समाचार

    Showing 5,241-5,250 of 8,599 items.
  • अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

    लन्डन/ राजनीतिक उतारचढावका कारण विस्थापित भएका अफगानिस्तानका नागरिकहरूका लागि बेलायतमा रहेको सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले भौतिक सामग्री प्रदान गरेको छ ।अफगानी बालबालिकाको शिक्षाका लागि भन्दै समाजले भौतिक सामग्री सहायता स्वरूप हस्तान्तरण गरेको हो । आसफोर्ड बोरो काउन्सिल (नगर परिषद)को कार्यालयमा एक कार्यक्रम बीच सगरमाथा नेपाली समाजले पाँच थान कम्प्युटर प्रदान गरेको अध्यक्ष प्रसाद छन्त्यालले जनाए । तालिवानी विद्रोहीले गत अगष्टमा सत्ता कब्जा गरे पछि विस्थापित भएका नागरिकहरू मध्ये केहीलाई बेलायत सरकारले आफ्नो देशमा पुनःस्थापना गर्ने भए पछि आएका अफगानी नागरिकहरूलाई मानवीय सहयोग गर

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संघीयता प्रति वितृष्णा पैदा गर्न खोजियो

    धरान । गठबन्धनका दलहरुले कार्यकर्तालाई मन्त्री बनाउनकै लागि मात्र मन्त्रालय विस्तार गरेको आरोप लागेको छ । कार्यकर्तालाई रिझाउनकै लागि मन्त्री बनाउँदा अर्थतन्त्रमा पनि ठुलो असर गरेको राजनितिशास्त्रीहरु बताउँछन् । धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसका राजनितिशास्त्रका प्राध्यापक डा. अमृत श्रेष्ठले सरकार विस्तारले आम जनमानसमा नकारात्मक सन्देश प्रवा गरेको बताए । उनले भने, ‘यो काम राम्रो भएन, यसले आम जनमानसमा नरारात्मक सन्देश प्रवाह गरेको छ, कार्यकर्तालाइ रिझाउनकै लागि मन्त्री बनाउदा अर्थतन्त्रमा पनि ठूलो असर पर्छ ।’ मन्त्रि परिषदको विस्तारले अन्य पार्टीमा त असन्तुष्ट देखिए सँगै गठन

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाथीभराद्वारा भेन्डिङ मेसिन वितरण

    सुनसरी । पाथीभरा एड्भरटाइजिङ प्रालि आठौं वर्षमा र पाथीभरा जब लिङ्क तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा दुवै कम्पनीले संयुक्त रुपमा भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गरि इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस र इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा सामाग्री बितरण गरेको प्रबन्ध निर्देशक पवन अधिकारीले बताए । उनका अनुसार विद्यार्थीहरूमा महिनावारी भएको समयमा समस्या नहोस् भन्नका लागि भेन्डिङ मेसिन हस्तान्तरण गरिएको हो । सामाग्री बितरण कार्यक्रममा जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा. डा. गीता अधिकारीले भेन्डिङ मेसिनले क्याम्पसलाई फाइदा पुगेको बत

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 538 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अरुण नदीको किनारमा पुरुषको शव फेला

    धरान। महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित अरूण नदीको किनारमा एक पुरुषको शव फेला परेका छ । नदीको किनारमा करिब ४५ वर्षीय पुरुषको शव शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । ती पुरुष गोरो वर्णको, पातलो शरीर भएको, छोटो कपाल, रातो रंगको हाफ भेष्ट, कालो रंगको हाफ पेन्ट लगाएको, मंगोलियन अनुहार भएको, उचाई करिब ५.५ इन्च भएको कार्कीले बताए । शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको डिएसपी कार्कीले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राख

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 637 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उखुबारी हत्या प्रकरणमा थप दुई जना पक्राउ

    धरान । व्यवसायीक साझेदारको हत्या गरि मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा शव गाडेको घटनामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोलाका ३३ बर्षीय मेहमद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिका ६ जिरोगौवाका १८ बर्षीय मोहमद हकिम रहेका छन् । उनीहरुलाई शुक्रबार राती मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरुले हत्या गरेपछि उखुबारीमा खाडल खन्न सहयोग गरेको घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले जानकारी दिए । धनपालथान ७ स्थित उखुबारीमा माघ १२ गते र १३ गते दुई वटा अलग अलग खाल्डोमा हत्या

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 1,138 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का मुख्यमन्त्रीलाई कालो झण्डा

    मोरङ । भागण्डा मिलाउनै लागि मन्त्री थप गर्ने र मन्त्रालय ट्क्र्याएको विरोधमा एमाले निकट विद्यार्थी संठठन अनेरास्ववियुले विरोध गर्दै प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाएका छन् । अनेरास्ववियुका कार्यकर्ताले मुख्यमन्त्री राईलाई काठमाडौंदेखि विराटनगर आउने क्रममा कालो झण्डा देखाउने प्रयास गरेका हुन् । ठूलो संख्यामा परिचालित प्रहरीले उनीहरूलाई कालो झण्डा देखाउन रोकेका थिए । तर, मुख्यमन्त्री राईको गाडी क्रस गरिसकेपछि विद्यार्थीहरूले कालो झण्डा देखाउदै नाराबाजी गरेका थिए । उनीहरुले प्रदेश १ मा मन्त्रीहरू थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 711 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारले पुरस्कृत गर्ने, फागुन १० गतेभित्र आवेदन दिइसक्नुपर्ने

    धरान । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । कामदार भिसामा विदेश गरी कम्तिमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम् एक वर्ष पूरा भएको र विगत पाँच वर

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 699 पटक पढिएको
    • "रासस"
  • न्याय खोज्दा उल्टै अभद्र व्यवहारको मुद्धा

    मोरङ/ जातिय गालीगलौज गर्दै प्रहरी कार्यालय अगाडी नै कुटपिट गरेको भन्दै न्यायको माग गर्दै आएका दलित आमा छोरीले उल्टै अभद्र व्यवहारको मुद्दा भोग्नु परेको छ । २३ कात्र्तिकमा सुनसरीको दुहबी स्थित ईलाका प्रहरी अगाडी मरणासन्न हुने गरि कुटपिटमा परेपछि न्यायका लागि भौतारिरहेका नगरपालिका ५ की ७० बर्षिया लक्ष्मी परियार र उनकी छोरी ४० बर्षिया आरती परियारले उल्टै तीन महिनापछि झुठो आरोपमा अभद्र व्यवहार मुद्दा भोग्नु परेको हो । अहिले प्रहरीले उनीहरुलाई २३ कार्तिकमा बृद्ध व्यक्तिलाई कुटपिट गरेको आरोपमा फरार रहेका आरोपीहरु भन्दै तीन महिनापछि १६ माघमा पक्राउ गरेर अभद्र व्यवहार कसुरमा ४ दिन म्याद थप गराएक

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 488 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आमाको हत्याको आरोपमा छोरा पक्राउ

    धरान। मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको थियो । पछि आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 767 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस युनियनद्वारा निःशुल्क फोटो पत्रकारिता प्रशिक्षण

    धरान । फोटो पत्रकारिताको माध्यमबाट समाजलाई शुसुचित गर्न सक्ने सीप प्रदान गर्ने उद्देश्यले इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौंसँगको सहकार्यमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षण दिएको छ । प्रशिक्षण कार्यक्रममा ३० जना विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेको छ । प्रशिक्षणमा कस्तो विषय वस्तु समेटेका दृष्य खिच्ने, कसरी खिच्नेदेखि प्रकाशमा आइसकेपछि त्यसले पार्ने प्रभाव लगायतका विषयमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रदिपराज वन्तले सहजिकरण गरेका थिए । त्यसैगरी, नेपाल पत्रकार महासंघका

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,005 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved