समाचार

    Showing 4,931-4,940 of 8,592 items.
  • स्थानीय तह निर्वाचन : पुनः दोहोरिने प्रमुखहरुको चाहना

    धरान । आसन्न स्थानीय तहको निर्वाचनले जिल्लामा राजनीतिक सरगर्मी बढाएको छ । यतिबेला देशभर स्थानीय तहका प्रमुखदेखि वडा सदस्य बन्ने उम्मेदवारको चर्चा भइरहेको छ । दलहरू आकांक्षीको सूची बनाइरहेका छन् । यसै क्रममा सुनसरीमा नेपाली कांग्रेसले आकांक्षीहरूको आवदेन नै मागेको छ । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राप्रपा लगायतका दल पनि उम्मेदवार छनोटको गृहकार्यमा छन् । उम्मेदवारी दिने र उम्मेदवारीमा आकांक्षा राख्नेमा अधिकांश स्थानीय तहको प्रमुख नै छन् । सबै जसो स्थानीय तहका प्रमुखले दोहोरिने चाहना राखेका छन् । टिकट कसको पोल्टामा पर्ने हो त्यो उम्मेदवारी दर्तापछि

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 841 पटक पढिएको
    • "अजमल अन्सारी"
  • स्थानीय तह निर्वाचन : मजदुरहरु भन्छन् ‘जो आए पनि उस्तै’

    धरान । स्थानीय तहको निर्वाचन आउन केही दिन बाँकी छ । दलहरुबीच चुनावको सरगर्मी बढिसकेको अवस्था छ । तर काम गरेर मजदुरी गर्नेहरुमा भने निर्वाचनको उत्साह नै छैन । श्रमको मूल्य नबढ्ने तर महंगीले आकाश छोएको बताउने ज्याला मजदुरी गर्नेहरुले जो आए पनि मजदुरको हितमा काम नै नगरेको उनीहरु दुःखेसो पोख्छन् । धरान १५ मा राजमिस्त्रीको काम गदै आएका मिलन लिम्बूले देशमा संघीयता आएपछि झन झन महंगी बढेर घर खर्च नै चलाउन धौ धौ भएको बताउँछन् । उनले चुनाव जितेर गएकाहरुले राज्यको ढुकुटीमा मोजमस्ती गर्दै आफू र आफन्त पोस्ने काम मात्र गरेको बताए । उनले भने, ‘०७४ सालको स्थानीय निर्वाचनमा हामीले एमालेलाई जितायौ, एमाल

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 648 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामाजिक स्वास्थ्य क्लिनिक १४ औं संस्करण

    धरान । परिवर्तनका लागि सामाजिक अभियानको १४ औं संस्करणको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक भानु स्मृतिमा. वि. धरानमा सम्पन्न भएको छ । ३ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न क्लिनिकमा ६५ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य जा“च गराएका थिए । मुटु, मधुमेह र रक्तचापको परिक्षण गरिने कार्यक्रमवी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहको सहकार्यमा भएको हो । स्वास्थ्य जा“च गर्दाको क्रममा विरामीहरुले अस्पताल जान हेलचेक्र्याई गर्नु र खानपानमा ध्यान नदिने समस्या बढी पाईको डा. शाहले बताए । “बिरामी बढ्नुको प्रमुख कारण खानपानमा ध्यान नदिनु र नजिकै

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 813 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान रनलाई करिब साढे २ लाख फाइदा

    धरान । धरान रन समुहले दशौं धरान रन नेवा च्यारेटी १० किमी २०७८ को आय–व्यय सार्वजनिक गरेको छ । शनिबार धरान रन समुहको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आय व्यय सार्वजनिक गरेको हो । भर्खरै सम्पन्न भएको धरान रनबाट सम्पूर्ण खर्च कटौती गरी २ लाख ३७ हजार ९ सय ७५ रुपैया फाइदा भएको धरान रन समुहका अध्यक्ष रमु राईले जानकारी दिए । फाइदा आएको रकमबाट विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सहयोग गरिने धरान रनले जनाएको छ । धरान रनका कार्यालयमा १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण समेत गरिएको छ । नेवा एजुकेशन फण्ड मार्फत उनीहरुलाई सहयोग गरिएको अध्यक्ष राईले जानकारी दिए । नानी

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा सत्ता गठबन्धनबीच खटपट

    धरान । देशका अन्य स्थानीय तहमा सत्ता गठबन्धन दलबीच तालमेल गर्ने कुरामा असन्तुष्टि बढिरहेको समयमा धरानमा समेत तालमेल नहुने सम्भावना बढेर गएको छ । मुलुकको सत्ता साझेदारमा समेत सँगै रहेका पाच दलीय गठबन्धनका शीर्षस्थ नेताहरुले केही समय अगाडि स्थानीय, संघीय र केन्द्रीय निर्वाचनसम्मै तालमेल गरेर निर्वाचनमा जाने सहमति गरिसके पनि स्थानीय तहमा भने आ–आफ्नो अडानका कारण तालमेल नहुने सम्भावना बढेर गएको हो । धरानमा पनि पटक पटक बसेको गठबन्धनको छलफलले स्थानीय निर्वाचनमा मुख्यपद सहित अन्य पदका विषयमा निष्कर्ष विहिन बने पछि गठबन्धनको सम्भावना हटेर गएको नेपाली काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 558 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेरुदण्ड भाचिएर घाइते भएका यातायात मजदुरलाई सहयोग

    धरान । गत असोज पहिलो साता सवारी दुर्घटनामा परि मेरुदण्ड भाचिएर घाइते भएका बस चालक सोम राईलाई नयाँ वर्ष २०७९ को अवसरमा सहयोग रकम प्रदान गरिएको छ । राष्ट्रिय यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश नम्बर १ सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य रविन्द्र अधिकारीको पहलमा संकलन भएको १५ हजार रुपैया उनको उपचारका लागि सहयोग गरिएको हो । सहयोगका लागि वैदेशिक रोजगारबाट फर्किएका पुर्व यातायात मजदुर शुशिल पोखरेलले आफ्नो आइतबार पर्ने जन्मदिनको अवसरमा पार्दै नयाँ वर्षमा १० हजार रुपैया राईको उपचारका लागि सहयोग गरेका हुन् । त्यसै गरि अधिकारीले नगर ३५ सय सहित खाद्यान्न र संगठनका नेता गोबिन्द गिरीले १५ सय रुप

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 821 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पानीमा डुबेर बालिकाको मृत्यु

    धरान । झापाको अर्जुनधारा नगरपालिका ४ दहीझोडा स्थित पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । शनिबार बेलुका साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ बर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा रहेको भनि स्थानियले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराउना साथ प्रहरी टोली खटेर कानुनी प्रकृया पुरा गरी उद्धार गरेको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 508 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘समाजवादको आधार निर्माण गर्न सक्नेले टिकट पाउँछन्’

    धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आंकाक्षी उम्मेदवारहरु नामावली पार्टीको माथिल्लो तहमा सिफारिस गर्न थालिएको छ । को उम्मेदवार बन्ने कौतुहलता पनि बढ्दै गएको छ । प्रदेश एककास्थानीय तहबाट नेकपा एमालेका आकांक्षीहरुको नामावली प्रदेश कमिटीमा पठाईसकेको छ । उम्मेदवारहरु लबिङमा लागेका छन् । यसै बिच नेकपा एमाले स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेश ईञ्चार्ज देवराज घिमिरेले समृद्ध नेपाल सुखी नेपालीको समाजवादको आधार निर्माण गर्न सक्ने उम्मेदवारले मात्रै टिकट पाउने बताएका छन् । शनिबार १ नम्बर प्रदेश प्रचार विभाग कमिटीले आयोजना गरेको प्रचार भेलामा जनताको बहुदलीय जनवादको निति लिएर

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 809 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युनियन सुनसरीद्वारा ५ लाखको अक्षयकोष

    धरान । नेपाल प्रेस युनियन सुनसरीले एस जी अर्गनाइजेसनसंगको समन्वयमा पाँच लाख राशीको अक्षयकोषको स्थापना गरेको छ । इटहरीमा शनिवार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । सुनसरी युनियनले अक्षयकोष मार्फत प्रत्येक वर्ष जनही एकाउन्न हजार एक सय रुपैयाँका दरले एक जना पत्रकारलाई पुरस्कार दिने भएको छ । त्यसैगरी, संस्थासंगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रिय स्तरमा कार्यरत एक पत्रकारलाई एक लाख एक हजार राशिको गोविन्द खेम कुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्यक्रम

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 525 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय निर्वाचन: गठबन्धनको चुनावी तालमेल मिलेन

    धरान । अघिल्लो निर्वाचनमा जित हात पारेका स्थानीय तहहरुमा कांग्रेसले दाबी नछाडे पछि मोरङमा चुनावी तालमेल गर्ने विषयमा सत्ता साझेदार दलबीच सहमति जुट्न सकेको छैन् । शुक्रबार र शनिबार लगातार बैठक र छलफल गरिरहेका चार दलबीच जिल्लाका पालिकाहरुमा गठबन्धन गर्ने विषयमा सहमति जुट्न नसकेको हो । नेपाली कांग्रेसका उपसभापति भक्ति माझीका अनुसार कांग्रेसको उम्मेदवारका अनुसार पहिले जितेका पालिकाहरु नछाड्ने भन्ने नीतिअनुरुप आफ्ना कुरा राखेको बताउँदै भने, “सत्तासाझेदार दलका अन्य प्रतिनिधिहरुले आफ्नो दाबी प्रस्तुत गर्नुभयो । मैले आफ्नो पार्टीको बटम लाइन भने तर यसै गर्ने भन्ने विषयमा सहमति हुन सकेन् ।&rdqu

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 1,016 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved