समाचार

    Showing 5,181-5,190 of 8,597 items.
  • बी डिभिजन खेल्न बोइज युनियनको टिम प्रस्थान

     धरान । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता खेल्न ब्वाइज युनियन क्लबको टिम काठमाडौ प्रस्थान गरेको छ । टिममा धराने खेलाडीको बाहुल्यता रहेको छ भने झापा तथा मोरङका खेलाडी सम्मिलित छन् । टोलीलाई मंगलबार एन्फाका एक नं. प्रदेश अध्यक्ष तथा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले विदाई गरेका हुन् । राईले खेलाडी तथा प्रशिक्षकलाई सुझाव दिदै ए डिभिजनमा बढुवा हुने गरी खेल्न आग्रह गरे । उनले विगतका वर्षहरुदेखि नै ब्वाइज युनियन क्लबमा धरानका खेलाडी खेलिरहेको भन्दै यसवर्ष धरानको गौरब बढाउने गरी खेल प्रदर्शन गर्न अनुरोध गरे ।  टिमका प्रशिक्षक सागर घिमिरेले गतवर्ष भन्दा राम्रो तयारी गरेको बता

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 1,113 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तत्काल नामाकरण गर्न सर्वदलीय सहमत

    धरान । प्रदेश सभाकै म्याद सकिनै लाग्दा समेत प्रदेश नंं. १ नामाकरण टुङ्ग्याउन नसकेको भन्दै सरकारको आलोचना बढिरहँदा प्रदेशको तेस्रो सरकारले सर्वदलिय सहजीकरण शुरु गरेको छ । नामाकरणको मुख्य जिम्मेवारी व्यवस्थापिकाको रहे पनि सर्वसम्मतका लागि सरकारले सहजीकरण गर्न शुरु गरिएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताए । मंगलबार सर्वदलीय बैठकको आयोजना गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम टुंगो लगाउने सवालमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभाजित हुन आवश्यक नभएको धारणा व्यक्त गर्दै सरकारले सहजीकरणको शुरुवात गरिएको बताए । तीन वर्षभन्दा बढी रहेको शेरधन राई नेतृत्वको सरकार र छोटो समयमै ढलेको भ

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 865 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कान्छी श्रीमती र प्रेमीको मिलेमतोमा हत्या : दिनेश सिग्देल हत्या प्रकरण

    धरान । वैदेशिक रोजगारीले निम्त्याएको पारिवारिक बेमेलका कारण मोरङ बस्दै आएका झापाका दिनेश सिग्देलले ज्यान नै गुमाउनु पर्‍यो । वैदेशिक रोजगारीका लागि बहराईन गएका सिग्देलको परिवारमा बेमेल बढ्दै गए पछि उनकी कान्छी श्रीमती अर्कै सँग लागिन जसको कारणले गर्दा उनको ज्यान गयो । सिग्देलले १० वर्ष अघि सुनसरीको बराहक्षेत्र १० स्थित प्रकाशपुरकी अनिता केशी सँग दोस्रो विवाह गरेका थिए । जेठी श्रीमती सँग सम्बन्ध बिग्रिए पछि उनले अनिता सँग बिहे गरेर विराटनगर स्थित वडा नम्बर ३ पिपलचौकमा बस्न थालेका थिए । ८ वर्षको नानी छाडेर दुई वर्ष अघि उनी बहराईन पुगेका थिए । पछिल्लो समय कान्छी श्रीमतीको व्यवहारमा परिवर्तन

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 943 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा “सुजुकी सेलेरियो” लञ्च

    धरान/ नेपाली बजारमा धेरै रुचाईएको चार पाङ्ग्रे सवारी सुजीकीले बजारमा नयाँ सवारी सार्वजनिक गरेको छ ।मंगलबार धरानमा रहेको कम्पनीको आधिकारीक बिक्रेता राई मोटर्सले सुजुकिको नयाँ कार “सुजुकी सेलेरियो” सार्वजनिक गरेको हो । शोरुममा एक कार्यक्रममको अयोजना गरी माछापुच्छे« बैंक धरान शाखाका प्रबन्धक विराज खनाल र शोरुम प्रोपाइटर महेश राईले संयुक्त रुपमा लञ्च गरेका हुन् । पारीवारीक उपयोगिताको लागि निकै लोक्रोपिय मानिएको सेलेरियो कारले नेपालमा उपलब्ध कारहरुमध्ये सबै भन्दा बढी माइलेज दिने कम्पनीको दाबी रहेको छ । कम्पनीका अनुसार पावर र माइलेजको समिश्रण भएको नयाँ जेनेरेशन सेलेरियोमा डुअ

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 1,029 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

    धरान । सुनसरीको हरिनगरा गाउँपालिका ३ की एकजना बालिकाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय निलम कुमारी रामकी १ बर्षीया छोरी सुस्मिता कुमारी राम रहेकी छिन् । सोमवार दिउँसो २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । खबर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेर गई घटना सम्बन्धमा थप अनुसान्धान भईरहेको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 1,210 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बस दुर्घटना हुँदा १ जना मृत्यु, ४ जना घाईते

    धरान । इलाम नगरपालिका १० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका ७ का ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन् । हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना।४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भएर सडकको नालीमा ठोकिन गई दुर्घटना हुँदा कुसुवाहको झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्थलमानै मृत्यु भएको हो । गम्भिर घाईते भएका ४० बर्षीय धुरुप कुसुवाहको बि।एण्ड।सि। अस्पताल बर्तामोडमा र अन्य सामान्य घाईते ३ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 736 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरको श्रृष्टी जंगलमा मृत फेला परेका एक ब्यक्तिको हत्या भएको पुष्टी, हत्यामा संल्गन १ जना पक्राउ

    धरान/ उदयपुरको कटारी नगरपालिका- ८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी भए संगै हत्यामा संल्गन १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बि।क। रहेका छन् । जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० बर्षीय राम किसन मिणा भएको खुल्न आए संगै बि।क।लाई पक्राउ गरिएको हो । बि.क.ले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको छ । मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका भारतिय नागरीक मिणा माघ २६ गते

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 763 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : सुनसरीमा ६७ विद्यालय छानिए

    धरान । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुनसरीका ६७ विद्यालय छानिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १२ पालिकाबाट ६७ विद्यालय छनोटमा परेका हुन् । छनौटमा परेका विद्यालयहरुमा २१ वटा विद्यालयमा ४ कोठे भवन, २७ विद्यालयमा आइसीटि कक्षा सञ्चालन, ३ वटा विद्यालयमा ल्याब स्थापना, १६ वटा विद्यालयहरुमा दुई कोठे भवन निर्माणका लागि कुल १२ करोड ४९ लाख ५० हजार रुपैया बजेट विनियोजन भएका छन् । आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय छ लाख ५० हजार रुपैया, ल्याबका लागि प्रति विद्यालय १

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 888 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • ‘गाउँमा अझै स्वास्थ्यको पहुँच छैन्’

    धरान । पहाडी दुर्गम जिल्लामा स्वाथ्यको पहुँच नपुग्दा अझै सर्वसाधारणले अनाहकमा ज्यान गुमाउन बाध्य छन् । स्वास्थ्यमा पहुँचलाई मौलिक अधिकारको रुपमा संविधानमा उल्लेख गरिए पनि अझै दुर्गम गाउँका नागरिकले त्यसको महसुस गर्न पाएका छैनन् । केही दिन अघि महालक्ष्मी गाउँ पालिकाको वडा नं. ४ का हेमकर्ण जिमीले १९ बर्षीया छोरी पूजा जिमी ५ दिन देखि ज्वरोले थला बनाएपछि वडाको बुधबारेमा रहेको चानुवा हेल्टपोष्टमा उपचारका लागि ल्याए । यातायातको साधन चले पनि फाट्फुट्ट मात्र चल्ने भएकोले त्यस ठाउँमा अस्पतालसम्म ल्याउन गाउँलेको सहयोगमा ४ घण्टा लाग्यो । बल्लतल्ल ल्याए पनि अस्पतालमा राम्रो चिकित्सक र औषधी नभएका कारण अन्

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 1,735 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोकिएन खोला उत्खनन् : बस्ती नै जोखिममा

    धरान । विकाशका नाममा धरानको सेउती तथा सर्दु खोलासँगै आसपासका खोलाहरुमा हुने गरेका उत्खनन् नरोकिदा बसोबासका क्षेत्रहरुमा जोखिम बढ्दै गएको छ । मापदण्ड विपरीत खोला उत्खनन् हुँदा खोला आसपासमा बसेका बस्तीहरु जोखिममा परेका हुन् । पछिल्लो समय धरान–५ स्थित अ“धेरी खोलामा उत्खनन्को काम धमाधम भइरहेको छ । ठेकेदार कम्पनीले यसरी धमाधम उत्खनन् गर्दा बस्ती नै जोखिममा परेको स्थानीय बताउँछन् । धरान उपमहानगरपालिकाको स्वीकृतिमा मोतीदान ज्वाइन्ट भेन्चरले बस्ती नै जोखिममा हुने गरी उत्खनन् थालेपछि खोला आसपास स्थानीय त्रसित बनेका छन् । स्थानीय स्वर्णिमहाङ फोम्बोले यस क्षेत्रमा खोला उत्खनन् गर्दा जोखिम

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 1,393 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved