धरान । प्रदेश एकका दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार गरि समाजमा पुनस्र्थापना गर्ने उदेश्यले धरानमा स्थापना भएको आसरा सुधार केन्द्रको चौथो वार्षिक उत्सव सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापाले दुव्र्यसनीमा फसेका युवा पीढीलाई उपचार, परामर्श गरि समाजमा पुनस्र्थापना गर्नु मुख्य उदेश्य रहेको बताईन् । उनले केन्द्र मार्फत पुनर्जीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनस्र्थापना गर्न प्रमुख भुमिका खेल्दै आएको बताईन् । उनले आगामी दिनमा थप ब्यवस्थित तरिकाले प्रभावकारी रुपमा अगाडी बढ्नु पर्ने बताइन् । चौथो वार्षिक उत्सवको अवसरमा केन्द्रका कर्मचारी त
धरान । धरान ३ स्थित युवा संजाल पुस्तकालयलाई दुई युवाले २२ वटा पुस्तक प्रदान गरेका छन् । धरान १६ निवासी गगन नेपाली र कवि विजय घिमिरेले पुस्तक प्रदान गरेका हुन् । नेपालीले आफ्नो छोरा १२ औं महिना पुगेको अवसरमा १२ वटा नै पुस्तक प्रदान गरेका थिए भने कवि घिमिरेले १० वटा पुस्तक प्रदान गरेका थिए । अध्ययनबाट युवाहरुलाई परिवर्तन गर्न सकिने भएकाले पुस्तकालयलाई पुस्तक प्रदान गरिएको घिमिरेले बताए । पुस्तकालयका सदस्यहरुले निःशुल्क रुपमा पुस्तक पढने गरेका छन् । विभिन्न अवसरहरुमा पुस्तक प्रदान गर्न सकिने संजालका शान्तिराम राईले बताए ।
उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एकजना बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका ३ कि ७६ बर्षीय रामा माया आले रहेकी छिन् । बुधबार बिहान पौने ११ बजे स ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएकि पैदल यात्री आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो । त्रियुगा नगरपालिका ७ का २० बर्षीय बिण्णु भट्टराई र मोटरसाइकल लाई ईलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
धरान । विगत ६ वर्ष देखि धरान १७ स्थित हराईजन क्लबले आयोजना गर्दै आएको राष्ट्रिय बास्केटबल कपको छैठौं संस्करण चैत ५ गते देखि हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिता चैत ५ गतेदेखि ११ गतेसम्म हुने जानकारी दिएको हो । श्री घोपा माध्यमिक विद्यालयको बास्केटवल कोर्टमा हुने प्रतियोगितामा देशभरका ८ वटा टिम सहभागि हुने क्लबका अध्यक्ष बसन्त राईले बताए । उनका अनुसार प्रतियोगितामा प्रदेश १ बाट आयोजक हराईजन क्लब र ब्रर्दश क्लब सहित विर्तामोड बास्केटवल क्लब झापा र विराटनगर बास्केटवल एकेडेमी मोरङ, त्रिभुवन आर्मी क्लब, जिल्ला बास्केटवल संघ रुपन्देही, रोयल बास्केटवल एकेडेमी काठमाण्डौं र टाइम्स
विराटनगर/ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए ।
धरान । सुनसरीको दुहबी नगरपालिकाका रौनियार सेवा समितीका नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ५ स्थित साह सेवा समितीको सभाकक्षमा होलि मिलन तथा पस्थापन सम्पन्न भएको हो । जय प्रकाश रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि दुहबी नगरपालिकाका नगर प्रमुख बेद गच्छदार रहेका थिए । प्रमुख अतिथि गच्छदारले नव निर्वाचित पदाधिकारीहरु सहयोगिदाताहरुलाई सम्मान गरेका थिए । रौनियारले समितीको सामुदायिक भवन बनाउन ५ कठ्ठा जग्गा दान दिएका थिए भने गणेश प्रसाद रौनियार र सियाराम रौनियार १ लाख ११ हजार १ सय ११ रुपैयाका दरले सहयोग गरेका थिए । अन्य ५ जना दाताहरुले ५१ हजा
धरान । स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न भएको छ । मंगलबार धरान रंगशालामा ८ नं. वडा र १९ नं. वडाको खेल सकिएसँगै पहिलो चरणको खेलहरु सम्पन्न भएको हो । ८ नं. वडाले १९ नं. वडालाई २–० ले पराजित गरेको छ । ८ नं. वडाका लागी मनोज राई र आमोद माझीले गोल गरेका थिए । राईले खेलको दोस्रो हाफको ३८ र माझीले दोस्रो हाफको ४१ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरान–८ का आमोद माझी घोषित भए उनलाई नगद २५ सय रुपैया पुरस्कार प्रदान गरिएको थियो । बुधबार धरान रंगशालामा हुने पहिलो खेलमा वडा नं. ११ र १८ बिच हुने भएको छ । खेल दिनको ४ बजे सुरु हुने आयोजकले
धरान । बैंकहरुले संस्थागत निक्षेपमा १० प्रतिशतसम्म ब्याज दिन थालेपछि कर्जाको ब्याजदर अधिकतम वृद्धि हुने भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका छन् । बैंकमा जम्मा गरेको संस्थागत निक्षेपलाई राज्यको सम्पति मानेर बढीमा ६ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्नुपर्ने माग अगाडि सार्दै व्यवसायीहरुले चरणबद्ध आन्दोलननै थालेका छन् । संस्थागत निक्षेपमा ६ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्ने लगायतका माग राख्दै मोरङ व्यापार संघमा आवद्ध उद्योगी व्यवसायीहरूले मंगलबार नेपाल राष्ट्र बैंकको विराटनगर स्थित कार्यालयमा प्रदर्शन समेत गरेका छन् । स्वदेशी उद्योग प्रवद्र्धन गर्नुपर्ने, लगानीको वातावरण तयार गर्नुपर्ने, बैंक ब
धरान । कोभीड संक्रमणका कारण दुई वर्ष देखि स्थगित भएको भोजपुर ट्रेल रेसको पाचौं सस्करण चैत्र १२ देखि सन्चालन हुने भएको छ । विश्व नम्बर १ अल्ट्रा धाविका मिरा राईको सम्मानमा आयोजना हुने ट्रेल रेस भोजपुरस्थित सानोदुम्मामा सन्चालन हुने मिरा राई फाउण्डेसनका सचिव केशर राईले जानकारी दिए । रेसलाई पौवादुम्मा गाउँपालिकाले केही बजेट विनियोजन गरेको छ भने प्रदेश १ सरकारबाट मौखिक आश्वाशन पाएको छ । ८ देखि दस लाखको बजेटमा सम्पन्न हुने स्पर्धाले ट्रेल रेसको प्रवद्र्धन र नयाँ धावक धाविकालाई प्रोत्साहन गर्ने सचिव राईको भनाइ छ । रेसमा अनुमानित ३ सय धावक धाविका सहभागी हुने आयोजकको विश्वास छ । हङकङ, बेलायत, भारत ल
धरान । धरान–१६ स्थित शारदा बालिका नमुना मा.बि.मा रहेको ज्योतिपुन्ज बाल क्लबले सोमबार आयोजना गरेको १६ नम्बर वडा ब्यापि बालिका स्टार, सिजन–२ को गायनतर्फ निशा तामाङ र नृत्य तर्फ प्रतिष्ठा राई प्रथम बनेका छन् । बिद्यालय परिषरमा भएको प्रतियोगीतामा गायन तर्फ सियोन स्कुलकी छात्रा सजिना राई दोश्रो भईन भने सोनिया मुर्मु तेश्रो भईन । यता नृत्य तर्फ अनिसा थापा मगर र निर्मा राई क्रमशः दोश्रो र तेश्रो भए । बालिका स्टारकै अवसरमा भएको कविता प्रतियोगीतामा अनुस्का राई पहिलो भईन । सृष्टि लुइटेल र सोनिया राई क्रमशः दोश्रो र तेश्रो भए । त्यस्तै लघु कथा वाचन प्रतियोगीतामा तुलसा राई पहिलो भईन । सन्ध्या