दमकमा अज्ञात महिलाको शव फेला

  • जेठ १६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडी क्षेत्रमा रहेको रतुवाखोलाको पुलमुनि बगिरहेको पानीमा एक अज्ञात महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शव २/३ दिनअघिदेखि पानीमा रहेको अनुमान गरिएको छ।

शनिबार बिहान करिब ११ बजे फेला परेको शव रातो भेष्ट लगाएकी महिलाको रहेको प्रहरीले जनाएको छ।

शव सेतो प्लास्टिकको बोराभित्र बेरेको अवस्थामा पानीमा तैरिरहेको भेटिएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको अनुसन्धान टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन।

शवको पेटको भाग करिब ३०–३२ इन्च जति रहेको र बायाँ हातमा ट्याटु रहेको विवरण सार्वजनिक गरिएको छ। सोही ट्याटुको तस्वीरसमेत प्रहरीले सार्वजनिक गरेको छ।

मृतकको पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय झापाले आफन्त, अभिभावक, साथीभाइ वा चिनेजानेका व्यक्तिलाई नजिकको प्रहरी कार्यालय अथवा प्रहरीको सम्पर्क नम्बरमा जानकारी गराई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved