पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को स्वास्थ्यमा सुधार

  • जेठ १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/  नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य सुधारोन्मुख देखिएको छ । चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका थिए । चिकित्सकहरूले अहिले भेटघाट नगर्न सल्लाह दिएका दिएका थिए ।

आइतबार प्रचण्डलाई भेट्न पुगेका नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । सोमबारसम्म उनी डिस्चार्ज हुने दीपशिखाले बताए ।

‘स्वास्थ्य अवस्था सुधारोन्मुख छ । हल्का निमोनिया देखिएपछि अहिले उपचार चलिरहेको छ। भोलिसम्म हस्पिटलमै बसेर डिस्चार्ज हुनुहुन्छ । बाहिर आएको जस्तो गम्भीर अवस्था छैन’, उनले भने ।

अस्वस्थका कारण प्रचण्ड जेठ १५ गते टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोह र सङ्घीय संसद्को बजेट अधिवेशनमा पनि सहभागी भएका थिएनन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved