विराटनगर / विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले आफ्नो सातौ बार्षिको अवसर पारेर आइतबार रक्तदानसँगै निःशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी शिविरको आयोजना गरेको छ ।अस्पतालको प्रांगरणमा भएको रक्तदान कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको स्पार्क हस्पिटलका बजार व्यवस्थापक सञ्जिव कोइरालाले बताए । उनका अनुसार रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस्, संकलन भएको रगतले विरामीलाई राहत पुगोस् भन्ने उद्देश्यले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै बार्षिकोत्सवको अवसर पारेर हस्पिटलले हाजोर्नी तथा नशासम्बन्धी निःशुल्क परीक्षण गरेको छ । विशेषज्ञ चिकित्सकद
धरान \ नेपाल पुलिस स्कुल सागा काभ्रेको आयोजनामा भएको आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानले हात पारेको छ । फाइनल खेलमा लिटल एन्जल स्कुल हात्तिवन ललितपुरलाई पराजित गरी नेपाल पुलिस स्कुलले उपाधि हात पार्न सफल वनेको हो । नेपाल पुलिस स्कुल सागाको आफ्नै खेल मैदानमा भएको सो प्रतियोगितामा देशभरीका १६ स्कुल सहभागी रहेका थिए । सो प्रतियोगितामा नेपाल पुलिस स्कुल भने पहिलो पटक सहभागी वनेको हो । उक्त प्रतियोथिगतामा १६ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी हुने गरेका छन् । प्रतियोगिगतामा म्यान अफ दि म्याच पुलिस स्कुल धरानका टिम क्याप्टेन साहेव मन्सुरी घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता धरान पुलिस
धरान / धरान उपमहानगरपालिका वडा नं. ३ ले आफ्ना वडामा रहेका गरिब, असहाय तथा सुत्केरी महिलालाई लक्षित गरी सहयोग प्रदान गरेको छ ।वडाले गरिब तथा असहायलाई जाडोको समयमा ओढ्नका लागि कमल वितरण गरेको छ भने सुत्केरी महिलाहरुलाई ५ हजार बराबरको खाद्यन्न वितरण गरेको हो । वडाले निर्णय नै गरेर वडामा रहेका ३० जना गरिब तथा असायहरुलाई कम्बल वितरण गरेको हो । जाडोको समयमा उनीहरुलाई सहज होस तथा सुत्केरी महिलालाई लक्षित गरी उनीहरुको सहजताको लागि सहयोग गरिएको धरान वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्ले बताए । समाग्री वितरणका लागि वडाले संयोजक नै तोकेको छ । वडाकी दलित सदस्य शोभा विश्वकर्मालाई वितरणको संयोजक तोकि
धरान / झिगु नेवाः पुचः गाइघाट र नेवाः देव दवू त्रियुवा नगर समितिको संयुक्त आयोजनामा भएको दोस्रो उदयपुर खाना परिकार मेला तथा १ नं प्रदेश स्तरीय प्रतियोगितात्मक लाखेनाच महोत्सबको उपाधि नेवाः देव दवू पाचखपन संखुवासभाले हात पारेको छ । प्रतियोगितामा विजेता वनेको सिभुवा लाखे नाच समूहले नगद १ लाख १ रुपैया नगद तथा ट्रफि हात पार्दै उपाधि चुमेको हो । प्रतियोगितामा सुनसरीको धरानको पासाः खल समूहले दोस्रो स्थान हात पार्न सफल भएको थियो । पासा खल समूहले ७५ हजार १ रुपैया नगद हात पारेको थियो । त्यसैगरी प्रतियोगिता इन्द्रपुर नेवाः पुच मोरङ्गले तेस्रो स्थान हासिल गरेको थियो । त्यस्तै प्रतियोगिता नेवाः दे
धरान / धरानस्थित बीपी कोइरालाको कर्मचारी कल्याण समाजको आगामी हुने निर्वाचनमा अध्यक्षमा प्रतिष्ठानका कर्मचारी महेश्वर राईले उमेद्वारी दिने भएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर समाजको अध्यक्षमा उमेद्वारी दिने बताएका हुन् । प्रतिष्ठानको प्रशासन शाखाका कार्यरत राईले आफू अध्यक्षमा निर्वाचित भए कर्मचारीहरुलाई एकताबद्ध बनाएर अघि बढ्ने बताए । उनले विगतमा प्रतिष्ठानका निकायहरुले पूर्णता नपाउँदा प्रतिष्ठानका काम बारबाहीमा समस्या भएको बताउदै अहिले त्यस्तो अवस्था नभएको बताए । उनले भने–‘अहिले सिनेटका सबै पदाधिकारीले पूर्ण पाएको छ, कासका मेम्बर पनि कम्प्लिट भइसकेका छन्, पदाधिकारी पन
धरान / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार प्रधानमन्त्री नियुक्त भएका छन् । १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई बहुमतको प्रधानमन्त्री नियुक्त गरेकी छिन् । यो सँगै तीन पटक प्रधानमन्त्री बनेका छन् । प्रचण्ड पहिलो पटक २०६४ सालमा प्रधानमन्त्री बनेका थिए । संविधानसभाको पहिलो निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका थिए । तत्कालीन प्रधानसेनापति रुकमाङ्
धरान /नेलपा पुलिस स्कुल सागा काभ्रेको आयोजनामा भएको आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानले हात पारेको छ । फाइनल खेलमा लिटल एन्जल स्कुल हात्तिवन ललितपुरलाई पराजित गरी नेपाल पुलिस स्कुलले उपाधि हात पार्न सफल वनेको हो । नेपाल पुलिस स्कुल सागाको आफ्नै खेल मैदानमा भएको सो प्रतियोगितामा देशभरीका १६ स्कुल सहभागी रहेका थिए । सो प्रतियोगितामा नेपाल पुलिस स्कुल भने पहिलो पटक सहभागी वनेको हो । उक्त प्रतियोथिगतामा १६ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी हुने गरेका छन् । प्रतियोगिगतामा म्यान अफ दि म्याच पुलिस स्कुल धरानका टिम क्याप्टेन साहेव मन्सुरी घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता धरान पु
विजयपुर / महिला सञ्जालको नाम लिएर विभिन्न घटनामा पैसाको बर्गेनिङ गर्ने गरेको कुरा बाहिर आएपछि महिला सञ्जाल धरानले शुक्रबार पत्रकार सम्मेलन गरी त्यस्ता कुनै घटनामा आफुहरुको संलग्नता नरहेको स्पस्ट पारेको छ । धरान १४ की शान्ता खड्काले मुद्दा मिलाइदिने भन्दै पिडित पक्षसँग पैसाको बार्गेनिङ गरेको घटना सार्वजनिक भएपछि महिला सञ्जाल धरानले खड्का सञ्जालमा आबद्ध नरहेको पनि स्पस्ट पारेको छ । पत्रकार सम्मेलन पश्चात महिला सञ्जालले बार्गोनिङको विषयमा प्रहरीमा निवेदन दिएको छन् । महिला सञ्जाल धरानले शुक्रबार इलाका प्रहरी कार्यालय धरानमा खड्का विरुद्ध निवेदन दिएको हुन् । धरान १७ मा मृत्यु
धरान \ नेपाल पर्यटन वोर्ड र साँगुरीगढी गाउँपालिका धनकुटाको संयुक्त लागत साझेदारिमा साँगुरीगढीका विभिन्न ६ वटा पर्यटकीय स्थानमा फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको जीविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) अन्र्तगत साँगुरीगढी गाउँपालिकासँगको लागत साझेदारिमा उक्त पर्यटकीय स्थानहरुमा फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । फोहोरमैला व्यवस्थापन प्रणाली घर निर्माण भएसँगै ती क्षेत्रमा हुने फोहोरहरुलाई व्यवस
मोरङ / ग्रिनक्रस हस्पिटलले सर्वसाधारणलाई लक्षित गरी एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको हस्पितालले शुक्रबार ग्रामथान ५ मा रहेको हंस मेमोरियल एकाडेमी प्रा.लि तेतरीयामा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।बरिष्ठ बालरोग विशेषज्ञ डा. रामनारायण चौधरी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. अमितकुमार सेठ, बरिष्ठ फिजिसिएन डा. चन्दन विश्वास, बरिष्ठ सर्जन डा.दिवाकर विश्वासले शिविरमा आएका विरामीहरुको चेकजाँच गरेका थिए । शिविरबाट ३ सय जना सर्वसाधारणले सेवा लिएका थिए । उनीहरुलाई चेकजाँचसँगै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।