समाचार

    Showing 5,241-5,250 of 10,030 items.
  • उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

    सुनसरी /शनिवार भएको प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । निर्वाचित भएसँगै राना मगर निर्वाचित उपसभामुखको १२ औं नम्बरमा परेकी छन् । कुल २ सय ६४ सांसद उपस्थिति रहेको संसद्‍ बैठकमा उपसभामुखका निर्वाचित राना मगरले १ सय ६६ मत ल्याएकी थिइन । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले ९७ मत ल्याएकी थिइन् । बढी मत ल्याएको आधारमा राना मगर उपसभामुखमा निर्वाचित भएको घोषणा सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए । सत्ता साझेदार दलतर्फकी उम्मेदवार रानामगरलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी थिइन्

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 1,073 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्युतीय गाडीको डिलर उद्घाटन

    दुहबी / सुनसरीको दुहबीमा विद्युतीय गाडीको डिलरको उद्घाटन गरिएको छ । नगरपालिकाको ३ नं वडाको कोशी राजमार्ग छेउमा इलेक्ट्रीक सवारी साधनको मुख्य डिलर उदाटन भएको हो । डिलरको उद्घाटन शनिवार दुहबी नगर प्रमुख बेद गच्छादारले गरेका छन् नगर प्रमुख गच्छादारले बातावरणीय प्रदुषण नियन्त्रण गर्न र महंगो तेल प्रयोग गर्ने बाध्यताबाट सर्वसाधारणलाई राहत मिल्ने बताए । उनले यस्ता सवारीहरु लामो दूरिमा जाँदा चार्जिङ्गको समस्या हुने हुँदा ठाउँ ठाउँमा चार्जिङ सेन्टर समेत हुन आवस्यक रहेको बताए । चाइनादेखि आयात गरी पूर्वाञ्चलकै मुख्य आयातकर्ता टीएम मोटर्स कम्पनिले दुहबी मै प्रधान कार्यालय स्थापना गरी बिधिवत रुपमा

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 897 पटक पढिएको
    • "चन्दन रौनियार"
  • गजल

    देशभक्त विकसित देश ,समृद्ध नेपाल खोज्छमान्छे आफ्नै देशमा यसरी पनि काल खोज्छ ।। यो सरकार चोर्न लुट्न जताततै प्वाल खोज्छ  देश सिमामा मेची महाकाली पर्खाल खोज्छ ।। यो ज्यानलाई उसको खोज यस्तो छ महोदयजस्तो बिरामी हुँदा मान्छे अस्पताल खोज्छ ।। यी आँखाहरू को भाषा कसले बुझ्ने खै यहाँजवाफ नआउँदापनि कहिल्यै सवाल खोज्छ ।। फाइदामा एकछिन मिले भन्दैमा भ्रममा नपरौँपछि गौले गौकै ,बाख्राले बाख्राकै बगाल खोज्छ ।।

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 997 पटक पढिएको
    • " दिनेश प्रयासी खोटाङ दिक्तेल, हाल इलाम"
  • भलिबलको उपाधि पुलिस स्कुल र आयोजकलाई

    धरान /धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको ९ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत छात्रतर्फको उपाधि धरानस्थित नेपाल पुलिस स्कुलले जितेको छ । यस्तै छात्रातर्फको उपाधि आयोजक युनाइटेड गोर्खा एकेडेमीले हात पार्न सफल भएको छ । शुक्रबार भएको फाइनल खेलमा छात्रतर्फ धरानको पुलिस स्कुल र इटहरीको तरहरास्थित ज्ञानदर्पण एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो । यस्तै, छात्रातर्फ धरानको युनाइटेड गोर्खा एकेडेमी बी र हाम्रो बोर्डिङ स्कुल इटहरीबीच प्रतिस्पर्धा भएको थियो । पुलिस स्कुलले ज्ञानदर्पणमाथि २५–१४, २५–१५, २५–१४ को सेटमा जीत निकाले

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघा र सियोन बने च्याम्पियन

    धरान / राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन, नेपाल एनप्याव्सन नगर कमिटिको आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले जितेको छ ।शुक्रवार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ धरान मेघाले लोटस स्कुललाई ४२–३१ र महिला तर्फ सियोनले पर्वत स्कुललाई १८–७ अङ्कको अन्तरले पराजित गर्दै उपाधी जितेको हो । फाइनल खेलको प्रत्येक क्वाटरमा पुरुष तर्फ धरान मेघा र लोटसले ९–४, १३–२, १४–१३ र ६–१२ अङ्क जोडेका थिए । महिला तर्फ सियोन र पर्वत स्कुलले ३–३, ४–०, ४–२ र ७–२ अङ्क जोडेका थिए । बिजेता तथा उपबिजेत

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 740 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सोम्स कलेजद्वारा विद्यार्थीलाई सहयोग

    मोरङ /  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीज सोम्स कलेजले आफ्नै कलेजमा अध्ययनरत छात्र सुमन खवासलाई आर्थिक सहयोग गरेको छ ।छात्र सुमन खवास बिगत तनि महिना देखि आन्द्राको क्यान्सरबाट पिडित थिए । बिबिएस दोस्रो वर्षमा अध्ययनरत सुमनको परिवारिक अवस्था कमजोर रहेको साथै उपचारको क्रममा परिवार समेत ऋणको भारमा परिरहेको पिडीतकी आमाले बताइन् । सुमनकी आमा पाठेघरको क्यान्सर भएको र निकै ठूलो खर्च र लामो समय सम्म उपचार गरी अहिले ठिक भएको आमा रिन्कि देवी खवासले बताइन् । विराटनगर ६ व्रम्हपूरा वसोवास गर्ने सुमनको ५ जनाको परिवारमा बुवा ट्याक्टर चालकको रुप

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 828 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ ले घटायो मन्त्रालय तेह्रबाट नौमा झारियो

    सुनसरी / प्रदेश सरकारको मितव्यायिताको कुरा उठिरहँदा प्रदेश १ सरकारको मन्त्रालय घटाइएको छ । प्रदेश १ सरकारले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेको हो ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेर १३ वटा साविकका मन्त्रालयलाई ९ वटामा सीमित गरेको छ । मन्त्रालय घटाएसँगै मन्त्रालयको संरचनाको समेत टुंगो लगाएको छ । यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय खारेज भएको छ । यस्तै मन्त्रिपरिषद्का्े बैठकले सरकारको प्रवक्तामा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षित आप्रवासन परियोजना १ सय ५६ स्थानीय तहमा सञ्चालन

    धरान / सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशिक रोजगारीमा जानेहरुलाई जानकारी दिन विभिन्न कार्यक्रम अगाडि सारेको छ । स्वीजरल्याण्ड सरकारको कार्यक्रम अन्तर्गत यो कार्यक्रम नेपालका १५६ स्थानीय तहमा कार्यक्रम अगाडि बढाएको छ । सुनसरी जिल्लाको हकमा भने धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र भोक्रा गाउँपालिकामा सामीको कार्यक्रम सञ्चालनमा रहेको छ ।सोही कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिकामा समेत यो कार्यक्रम शुरु भएको छ । यस कार्यक्रम अन्तर्गत सामीले ५ वटा क्षेत्रका काम गर्ने गरेको सुरक्षित अप्रवावासन परियोजनाका जिल्ला संयोजक धिराज भट्राई बताउँछन । खास गरेर यसले विदेश जानेहरुका लागि सूचना

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 887 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रव्यापी कविता प्रतियोगितामा महेश गुरुकुलका दुवाडी प्रथम

    धरान/राष्ट्रव्यापी कविता प्रतियोगितामा एस.आर.दुवाडीले प्रथम स्थान हासिल गरेका छन् । दुवाडीको राष्ट्रियता खातिर शीर्षकको कविता सर्वोत्कृष्ट भएको हो । कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीका अवसरमा भएको प्रतियोगितामा गोरखा घर भएका तनहुँको देवघाटमा रहेको महेश संस्कृत गुरुकुलमा अध्ययनरत कवि दुवाडीको कविता प्रथम चरणबाट छानिएका १५ वटा कवितालाई जितेर सर्वप्रथम भएको हो । त्यसै गरी ललितपुरका नवराज आचार्यको फोन संवाद कविता द्वितीय, धरानका कवि तीर्थराज विश्वकर्माको खबर शीर्षकको कविता तृतीय र काभ्रेपलान्चोककी कवि अनिता धितालको फूलको अनुरोध कविताले सान्त्वना स्थान प्राप्त गरेको थियो । विजयी कवि

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 1,785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्याब्सन स्पोर्ट्स मिटको अघिल्लो दिन ¥याली

    मोरङ / १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको पूर्वसन्ध्यामा विराटनगरमा ¥याली निकालिएको छ । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा शुक्रबार (आज) देखि प्याब्सन स्पोर्ट्स मिट सुरु हुदैछ । प्याब्सन स्पोर्ट्स मिटको प्रचारप्रसाचर गर्ने उद्देश्यले बिहीबार विराटनगरमा ¥याली निकालिएको हो ।विराटनगरको सहिद मैदानदेखि निकालिएको ¥याली महानगरको विभिन्न भाग परिक्रमा गर्दै ट्राफिक चौकमा आएर सम्पन्न भएको थियो । ¥यालीमा प्याब्सनका पदाधिकारी, कार्यसमिति सदस्यहरू, शिक्षक र विद्यार्थीहरूको सहभागि रहेको थियो । ८ गतेसम्म संचालन हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङ

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved