सुनसरी/ धरान उपमहानगरपालिका–१४ स्कुलटोलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरीपोष्ट बिजयपुरबाट खटिएको प्रहरी टोलीले छापा मार्दा दुईजनालाई पक्राउ गरेको छ। मिति २०८२।०९।१६ गते राति ११ः२० बजे, प्रहरीले २१ वर्षीय सन्देश तामाङको घरमा चेकजाँच तथा खानतलासी गर्दा ट्रामाडोल ११० ट्याब्लेट र स्पास्पेन ११२ क्याप्सुल फेला परेको थियो। यस घटनामा संलग्न २४ वर्षीय निशान भुजेललाई समेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। प्रहरीका अनुसार दुवै पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको छ र लागूऔषधसँग सम्बन्धित अन्य व्यक्तिहरुको खोजी कार्य पनि भइरहेको छ। धरानमा यो प्रका
धरान/ कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानले शानदार प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको छ। बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले पिनाकल ज्ञान मन्दिर कानेपोखरी, मोरङलाई ४–० ले पराजित गर्यो। खेलको पहिलो हाफमा प्रभातका भुवन भण्डारीले सातौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफमा पनि प्रभातको दबदबा कायम रह्यो। भुवन भण्डारीले १२ औँ मिनेटमा दोस्रो गोल गर्दा, निम्साङ मगरले २० औँ र २९ औँ मिनेटमा दुई गोल थप्दै टोलीको जित सुनिश्
झापा/ बिगत तीन वर्षयता मेचीनगर नगरपालिकाले सञ्चालन गरेको घरदैलो खोजपड्ताल अभियानमार्फत ६६१ जना क्षयरोगी फेला परेका छन्। तीमध्ये ९४ प्रतिशत संक्रमित उपचारपछि पूर्ण रूपमा रोगमुक्त भएका छन्। मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ भित्र मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्यसहित अभियान तीव्र बनाएको छ। यसैअनुसार स्वास्थ्य शाखाले घर–घरमै पुगेर क्षयरोगीको पहिचान, उपचार र निरन्तर निगरानी गर्दै आएको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन्। उनका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामै ४६ जना नयाँ क्षयरोगी पहिचान भएका छन्। अघिल्ला व
धरान/ धरान उपमहानगरपालिकाको १२५ औँ स्थापना दिवस ‘धरान डे’ यस वर्ष पुस २० गते मनाइने भएको छ। उपमहानगरपालिकाले यो अवसरमा धरानमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार बसेको बैठकले निर्वाचन आचारसंहिता र गृह मन्त्रालयको निर्देशनका कारण ‘धरान डे’ सीमित कार्यक्रमका साथ एकदिन मात्र मनाउने निर्णय गरेको हो। यसअघि यो पर्व पाँच दिनसम्म मनाइँदै आएको थियो। कार्यक्रम अन्तर्गत करदातालाई सम्मान गर्ने विशेष कार्यक्रम पनि आयोजना गरिने उपमहानगरपालिकाले जनाएको छ। पुस २० गते सो दिन १० बजे भेला भएर ११ बजे विभिन्न जातजातिको झाँकीसहितको र्याली निकालिने भएको छ । पब्लिक
धरान/ सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको छ। गएराति करिब १ बजे सशस्त्र प्रहरी बलको बेस क्याम्प(बीओपी) लौकहीले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए। प्रहरीका अनुसार भारतबाट चिनी लोड गरी सिटी सफारीमार्फत नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा साहमाथि गोली प्रहार गरिएको हो। मृतक साहले आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी भारतबाट नेपाल ल्याइरहेका थिए। तस्करी नियन्त्रण गर्ने क्रममा गोली चलाउनु परेको सशस्त्र प्रहरीको दाबी छ।
धरान/ कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले भेडेटारलाई पूर्वी नेपालको प्रमुख पर्यटन हबका रूपमा विकास गर्ने सरकारको तयारी रहेको बताएका छन्। भेडेटारजस्ता पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचार–प्रसार गर्न सके पर्यटन प्रवर्द्धनसँगै राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ। कोशी प्रदेशकै चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा १३औँ संस्करणको भेडेटार फुड एण्ड फेस्टिवल सुरु भएसँगै भारतीय पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढेको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर होटल एशोसिएसन भेडेटारले आयोजना गरेको महोत्सवले विशेषगरी भारतको बिहार र पश्चिम बंगाल क्षेत्र
सुनसरी/ इटहरी युथ ओपन क्र्युको आयोजनामा मोरङ को केराबारि को पर्यटकीय स्थल जेफालेमा दुई दिने (पौष १४ र १५ गते) ‘एक राते क्याम्प’ तथा रोभर रेन्जरहरूको पदोन्नति कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आवश्यक पाठ्यक्रम पूरा गरेका रोभर रेन्जरहरूलाई यस विशेष कार्यक्रमका बीच पदोन्नति गरिएको हो। जसअन्तर्गत योग्य सहभागीहरूलाई ‘पूर्ण रोभर रेन्जर’ र ‘स्क्वायर ब्याएज’ प्रदान गरियो। रोभरहरूलाई रोभर लिडर डिल्ली कुमार शर्मा र रेन्जरहरूलाई रेन्जर लिडर बन्दना दाहाल बस्नेतले दीक्षान्त तथा पदोन्नति गराउनुभएको थियो। पदोन्नति कार्यक्रमका साथै क्र्युले सामाजिक उत्तरदायित्व अन्तर
झापा/ झापाको भद्रपुर नगरपालिका–१ मा विद्यालय जाने क्रममा एक नाबालिगमाथि यौन दुर्व्यवहार भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८२ साल पुस १३ गते बिहान करिब १० बजे विद्यालयतर्फ जाँदै गरेकी १४ वर्षीया नाबालिगलाई बाटोमै रोकी जिस्क्याउने तथा अश्लील हर्कत गरी हैरानी दिएको उजुरी प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा भद्रपुर नगरपालिका–१ निवासी करिब ४० वर्षीय मंगल टुडुलाई मिति २०८२ साल पुस १४ गते इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो। प्रह
धरान/ जेनजी युवाशक्ति, सहिद परिवार, घाइते तथा सचेत नागरिकहरूको पहलमा स्थापना भएको राष्ट्रिय परिवर्तन पार्टीले सुनसरी जिल्लाको घोषणा सभा यही पौष १९ गते धरानको भानुचौकमा आयोजना गर्ने भएको छ। जिल्लाभरिका पार्टी नेता–कार्यकर्ता र शुभेच्छुकको बृहत् उपस्थितिमा हुने सभामा पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार तथा नीति–कार्यक्रमबारे स्पष्ट धारणा सार्वजनिक गरिने पार्टीले जनाएको छ। पार्टीका सुनसरी जिल्ला अध्यक्ष युमेन हाङ राईका अनुसार अन्य जिल्लामा घोषणा सभा सम्पन्न भइसकेको र सुनसरीको कार्यक्रम विशेष महत्वका साथ आयोजना गर्न लागिएको हो।घोषणा सभा पार्टीका केन्द्रीय अध्यक्ष र
धरान/ किरात कुलुङ जातिको सांस्कृतिक तथा धार्मिक पहिचान बोकेको महान चाड मीनारी दाचाम चासुमलो निङदोङ् (चाक्चाकूर–२०८२)तथा यले दोङ्–५०८६ को अवसरमा धरान–५ देविगाउँस्थित कुलुङ संघको भवनमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना किरात कुलुङ भाषा उत्थान संघ, सुनसरी ले गरेको थियो भने संघका अध्यक्ष आईत राम राजिती ले उपस्थित सबैलाई स्वागत गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघा ले चाक्चाकूर केवल कुलुङ समुदायको मात्र नभई समग्र राष्ट्रकै गौरवमय सांस्कृतिक पर्व भएको उल्लेख गर्दै संस्कृतिक पहिचान नै समुदायको मेरुदण्ड भएक