा बेवारिसे शव

    धरान / धरान उपमहानगर –१० पुतलीलाईनमा एक बेवारिसे शव फेला परेकोछ । धरान १० को सडक छेउमा रहेको झाडिमा ह अन्दाजी २५ देखि ३० बर्ष जस्तो देखिने एक युवकको शव फेला परेको धरान प्रहरीले जनाएको पहिचान खुल्लन नसकेको ती युवकको शब धरान स्थित बि.पि.को.स्वा.बि. प्रतिस्ठानमा पोस्माटमको लागी लगिएको प्रहरीले जनाएकोछ । थप अनुसन्धान भइरहेकोD.S.P. बुद्ध श्रेष्ठले बताए।  

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 1,429 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तोरीबारीको अध्यक्षमा सिग्देल

    बराहक्षेत्र / तोरिबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बराहक्षेत्र १ को अध्यक्षमा डम्बरप्रसाद सिग्देल तेस्रो कार्यकालका लागि बिजयी बनेका छन् ।आफ्ना निकटतम प्रतिद्धन्द्धी कृष्णप्रसाद कट्टेललाई फराकिलो मतान्तरले पछि पार्दै सिग्देल विजयी भएका हुन् ।सिग्देलले कट्टेललाई ३ सय २१ को मतान्तरले पराजित गरेका हुन । निर्वाचन समितिका संयोजक ज्ञानबहादुर पाण्डेका अनुसार सिग्देलले ६ सय २ मत र कट्टेलले २ सय ८१ मत मात्र प्राप्त गरेका थिए । १४ सय १५ खानेपानीको उपभोक्ता रहेको समितिमा ९ सय २९ उपभोक्ताले मतदान गरेका थिए । त्यस्तै सदस्य भूगोल वडा नं. १ तर्फबाट मदनबहादुर बस्नेत (राजन) र वडा नं. २ भूगोल तर्फ

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 641 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिटी कलेजमा खेलकुद सप्ताह सुरु

    धरान / धरान –१२ स्थित धरान सिटी कलेजले खेलकुद सप्ताह शुरु गरेको छ ।वार्षिक रुपमा आयोजना गरीदै आएको खेलकुद कार्यक्रम अन्र्तगतको यस वर्षको सप्ताह शुरु गरेको हो । मंगलवारबाट शुरु भएको खेल सप्ताह अन्तर्गत ,क्यारेम वोर्ड प्रतियोगिता,चेस प्रतियोगित, म्युजिकल चियर,महिला चेस प्रतियोगिता, टेवल टेनिस प्रतियोगिता, र प्रतियोगिता सम्पन्न भइसकेको कलेजका प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए । प्रतियोगिता अन्र्तगत क्यारेमवोर्ड छात्रातर्फ लक्ष्मी गुरुङ प्रथम वनेकी छन् भने सरु रम्तेल दोस्रो वनेकी छिन् । प्रिति राईले तेस्रो स्थान हात पारेकी छन् । त्यस्तै क्यारेम वोर्ड प्रतियोगिताको छात्रतर्फ रिवाज

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 665 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • काम एक महिनामा सक्ने महानगरको तयारी

    मोरङ / विराटनगरको मुटुमा रहेको हिमालय रोडको सबै संरचना एक निर्माण सम्पन्न गरेर महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ । सिक्किमको एमजी रोडको नमुनाका रुपमा विराटनगरमा सो रोडमा विभिन्न संरचना निर्माण सुरु गरिएको थियो ।  ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि निर्माणले गति लिन सकेको थिएन । महानगरका मेयर नागेश कोइरालाले ठेकेदारलाई बोलाएर निर्माणलाई गति दिन निर्देशन दिएका थिए । मेयरको निर्देशनपछि हाल बत्ती जडान, फाउन्टेन निर्माण, टायल बिछ्याउनेलगायतको सौन्दर्यकरणको काम तीव्र रुपमा भइरहेको छ । सो सडकको संरचना बिगारेको भन्दै केही स्थानीय अझै पनि विरोध गर्दै आएका छन् । यो सडकलाई एमजी रोडकै नम

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 764 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महालक्ष्मी इन्स्योरेन्सको नयाँ ‘स्किम

    मोरङ / विराटगरस्थित महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि नयाँ नयाँ ‘स्किम’ ल्याउने गरेको छ ।केही समय अगाडि महालक्ष्मीले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम ल्याएको थियो । यो कार्यक्रम सफलतापूर्वक सञ्चालन भएसँगै महालक्ष्मीले पुन नयाँ ‘स्किम’ पस्केको छ । महालक्ष्मीका कार्यकारी प्रमुख रामेश्वर श्रेष्ठका अनुसार अगाडिको स्मिक सफलतासँगै अहिले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रमलाई शुरुवात गरिएको छ ।कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले चितौनको सौराहामा पौष ४ गते समुद्घाटन गरेसँगै यो कार्यक्रमको विधिवत रुपमा शुरुवात भएको घो

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 647 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खाली जग्गामा महानगरले पार्किङ बनाउने

    मोरङ / आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियानलाई तीव्रता दिएको विराटनगर महानगरपालिकाले बजार क्षेत्रका खाली जग्गाको पनि कर उठाउन दबाबमूलक अभियान सुरु गरेको छ । बजार क्षेत्रमा रहेका खाली जग्गाका धनीले वर्षौंदेखि कर नतिरेको पाइएको छ । कर नतिरेका खाली जग्गामा महानगरले पार्किङको व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि महानगरकै स्रोत साधन प्रयोग गरेर सरसफाईसमेत सुरु गरिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरपालिकाको अभियानलाई सफल पार्न खाली जग्गामा पार्किङको व्यवस्थापन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । महानगरले अतिथिसदन दक्षिण–प

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 728 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षाध्यक्षमा प्रा.डा शर्मा

    धरान / धरान स्थित बीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको शिक्षाध्यक्षमा इन्टनरनल मेडिसिन विभागका प्रा.डा सञ्जिवकुमार शर्मालाई नियुक्ति गरिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको असोज ६ गते नै पदावधि समाप्त भएको थियो । प्रा.डा. खनालको पदावधि समाप्त भएपछि प्रतिष्ठानको शिक्षाध्यक्ष पद रिक्त रहेको थियो । सोही स्थानमा मंसिर ७ गते प्रा.डा शर्मालाई नियुक्ति गरिएको हो । प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१) बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफरिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ्गले प्रा.डा. शर्मालाई नियुक्ति गरेका ह

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 723 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उच्च अदालतको अन्तरिम आदेश : सावुन उद्योग निर्माणमा रोक

    धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले निर्माण शुरु गरेको ‘माया धराने’ साबुन उद्योगलाई उच्च अदालतले निर्माण कार्य रोक्न अन्तिरिम आदेश जारी गरेको छ ।कार्यपालिकाको बैठकले साबुन उद्योग निर्माण गर्ने निर्णय गरेको दाबी गर्दै आएका साम्पाङले धरान २० को नमूना टोलमा निर्माण कार्यलाई सुचारु गरेका थिए । तर डिभिजन वन कार्यालयले धरान उपमहानगरपालिका र मेयर साम्पाङलाई विपक्षी बनाएर रिट दायर गरेको थियाो । सो रिट उपर उच्च अदालतले बुधवार निर्माण नगर्न अन्तिरिम आदेश दिएको हो ।उच्च अदालतका न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासको आदेशामा साबुन उद्योग निर

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहरीकरणसँगै जमिन खण्डीकरण हुँदै

    धरान / आधुनिक शहरीकरणसंगै पछिल्लो समय पूर्वका धेरै स्थानमा जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै गएका छन् । अधुनिक शहरीकरणको नाममा बर्षौदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै महगोमा जग्गा खरिद विक्री हुन थालेपछि खेतियोग्य जमिन घडेरीमा परिणत हुन थालेका हुन् । साविकको पाँचकन्या गाविस तथा अहिले धरान उपमहानगरपालिका वडा नं. ४, ५ र ६ विगतमा धरानको कृषि पकेट क्षेत्रमा लिने गरिएको थियो । उब्जनी हुने धान तथा सागसब्जी उब्जनीको हिसाबले पाचकन्याले सुनसरीको चार भागमध्ये एक भाग ओगट्न गरेको थियो अर्थात ५३ हजार ५ सय खेतीयोग्य जमिनमध्ये पाचकन्यामा ६ हेक्टरमा खेती हुने गरेको जिल्ला कृषि कार्यालय सुनस

    • प्रकाशित मितिः पुस ८, २०७९
    • 457 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु

    झापा / झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु भएको जनाइएको छ । यही अवधिमा १६ वटा हात्ती समेत मरेको बताइएको छ। जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरूको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आक्रमणमा परी मृत्यु भएको छ ।

    • प्रकाशित मितिः पुस ७, २०७९
    • 592 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved