समाचार

    Showing 5,181-5,190 of 10,030 items.
  • वन उपभोक्तालाई रेकर्ड किपिङ र लेखा व्यवस्थापन तालिम

    धरान / धरान क्षेत्रका सब डिभिजन बन कार्यालय, बिष्णुपादुका, धरानले सामुदायिक वनका पदाधिकारीहरुलाई एक दिने रेकर्ड किपिङ तथा लेखा व्यवस्थापन तालिम दिएको छ । कार्यालयले १६ वटा सामुदायिक वन उपभोक्ता समूहका १६ वटा सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति, सल्लाहकार समितिलाई सो तालिम दिएको हो । तालिममा ५० जनाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरूलाई बैठक सञ्चालन, रेकर्ड किपिङ, पत्राचार, फाईलिङ, माइन्युट लेखन, अभिलेख व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो। त्यस्तै सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि निर्देशिका, २०७३ बमोजिम सामुदायिक वनहरूले राख्नुपर्ने व

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुढासुब्बा गोल्डकप: जनप्रतिनिधिलाई सम्मान

    धरान / निरन्तर दुई वर्ष स्थगित पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको प्रवर्द्धन सुरु भएको छ । कोरोना महामारी र आर्थिक कारणले स्थगित प्रतियोगिता आगामी फागुन १३ देखि सुरु हुँदैछ । बुढासुब्बा गोल्डकपले प्रतियोगिता सुरु गर्ने घोषणा गरेपछि प्रवर्धनात्मक कार्यक्रम गर्दै आएको छ । सोमबार धरान उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई आयोजक धरान फुटबल क्लबले बधाई तथा शुभकामना कार्यक्रम राखेको छ । कार्यक्रममा नगर प्रमुख, उपप्रमुखसँगै बीसै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई सम्मान गरेको छ । फागुन १३ देखि २० गतेसम्म आयोजना हुने २३ औ टुबोर्ग गोल्डकप धरानवासीको हुने र समग्र

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 688 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शर्माद्वारा आचार्यको घरमै पुगेर सान्त्वना

    इलाम / नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आत्मदाह गरेका इलामका प्रेम आचार्यको परिवारलाई भेटेर सान्त्वना दिएका छन् । सूर्योदय नगरपालिका वडा नं. ११ केराबारीस्थित आचार्यको घरमा पुगेर शर्माले आचार्यले उठाएका विषयप्रति आफूहरु गम्भीर भएको बताएका थिए । उनले भने–‘तपाईंहरूको साथमा सिंगो देश उभिएको छ ।’झापा क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित शर्माले प्रेम आचार्यले उठाएका सरकारी प्रक्रियाबाट पाएको हैरानीको विषय नेपालमा नै रहेर केही गरौं भन्ने तमाम युवाहरूले भोगेको यथार्थतालाई मध्यनजर गरेर यसको समाधानका लागि सरकारलाई सहयोग गर्ने बताए । ‘

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 637 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षक खेलकुद तालिम सम्पन्न

    मोरङ / विराटनगर महानगरपालिकाको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न भएको छ । विराटनगरस्थित आदर्श उच्च माविमा भएको तालिमको महानगरका मेयर नागेश कोइरालाले समापन गरेका छन् । सो अवसरमा बोल्दै मेयर कोइरालाले विद्यालयलाई खेलाडी उत्पादन गर्ने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले पठनपाठन सँगसँगै खेलकुदको विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यको विकाससँगै अनुशासन सिकाउने उनको भनाइ थियो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले महानगर खेलकुद ऐन निर्माण भइसकेको जानकारी दिए । खतिवडाले ऐन निर्माण भइसकेका कारण अब महानगरभित्रको खेलकुद क्षेत्रको

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रपत्रिका वर्गीकरणमा राजनीति आचारसंहिता उल्लङ्घन बढ्दै गएकोप्रति चिन्ता

    धरान /पत्रपत्रिका वर्गीकरणमा राजनीति हुने गरेको सुनसरीका सञ्चारकर्मीहरुले प्रेस काउन्सिल नेपाललाई गुनासो पोखेका थिए । काउन्सिले यो र त्यो वहाना बनाएर वर्गीकरणमा अनावश्यक दुःख दिने गरेको उल्लेख गरेका थिए ।मंगलबार धरानमा प्रेस काउन्सिल नेपालद्वारा पत्रकार आचारसंहिता तथा पत्रपत्रिका वर्गीकरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रममका सहभागी सञ्चारकर्मीहरुले यस्तो बताएका थिए । उनीहरुले निष्पक्ष ढंगले काउन्सिले पत्रपत्रिकाको वर्गीकरणका लागि चाहिने आवश्यक कागजात उपलब्ध गराउँदा समेत वर्गीकरणमा नपार्ने, हुबहुँ लगायतका कुरा देखाएर अनावश्यक दुःख दिने गरेको लगायतका समस्या भोगेका सुनाएका थिए । सञ्चारकर्मीको

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 705 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायिक विद्यालयको हालत आफ्नै सम्पत्ति संरक्षणको लागि गुहार

    धरान /  धरानको एक सामुदायिक विद्यालय भौतिक सुविधासम्पन्न भएपनि विद्यालयको जग्गा संरक्षण हुन नसक्दा दाताकै भरमा चलाउनुपर्ने अवस्था छ ।४९ वर्ष अगाडि धरान १६ मा स्थापना भएको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) को जग्गा अथाहा छ तर संरक्षण गर्न नसक्दा जग्गा अधिग्रहण भएको छ । विद्यालयको सम्पत्ति धेरै भएपनि यो विद्यालय दाताको भरमा चलेको छ ।सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न धेरै योजनाहरु ल्यायो । विद्यालयको शैक्षिक स्तर उकास्न शिशुदेखि नै अंग्रेजी माध्यमबाट पठाई शुरु ग¥यो तर पनि यस्ता विद्यालको शैक्षिक गुणस्तर सुध्रिएको छैन । जसले गर्दा महंगो शुल्कमा अभिभावकहरुले आ

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 1,280 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जग्गा खाली गराउने सूचना विरुद्ध उच्च अदालतको परमादेश

    दुहवी /  दुहबी बजारको २ बिगाह जग्गा मध्ये १ बिगाहको केही जग्गा खाली गराउने विषयमा दुहबी नगरपालिकाको ३५ दिने सूचनाको विरुद्धमा उच्च अदालतले परमादेश (स्टे अर्डर) दिएको स्रोतको दावी छ । सोमबार उच्च अदालत विराटनगरमा वकिलहरुको ३ घण्टा लामो बहस पछि परमादेश जारी भएको जनाइएको छ । ३५ दिने दुहबी नगरपालिकाको सूचना जारी भएपछि स्थानीयले ७० वर्ष देखि आफुहरुले सो ठाउँको घर संरचना किनेर बसोवास गर्दै ४ पुस्ता बिताएको र ७० वर्ष देखि प्रत्येक निर्वाचनमा मत हाल्दै आएको त्यस क्षेत्रका स्थानीयहरुको दाबी छ । नगरपालिकाले ३५ दिनको सार्वजनिक सूचना सार्वजनिक गरी ३५ दिन भित्र सो ठाउँ खाली गर्न दवाव दिएर अन्याय

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 1,040 पटक पढिएको
    • "चन्दन रौनियार"
  • स्वदेशी फूलको प्रवर्धनका लागि ‘पुष्प मेला’

    विजयपुर / कोभिड महामारीका कारण ३ वर्षदेखि स्थगित रहेको प्रदेश स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला धरानमा आयोजना हुने भएको छ । प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा आगामी माघ २५ गतेदेखि २९ गतेसम्म ५ दिने पाचौँ प्रदेश नं. १ स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला हुन लागेको हो । फ्लोरिकल्चर एशोशियसन नेपालको आयोजनामा हुने पुष्प व्यापार प्रदर्शनी मेलामा १ वटा अफिसियल स्टलसँगै, प्रतिस्पर्धाका लागि १ स्टल र ४८ व्यावसायिक स्टल गरी ५० स्टल रहने संयोजक रामकुमार राईले जानकारी दिए । सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सुनाखरीलगायत ५ सय प्रजातिका फूल रा

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 708 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • लागुऔषध सहित दुई जना पक्राउ

    झापा / झापाको बिर्तामोड नगरपालिका–५ बाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुका इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले सुचनाको आधारमा डब्लुबी ७४ बी ए ६७७९ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक भारत किसनगंज गलगलियाका २५ बर्षीय दिलसाद रहमान र पछाडि सवार रहेका २० बर्षीय सन्वाज खानको साथबाट ८ ग्राम ५सय मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेकोे छ ।

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 683 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनचाँदी आभुषण प्रदेश १ कोे अध्यक्षमा सुनसरीका शाक्य

    विजयपुर / नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ प्रदेश १को अधिवेशनबाट सुनसरीका विसन शाक्य अध्यक्षमा चयन भएका छन् । आइतबार धरान १५ स्थित धरान किचनमा भएको अधिवेशनबाट प्रदेश १ मा १९ सदस्य कार्यसमिति चयन भएको हो । जस अन्तर्गत उपाध्यक्षमा राजेन्द्र विश्वकर्मा (पाँचथर), महासचिव प्रेम व.विश्वकर्मा (सुनसरी ),सचिव गणेश कुमार विश्वकर्मा (सुनसरी),कोषाध्यक्ष दुर्गा बहादुर. विश्वकर्मा (सुनसरी) चयन भएका छन् । यसैगरि सदस्यमा गणेश विश्वकर्मा (उदयपुर), टेक बहादु.याङ्गदेन (सुनसरी), गंगा राम शंकर (ताप्लेजुङ), राम बहादुर.विश्वकर्मा (झापा), शंकर ल्वागुन (धनकुटा), रमेश घिमिरे (तेह्रथुम), त्रिभुवन फुयाँल (मोरङ

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 810 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved