समाचार

    Showing 4,391-4,400 of 10,136 items.
  • बाढी र पहिरोले मेची राजमार्ग र तमोर करिडोर पुनः अवरुद्ध

    सुनसरी/  आज बिहानै देखि परेको अबिरल झरीको कारण आएको बाढी र पहिरोले मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको छ । सडक विभागको आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेचि राजमार्ग अन्तर्गत केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम र गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडकखण्ड अवरुद्ध छ । पाँचथरको हेवा खोलामा सडक र पुल भत्किँदा मेची राजमार्ग अवरुद्ध भएको हो । यसैगरी तमोर करिडोर अन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक सडकखण्ड पनि अवरुद्ध । यो सडकखण्डमा पर्ने पाँचथरको माझीटार र हेवा खोलामा सडकमा भएको क्षतिका कारण यातायात पूर्णरुपमा ठप्प भएको हो ।

    • प्रकाशित मितिः असार २८, २०८०
    • 819 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरका ५ जना उद्योगी सम्पर्कविहीन

    मोरङ /अहिले ललिता निवास जग्गा घोटला प्रकरणमा संलग्नलाई धमाधम पक्राउ गर्न थालिएको छ । प्रकरणमा संलग्नलाई पक्राउ गर्न थालिएपछि विराटनगरका ५ जना उद्योगी व्यापारी अहिले सम्पर्कविहीन भएका छन् । सम्पर्क विहीन भएकाहरुमा सारडा ग्रपका अध्यक्ष शिवरतन सारडा, एसियन फुड्सको कारोबार हेरिरहेका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सारडा रहेका छन् । सारडा गु्रपका अध्यक्ष शिवरतन सारडाको छोरा सन्दिप सारडा समेत फरार रहेको बताइएको छ । असार १५ गतेपछि उनीहरुहरु सम्पर्कविहीन भएको मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले जनाएको छ । ललिता काण्डमा राज्यले व्यवसायीलाई अनावश्यक

    • प्रकाशित मितिः असार २८, २०८०
    • 796 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगर सहित २ जना पक्राउ

    धनकुटा /  धनकुटाको हिले बजारबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको धनकुटा नगरपालिका–१ हिले बजारबाट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले २८ बर्षीय रुबिन राई र छथरजोरपाटी गाउँपालिका–२ का २० बर्षीय मिङमा शेर्पालाई ६ सय ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेकाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।    

    • प्रकाशित मितिः असार २८, २०८०
    • 939 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा डेंगुका विरामी बढ्दै सर्च एण्ड डिस्ट्रोयलाई निरन्तता दिँदै

    धरान / धरानमा डेंगु सक्रमण बढ्दै गएपछि वडावडाबाट डेंगुका लार्भा नष्ट गर्ने अभियान ‘सच एण्ड डिस्ट्रोय’ लाई अगाडि बढाइएको छ । डेंगु रोग कसरी लाग्छ र सावधानीका उपायसहित यसरी वडाहरुले यो अभियान चलाएका हुन् । यसै क्रममा धरान १६ ले पनि आफ्ना वडाबासीको घर घरमा पुगेर लार्भा नष्ट गर्ने र सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाएको हो । धरानमा अहिले डेंगुरोगीको संख्या बढ्दै गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नीजि स्वास्थ्य संस्थाहरुमा डेंगुका विरामीहरु बढ्न थालेपछि यो अभियान अगाडि बढाइएको धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिए । सच एण्ड डिस्ट्र

    • प्रकाशित मितिः असार २८, २०८०
    • 1,226 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री दाहालकी श्रीमतीको मृत्यु

    सुनसरी / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका श्रीमति सीता दाहालको निधन भएको छ। प्रधानमन्त्री दाहालकी पत्नी दाहालको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनी ६९ वर्षकी थिइन् । दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेटमा उनको मृत्यु भएको थियो । स्वर्गीय दाहालको पार्थिव शरीरलाई अन्तिम श्रदान्जली दिनको लागि अहिले पेरिस डाँडामा राखिएको हो। दिउँसो १ बजेसम्म पार्टी कार्यलयमा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको पनि प्रधानमन्त्रीको सचिवा

    • प्रकाशित मितिः असार २७, २०८०
    • 979 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्यालको आक्रमणबाट धनकुटामा नौ जना घाइते

    धनकुटा / धनकुटामा स्यालको आक्रमणबाट ९ जना घाइते भएका छन् । मंगलबार साँझ धनकुटा नगरपालिका वडा नम्बर ५ र ७ मा स्याल पसेर आक्रमण गर्दा धनकुटा नगरपालिका – ५ बस्ने प्रेम बहादुर याखा सोही स्थानका शर्मिला लिम्बु र प्रस्ना सोनाम रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । यसैगरी अन्य घाइतेहरुमा धनकुटा नगरपालिका – ७ बस्ने सावित्री राई, धिरज राई, नरबहादुर मगर, सपुत कुमारी राई, शुक्र बहादुर राई र उत्छव लिम्बु रहेका छन् । घाइते हुनेहरुको अधिकांशको हात र खुट्टामा चोट लागेको छ भने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । आमक्रण गर्ने स्याललाई भने मारिसकिएको बताइएको छ ।

    • प्रकाशित मितिः असार २७, २०८०
    • 1,156 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रकम अपचलनको आरोपमा सहकारीका तीन जना जेल चलान

    विराटनगर / सहकारीमा बचत गरेको रकम अपलचत गरेको भन्दै सहकारीका अध्यक्ष, व्यवस्थापक र लेखा सहायकलाई जेल चलान गरिएको छ । २०७९ सालको चैत्र महिनाबाट व्यवस्थापक पदमा कार्यरत वर्ष ४४ मन तामाङ र लेखा सहायक पदमा कार्यरत वर्ष ४६ को विश्वनाथ चौधरी तथा अध्यक्ष पदमा कार्यरत वर्ष ४५ को लाल बहादुर भण्डारीले ९८ जना बचतकर्ताहरूको जम्मा ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना तथा ठगी गरेको कसूरमा प्रहरीले पक्राउ गरेको हो । मोरङको पथरी शनिश्चरे नगरपालिका ६ मा रहेको सुनदह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लालबहादुर भण्डारी, व्यवस्थापक राजेन्द्र तामाङ र लेखा सहायक विश्वनाथ चौधरी कारागार चलान भएका हुन् ।

    • प्रकाशित मितिः असार २७, २०८०
    • 1,124 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँघुरो सडकमा ह्याब्बी ट्रक छिर्दा समस्या

    धरान / धरान १ सिद्धिचरण मार्गका स्थानीयहरु मलवाहक ट्रकका कारण हैरानी व्यहोर्नु परेको छ । मालवाहक ट्रक जुनसुकै समयमा छिरेर अनलोड गर्ने गर्दा सडक जाम हुनेदेखि लिएर विजुलीको तार, टेलिफोनको तार, नेटको तार चुडाइदिने लगायतका समस्या भोग्दै आएपछि स्थानीयले वडा कार्यालयमा लिखित उजुरी दिएका छन् खाद्यान्न व्यवसायीका ठूला सवारी साधनले स्कुल, कलेज, आवासक्षेत्र रहेको उक्त मार्गमा २१ टन सम्मका सवारी साधनबाट खाद्यान्न अनलोड गर्न जुनसुकै समयमा घण्टौसम्म सडक जाम गर्नेमात्र हैन विजुली, टेलिफेन र केवलका तारह चुडाइदिँदा हैरानी व्यहोर्ने गरेका छन् । यो सडक १८ फुटको रहेको छ । एउटा ह्याब्बी ट्रक छिर्ने वित्तिकै सडक

    • प्रकाशित मितिः असार २७, २०८०
    • 1,002 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बौद्धिक अपांगताका अभिभावकहरु भए एकजुट

    विजयपुर / सुनसरीमा रहेको बौद्धिक अपांगता भएका बालबालिकाहरुको अभिभावक भेलाले ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । बौद्धिक अपांगताका अभिभावक संघ नेपालका अध्यक्ष राजु बस्नेतको समन्वयमा गत सोमबार धरानमा आयोजित कार्यक्रमबाट सन्तना श्रेष्ठ शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिती बनेको हो । समितीको उपाध्यक्षमा सम्भु कटुवाल, सचिव अस्मित सुवेदी, कोषाध्यक्ष दिपा भट्टराई रहेका छन् । त्यसै गरि सदस्यहरुमा बिनादेबि चाम्लिङ, निमा शेर्पा, सावित्री श्रेष्ठ, कविता तामाङ, सन्तोष कुमार सुवेदी चयनभएका छन। सह –सचिव र एक सदस्य पछि मनोनयन गरिने भएको छ। बौद्धिक रुपमा कमजोर र फरक क्षमता भएको बालबालिकाहरुलाई स

    • प्रकाशित मितिः असार २६, २०८०
    • 897 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरको व्यापार प्रवर्द्धनका लागि नाकामा कडाइ गर्ने

    विराटनगर / विराटनगरको व्यापार प्रवर्द्धनका लागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरु सहमत भएका छन् ।विराटनगर महानगरपालिकाले मंगलबार आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने निचोड समेत निकालेका छन् । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको छलफलले साउन १ गतेदेखि भन्सार नतिरी भित्रिने खाद्यान्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य वस्तुको आयातलाई निरुत्साहित गरिने भएको छ । यसअघि एक सय रुपैयाँसम्मको सामान आयात गर्न छुट दिइने गरिएको थियो । तर, एक

    • प्रकाशित मितिः असार २६, २०८०
    • 870 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved