समाचार

    Showing ३७१-३८० of १०,४१५ items.
  • बराहक्षेत्र बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाको तयारीमा

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसिर २७ गते भित्र नगरलाई बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाको तयारीमा लागि परेको छ । बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र विकासलाई प्राथमिकता दिँदै बालमैत्री नीति, कार्यक्रम र सेवाहरू प्रभावकारी रूपमा लागू गर्ने लक्ष्य सहित नगरलाई बालमैत्री स्थानीत शासन युक्त नगर घोषणाकालागि नगरपालिका लागि परेको हो । यसै संन्दर्भमा आइतबार बालमैत्री स्थानीय शासनयुक्त नगरका सूचकहरू बालबालिकाको हित सुनिश्चित गर्न पूरा गर्नुपर्ने मापदण्डहरू मध्य बालमैत्री स्थानीय शासनको सुचकको मापनयोग्य स्थानीयकरण तथा बालमैत्री आचार संहिता तयारीको बिषयमा कार्यशाला कार्यक

    • प्रकाशित मितिः असार ७, २०८३
    • ५४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ब्याडमिन्टन प्रतियोगिताबाट १ लाख ५९ हजार बचत

    धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ‘धरान खुल्ला तथा राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगिता–२०८३’ को प्रतिवेदन तथा आय–व्यय विवरण आइतबार सार्वजनिक गरेको छ। धरानस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा प्रतियोगिताको आर्थिक तथा प्राविधिक प्रतिवेदन सार्वजनिक गरिएको हो। क्लबका अनुसार प्रतियोगिताबाट स्थानीय तथा खुल्ला विधाको दर्ता शुल्क, विभिन्न संघ–संस्था, स्थानीय तह, वडा कार्यालय, प्रायोजक, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिहरूबाट प्राप्त सहयोगसहित कुल १७ लाख ४० हजार ९ सय रुपैयाँ आम्दानी भएको थियो। आर्थिक संयोजक खगेन्द्रकुम

    • प्रकाशित मितिः असार ७, २०८३
    • ६४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नयाँ शिक्षा प्रणालीको नेतृत्व गर्दै नवोदय, कक्षा ९ का विद्यार्थीलाई ऐतिहासिक स्वागत

    धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक संरचनालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै धरान १६मा अवस्थित नवोदय विद्यामन्दिर बोर्डिङ स्कुलले कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीहरूलाइ भव्य स्वागत, सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष ज्ञानेश्वर झाले कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीहरूका लागि यो दिनलाई “ऐतिहासिक मोड” को रूपमा व्याख्या गरे। उनले आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को नयाँ संरचनालाई आत्मसात गर्दै नवोदय विद्यामन्दिर धरानमै मात्र होइन, सम्भवतः नेपालकै अग्रणी शैक्षिक संस्थ

    • प्रकाशित मितिः असार ७, २०८३
    • १,७४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्घोषणकला तालिम सम्पन्न, महिलाको उल्लेख्य सहभागिता

    धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँच दिने “उद्घोषणकला तथा सञ्चार सीप विकास तालिम” शनिबार रामपुर बजारस्थित सिटी हलमा सम्पन्न भएको छ। करिब ४० जना सहभागी रहेको तालिममा अधिकांश महिला सहभागी थिए। तालिमले सहभागीहरूको बोल्ने कला, सञ्चार क्षमता, नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। समापन कार्यक्रममा अशोक कार्की ले तालिममा सहभागी सबैलाई बधाई दिँदै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो। उहाँले यस्ता सीपमूलक तालिमले व्यक्तित्व विकाससँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्

    • प्रकाशित मितिः असार ६, २०८३
    • ५४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयनमा कक्षा १२ को शतप्रतिशत नतिजा

    धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजामा उत्कृष्ट सफलता हासिल गरेको छ। कलेजले यस वर्ष पनि उत्कृष्ट शैक्षिक नतिजा कायम राख्दै विद्यार्थी, अभिभावक तथा शैक्षिक समुदायको विश्वासलाई थप मजबुत बनाएको जनाएको छ। कलेजका अनुसार यस वर्ष कक्षा १२ को परीक्षामा १३ जना विद्यार्थीले A+ग्रेड प्राप्त गरेका छन्। जसमध्ये विज्ञान संकायका ९ जना, व्यवस्थापन संकायका ३ जना र होटल म्यानेजमेन्ट संकायका १ जना विद्यार्थी रहेका छन्। त्यसैगरी १५६ जना विद्यार्थीले A ग्रेड प्राप्त गरेका छन् भने २४१ जना विद्यार्थीले B+ र B ग्रेड हासिल गरेका छन्। संकायगत नतिज

    • प्रकाशित मितिः असार ६, २०८३
    • १,८९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमतीलाई रडले घोचेपछि तीनतलाबाट हाम्फालेका वृद्धको मृत्यु

    बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकमा घरायसी विवादपछि श्रीमतीलाई फलामको रडले घाइते बनाएका एक वृद्धको तीनतलाबाट हाम्फाल्दा मृत्यु भएको छ। शुक्रबार बिहान करिब ५:३० बजे ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरी घाइते बनाएका थिए। घाइते गंगामुनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। उनको पेटमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। श्रीमतीलाई घाइते बनाएलगत्तै घिरेन राजवंशी घरको तेस्रो तलामा पुगेका थिए। त्यहाँबाट हाम्फाल्दा उनको टाउको,

    • प्रकाशित मितिः असार ५, २०८३
    • ५४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु

    झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडक खण्डमा खेत जोतेर सडकमा निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे।४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे।१त ७४०४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र ५ वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि कनकाई अस्पताल, सुरुङ्गा लगि

    • प्रकाशित मितिः असार ५, २०८३
    • २९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कक्षा १२ को नतिजा सार्वजनिक : ६४.३१ प्रतिशत उत्तीर्ण

    काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये २ लाख ६८ हजार १९० जना विद्यार्थीले सफलता हात पारेका छन्। नियमिततर्फको नतिजा विश्लेषण गर्दा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये ६९.७५ प्रतिशत अर्थात् २ लाख ३१ हजार ७७० विद्यार्थी सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। सोही समूह

    • प्रकाशित मितिः असार ५, २०८३
    • ७०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'सत्ता सुन्दैन' प्रतिपक्ष बोलिरहन्छ'— संसदमा हर्क साम्पाङ

    काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए। प्रतिपक्ष बोलिरहने, सत्ता पक्ष नसुनी अगाडि बढिरहने गर्न नहुने भन्दै सरकार र संसद दुवै जिम्मेवार बन्नुपर्ने बताए । उनले नेताहरूको व्यवहार र नैतिकतामाथि टिप्पणी गर्दै पद र पहिरनले मात्र मानिस जिम्मेवार नबन्ने भन्दै ‘हामी जिम्मेवार बन्नुपर्छ, नैतिकता र जवाफदेहिता आवश्

    • प्रकाशित मितिः असार ५, २०८३
    • ८६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपी प्रतिष्ठानलाई ‘राष्ट्रिय महत्वको संस्था’ घोषणा गर्न विद्यार्थीहरूको माग

    धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई ‘राष्ट्रिय महत्वको संस्था’ को मान्यता दिई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्न विद्यार्थीहरूले सरकारसँग माग गरेका छन्। प्रतिष्ठानको विद्यार्थी कल्याण समाज (Students' Welfare Society–SWS) ले प्रतिष्ठानको वर्तमान अवस्था, संस्थागत चुनौती तथा दीर्घकालीन विकासका विषयमा विभिन्न मन्त्री, सांसद तथा नीति–निर्मातासँग छलफल गर्दै उक्त माग अघि सारेको हो। समाजका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

    • प्रकाशित मितिः असार ५, २०८३
    • ३८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved