समाचार

    Showing 4,491-4,500 of 10,136 items.
  • कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता सुरु

    विराटनगर/ प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा सुरु भएको छ । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । ४ विधामा हुने प्रतियोगिताको पहिलो दिन १० जना सेमिफाइनल र २० जना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ सुप्रिम पन्तले सुवास भट्टराईलाई र विनय चौधरीले सुचक खड्कालाई पराजित गरे भने रोधन राई र नवीन सिलवालले वाक ओभर पाउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । मेन्स डबल्सतर्फ शशी चौधरी र यशवन्त विक्रम शाहको जोडीले वाक ओभर पाए भने प्रकाश राई र नवीन सिलवालको जो

    • प्रकाशित मितिः असार १५, २०८०
    • 956 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुर्तीजन्य पदार्थको बिक्रीवितरणको अनुमतिपत्र साउन १ गतेदेखि खारेज

    विराटनगर /  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुर्तीजन्य पदार्थको बिक्रीवितरणका लागि दिइएको अनुमतिपत्र साउन १ गतेदेखि खारेज गर्ने बताउनु भएको छ । विराटनगर वडा नम्बर १० को आर्थिक सहयोगमा नेपाल प्रेस इन्स्टिच्यूटले आयोजना गरेको आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सुर्तीजन्य पदार्थको सेवनका कारण स्वास्थ्य र महानगरको सरसफाईमा प्रतिकूल असर परेको बताउँदै नियन्त्रण अभियानमा साथ दिन महानगरवासीसित आग्रह गर्नुभयो । उहाँले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि नयाँ अनुमति नदिने र यसअघि दिइसकेका अनुमतिपत्र पनि नवीकरण नग

    • प्रकाशित मितिः असार १५, २०८०
    • 1,084 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मौसम पूर्वानुमान: भारी वर्षाको सम्भावना

    सुनसरी/ आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेश

    • प्रकाशित मितिः असार १५, २०८०
    • 846 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा बलात्कारको घटना बढी -इन्सेक

    सुनसरी / अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङको नेपाल मानव अधिकारवर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा अनुसार ६ महिनाको अवधिमा १२ वटा घटनामा सबैभन्दा बढी बलात्कारको घटना घटेको पाइएको छ । बिहीबार प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङले ६ महिनामा ५ वटा बलात्कारको घटना रहेको बताए । उनका अनुसार गत मध्य पुस महिनादेखि यो अवधि सम्ममा ताप्लेजुङमा मानव अधिकार उल्लंघन सम्बन्धित १२ वटा घटना मध्ये सबैभन्दा बढी बलात्कारका ५ वटा,घरेलु हिंसाका ४ वटा,हत्याका २ वटा र बहुबिवाहसंग सम्बन्धित एक घटनाको अभिलेख इन्सेकसंग रहेको छ। सन् २०२२ को एकवर्षे अवधिमा इन्सेकको अभि

    • प्रकाशित मितिः असार १४, २०८०
    • 942 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सरकारलाई बिश्वासको मत नदिने, नेतृत्व लिन काङ्ग्रेस र माओबादीको अडान

    सुनसरी /अल्पमतमा परेको कोशी प्रदेश सरकारलाई विश्वासको मत नदिइ आ – आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्यमा नेपाली कांग्रेस र नेकपा माओबादी लागेका छन् । दुबै पार्टी मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने एकै ठाउँ उभिए पनि सरकारको नेतृत्व लिन आ – आफ्नै अडानमा रहेका छन्। नेपाली काङ्ग्रेसका कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत नदिने बताउदै बरु आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने प्रतिक्रिया दिए । उनले मुख्यमन्त्रीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वभाविक भएको बताउदै उनले त्यसको जवाफ संसदबाटै दिने पनि बताए ।थापाले कोशी प्रदेशसभाको विपक्षी गठ

    • प्रकाशित मितिः असार १४, २०८०
    • 994 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मालपोत कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्दै

    धरान / धरान उपमहानगरपालिका वडा नं. १६ मा रहेको कृषि विकास बैंकको भवनमा भाडा सञ्चालन हुदै आएको मालपोत कार्यालय धरान ६ पानबारीको आफ्नै भवनबाट सञ्चालनमा आएको छ । दुई बर्ष अगाडि नै भवन निर्माण भइसक्दा पनि राजनीतिक दलका केही नेताहरुले जग्गा प्राप्ति तथा भवन निर्माणमा कार्यालय प्रमुखले भ्रष्टाचार भएको भन्दै नसार्न दबाब दिइरहेको अवस्थामा बुधबारबाट मालपोत कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गरेको हो । आफ्नै भवनबाट सेवा प्रदान गर्दा कार्यालयकोे करोडौ भाडावापतको रकम जोगिएको छ । २०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा धरानमा ल्याइएको थियो । त्यसबेला धरा

    • प्रकाशित मितिः असार १४, २०८०
    • 2,594 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घट्यो सुन–चाँदीको भाउ

    सुनसरी/ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तोलामा ६ रुपैयाँले बढेको सुनको मूल्य बिहीबार (आज) अघिल्लो दिनको तुलानामा ६ सय रुपैयाँले नै घटेको हो। बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको

    • प्रकाशित मितिः असार १४, २०८०
    • 1,106 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सरकारले भाषा साहित्य तथा कलाकार श्रष्टाहरुलाइ सम्मान गर्ने

    सुनसरी / गत बुधबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले भाषा, साहित्य तथा कला तर्फ योगदान पुर्याएका श्रष्टाहरुलाइ सम्मान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशका विभिन्न जिल्लामा रहेर भाषा, साहित्य तथा कलामा योगदान पुर्याएका श्रष्टालाइ सम्मान गर्ने निर्णय गरेको हो । बैठकले एक लाख रुपैया राशीको सर्वोकृष्ट भाषा साहित्य सम्मानतर्फ बम बहादुर राई (सुनसरी) र सर्वोकृष्ट कला र संस्कृति सम्मान तर्फ प्रा. डा. सोमप्रसाद खतिवडा (मोरङ) रहनु भएको छ ।  त्यसैगरी पचास हजार रुपैया राशीको उत्कृष्ट भाषा, साहित्य, कला र संस्कृति तर्फ बैजयन्ती मिश्र (मिश्र बैजयन्ती) , भाषा, सहित्य तर्फ राधिका गुरागाई,

    • प्रकाशित मितिः असार १४, २०८०
    • 886 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिला स्वरोजगार वृद्धि गर्न वरमाला बनाउने तालिम

    धरान /देशको समृद्धिका लागि महिलाहरु उद्यमी हुन आवश्यक भएको कोशी प्रदेश सभा सदस्य यसोदा कायस्थले बताउनुभयो । सिद्धि नेवाः परिषद्को आयोजनामा २०८० असार १० सोमबार देखि ७ दिने वरमाला बनाउने, नरिवल सुपारी सजाउने तालिमको अनुगमनको क्रममा प्रदेशसभा सदस्य कायस्थले देशको आर्थिक वृद्धिका लागि महिलाहरु उद्यमी हुन आवस्यक रहेको बताउनु भयो । धरान ७ स्थित सिद्धि नेवाः परिषदमा संचालित तालिममा धरानका विभिन्न वडाका १८ जना महिलाहरु सहभागी भएका थिए । धरानका महिलाहरुलाई सशक्तिकरण गर्न र उनिहरुमा सीप बिकास गरी स्वरोजगर तथा व्यवसायी बनाउने उद्देश्यले तालिमको अयोजना गरिएको सिद्धि नेवाः परिषद्का अध्यक्ष राज विमल

    • प्रकाशित मितिः असार १४, २०८०
    • 1,039 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घरघरमा तुलसीको बिरूवा सारिँदै, विशेष पूजा आराधना

    सुनसरी/ हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि  देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।  सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। एक वर्षमा २४ एकादशी पर्छन्। यस वर्ष भने  २६ एकादशी परेका छन्। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकाद

    • प्रकाशित मितिः असार १४, २०८०
    • 1,168 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved