समाचार

    Showing 4,411-4,420 of 8,565 items.
  • पिकअपको ठक्करबाट अटोचालकको मृत्यु

    धरान । सुनसरीको रामधुनी २ तित्रीबन चौक स्थित पुर्ब पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा ३ का ३२ बर्षीय डम्बर कुमार दर्जी रहेका छन् । आइतबार पुर्वाञ्ह साढे ४ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्रन १ ०१ ००१ च ७६५० नम्बरको पिकअपले बिपरीत दिसा आउदै गरेको को २ ह ७२९९ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका अटो चालक दर्जीको ईटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा आइतबारनै पौने ५ बजे मृत्यु भएको हो । पिकअप र चालकलाइ नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २, २०७९
    • 693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठा र हृदेशले जिते मिस एण्ड मिस्टरको उपाधि

    धरान । मिस एण्ड मिस्टर एसइइ २०२२ को उपाधि प्रतिष्ठा रिजाल र हृदेश राइले जितेका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न भएको प्रतियोगितामा प्रतिष्ठाले मिस र हृदेशले मिस्टरको उपाधि जितेका हुन् । प्रतियोगिताको अर्गनाइजर च्वाइसमा स्मारिका सुबेदी घोषित भइन् । मिसतर्फको फस्ट रनरअप सबिना बिष्ट, सेकेण्ड रनरअप सचिता कुमारी महतो घोषित भइन् । यसैगरि मिस्टरतर्फको फस्ट रनरअप अरुण कुमार साह, र सेकेण्ड रनरअप रोहन रसैली भए । प्रतियोगिताको मिस ट्यालेन्ट स्मारिका सुबेदी तथा मिस्टर ट्यालेन्ट एवार्ड रोहन रसैलीले जिते । मिस र मिस्टर पपुलर एवार्ड क्रमश ः सचिता कुमारी महतो र हृदेश रा

    • प्रकाशित मितिः साउन २, २०७९
    • 451 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुल्ला बास्केटबल प्रतियोगिता हुने

    धरान । धरान मामेघा थी्र वाइ थी्र एसइइ लेवल खुल्ला बास्केटवल प्रतियोगिता हुने भएको छ । धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा हुन लागेको प्रतियोगिताको प्रयोजन धरान मेघा कलेज गर्ने भएको छ । प्रतियोगिता साउन ३ र ४ गते दुई दिन हुन लागेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा कक्षा ५ देखि यसै वर्ष एसइइ दिएका विद्यार्थी खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा धरान संगै विर्तामोड, उर्लावारी, धनकुटा, तरहरा र विराटनगरका टिम गरी एक दर्जन विद्यालय टिमले सहभागिता जनाउने आयोजक धरान बास्केटवल संघले जनाएको छ । प्रतियोगिताका विजेता तथा उपविजेताले नगद पुरस्कार सहित ट्रफश्

    • प्रकाशित मितिः साउन २, २०७९
    • 886 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेरिल्याण्ड कलेज देशभरिकै सातौँ स्थानमा

    धरान । मेरिल्याण्ड कलेजे सातौँ स्थानमा पर्न सफल भएको छ । नतिजा, पूर्वाधारमा लगानी, फ्याकल्टी, व्यवस्थापन, विद्यार्थीद्वारा प्राप्त उपलब्धि, अतिरिक्त क्रियाकलाप, क्यारियर विकास अवसर लगायतलाई आधार मानेर प्रत्येक वर्ष टप–२० कलेजहरुको नाम प्रकाशित गर्ने गरेको छ । सोही आधारमा यस वर्ष मेरिल्याण्ड कलेज गत वर्ष भन्दा दुई स्थान माथि उक्लिदै सातौँ स्थानमा पर्न सफल भएको छ । मेरिल्याण्ड कलेज विगत १९ वर्ष देखि सधैँ उत्कृष्ट टप–टेन कलेजमा पर्दै आएको छ । व्यवस्थापन शिक्षा मात्र पढाई हुने यस कलेज देश विदेशका विद्यार्थीको रोजाईमा परेको छ । २०५९ सालमा स्थापना भएको मेरिल्याण्डले २०औँ वसन्त यसै वर्ष

    • प्रकाशित मितिः साउन २, २०७९
    • 937 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हङकङमा रहेका धरानेहरुद्वारा पाइप सहयोग

    धरान । धरानका मेयर हर्क साम्पाङको खानेपानी समस्या समाधानको सपना पूरा गराउन विदेशमा रहेका धरानेहरुले धमाधम सहयोग पुर्‍याएको  छन् । विदेशमा रहेका धरानेहरुले धरानलाई स्वच्छ, सफा बनाउने मेयर साम्पाङको सपनालाई पुरा गराउन धमाधम डस्विन प्रदान गर्दै आएका छन् भने पछिल्लो पटक खानेपानीका लागि पाइप नै प्रदान गरेका छन् । धरानका १७ का किसन राई र गँगा राईले आफ्नो स्वर्गीय माता खाइसु माया राई ,पिता – किताब सिंह राई को स्मृतिमा खानेपानीको पाईप २७ थान उपलब्ध गराएका हुन् । मेयर साम्पाङ्गको निसाने खोलाबाट पानी ल्याउने योजनामा सहयोग पुगोस् भन्ने उद्देश्यले पाइप उपलब्ध गराएका हुन् । धरान १७ म

    • प्रकाशित मितिः साउन २, २०७९
    • 679 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘एकतर्फी पार्किङले सिटीसफारी विस्थापित ’

    धरान । एकतर्फी पार्किङको नाममा सिटी सफारीलाई विस्थापित गर्न खोजेको भन्दै सिटीसफारी चालकहरुले आइतबार धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्र सम्बद्ध मजदुरहरुको संगठन अखिल नेपाल यातायात मजदुर सगठनको एक नम्बर प्रदेशका अध्यक्ष एवम केन्द्रीय महासचिव लिलाबहादुर प्रधानको नेतृत्वमा नगरपालिका पुगेका हुन् । उनीहरुले उपमहानगरपालिका गेट अगाडि सिटीसफारी राखेर धर्ना समेत दिएका थिए । नेता प्रधानले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउदै भने–‘एकतर्फी पार्किङको नाममा मोटरसाइकल लगायतका अन्य सवारी साधनलाई व्यवस्थित गरिरहँदा सिटी सफारीको स्थान कहाँ हो भन्ने एकिन नगरिदा विस्

    • प्रकाशित मितिः साउन २, २०७९
    • 981 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विमा बोर्डले भुक्तानी नदिएको भन्दै नोबेलले रोक्यो विमा कार्यक्रम

    धरान । नेपाल सरकारले नेपाली जनताको उपचारमा सहज होस् भन्ने उद्देश्यले ल्याएको विमा कार्यक्रम विराटनगरको नोबेल मेडिकल कलेजले बन्द गरेको छ । नोबेलले बिमा सेवा दिएबापत ५५ करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको दाबी साउन १ गतेबाट विमा कार्यक्रम स्थगित गरेको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले स्वास्थ्य बिमा बोर्डलाई पटक पटक रकम भुक्तानीका लागि जानकारी गराउँदा समेत रकम निकासा नभएपछि विमा कार्यक्रम नै स्थगित गर्नुपरको बताए । उनले भने –‘अस्पतालले धानुन्जेल हामीले सञ्चालन ग¥यौ, रकम अभावका कारण औषधि खरिदमा समस्या देखा प¥यो अस्पताल थप आर्थिक भार थाम्न नसक्ने स्थितिमा पुग

    • प्रकाशित मितिः साउन २, २०७९
    • 547 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबारबाट बोलबम शुरु: पाँचलाख भक्तजन आउने अपेक्षा

    धरान । यस बर्षको बोलबम मेला आइतबारबाट शुरु भएको छ । विगत दुई बर्ष कोरोनाका कारण मेला लाग्न सकेको थिएन । यसपटक अत्याधिक भीड हुने देखेर भक्तजनको सुविधाका लागि सुरक्षाका लागि सुरक्षा निकाय, लाइन व्यवस्थापनको लागि विभिन्न संघ संस्थाबाट स्वयमसेवक परिचलन, प्राथमिक उपचारका लागि चिकित्सकको टोली तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले आ आफ्नो ढंगबाट साउनका बोलबमभरि सहयोग पु¥याउने भएका छन् । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीद्वारा पिण्डेश्वर मन्दिरमा जल अभिषेक गरी कार्यक्रम शुभारम्म गरिएको हो । शुभारम्म कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, धरान उपमहानगपा

    • प्रकाशित मितिः साउन २, २०७९
    • 952 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रदेश एकमा सम्बन्ध विच्छेद र लागू औषधको मुद्धा धेरै’

    मोरङ/ प्रदेश एकमा सम्बन्ध विच्छेद र लागू औषधको मुद्दा बढी भएको पाइएको छ । मोरङ जिल्ला अदालतमो सम्बन्ध विच्छेद र लागुऔषधका मुद्दा दर्ताको संख्या धेरै रहेको पाइएको हो ।मोरङ जिल्ला अदालतमा चालू आर्थिक वर्ष २०७८। ७९ मा ४ हजार ६४१ वटा मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले बताए । उनले भने ‘दर्ता भएकामध्ये सबैभन्दा बढी फौजदारी कसुरमा पनि सम्बन्ध विच्छेदको बढी दर्ता भएको छ ।’मोरङ अदालतले चालू आर्थिक वर्षमा लक्ष्य भन्दा ३७९ वटा कम मुद्दा फैसला गरेको छ । चालू आवमा अदालतले ५ हजार ६१९ वटा मुद्दा फस्र्याैट गर्ने लक्ष्य लिएका भएपनि चालू आर्थिक वर्षको असार ३१ गतेसम्म

    • प्रकाशित मितिः साउन १, २०७९
    • 564 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समाजको अध्यक्षमा बराल

    धरान । नेपाली काँग्रेस सम्बद्ध प्रजातान्त्रिक विचार समाजको सातौ अधिवेशनबाट यमनाथ बरालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समाजको धरानमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा निश्चत सुवेदी, सचिवमा कविन्द्र भट्टराई, कोषाध्यक्षमा रामदयाल यादव र सहसचिवमा सीता खतिवडा चयन भएका छन् । यसैगरी सदस्यहरुमा नारायण भट्टराई, युवराज लुइटेल, कृष्णप्रसाद गुरागाई, ओमप्रसाद ढकाल, डा महानन्द तिम्सिना, अलिम अन्सारी, प्रवीण राई, मातृका नेपाल, अनिता राई र लक्ष्मीकृष्ण श्रेष्ठ चयन भएका छन् । निर्वतमान अध्यक्ष जिवनकुमार राईको अध्यक्षतामा सम्पन्न सातौ अधिवेशनको प्रमुख अथिति समाजका पूर्व केन्द्रीय अध्यक्ष केदार

    • प्रकाशित मितिः साउन १, २०७९
    • 628 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved