नयाँ शिक्षा प्रणालीको नेतृत्व गर्दै नवोदय, कक्षा ९ का विद्यार्थीलाई ऐतिहासिक स्वागत

  • असार ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक संरचनालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै धरान १६मा अवस्थित नवोदय विद्यामन्दिर बोर्डिङ स्कुलले कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीहरूलाइ भव्य स्वागत, सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष ज्ञानेश्वर झाले कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीहरूका लागि यो दिनलाई “ऐतिहासिक मोड” को रूपमा व्याख्या गरे।

उनले आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को नयाँ संरचनालाई आत्मसात गर्दै नवोदय विद्यामन्दिर धरानमै मात्र होइन, सम्भवतः नेपालकै अग्रणी शैक्षिक संस्था बनेको दाबी गरे।

कार्यक्रममा कक्षा ८ उत्तीर्ण गरी माध्यमिक तहमा प्रवेश गरेका विद्यार्थीहरूलाई औपचारिक स्वागत गर्दै प्रमाणपत्र तथा ‘स्कुल लिभिङ सर्टिफिकेट’ प्रदान गरिएको थियो।

अध्यक्ष झाले शिक्षाको आधार केवल ज्ञान र सीप मात्र नभई संस्कार पनि भएको उल्लेख गर्दै संस्कारयुक्त शिक्षाले मात्र सक्षम नागरिक निर्माण गर्ने बताए।

विद्यालयका इन्चार्ज नीरकुमार राईले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै परिश्रम, अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धताले सफलता सुनिश्चित गर्ने बताए।  उनले विद्यार्थीहरूलाई दैनिक अध्ययनमा केन्द्रित हुन, मोबाइलको प्रयोग सीमित गर्न र ठूला सपना देख्न प्रेरित गरे।

राईले शिक्षा क्षेत्रमा आएका नयाँ व्यवस्थाबारे जानकारी दिँदै अब SEE परीक्षा राष्ट्रिय नभई प्रादेशिक तहबाट सञ्चालन हुने स्पष्ट पारे।

उनले नवोदय विद्यामन्दिरले विद्यार्थीहरूलाई ५० प्रतिशतसम्म शुल्क छुट, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, गुणस्तरीय शिक्षण वातावरण तथा अन्य विद्यालयको तुलनामा कम लागतमा उत्कृष्ट सुविधा उपलब्ध गराउँदै आएको बताए।

gane

कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समापनका क्रममा विद्यालय प्रशासनले शिक्षक, अभिभावक र विद्यालयबीचको सहकार्य नै विद्यार्थी सफलताको मुख्य आधार भएको उल्लेख गर्दै नयाँ शैक्षिक यात्रामा प्रवेश गरेका सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको थियो।

नवोदय विद्यामन्दिरले नेपालको नयाँ शैक्षिक ढाँचालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गुणस्तरीय, संस्कारयुक्त र प्रविधिमैत्री शिक्षाको माध्यमबाट सक्षम जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

dan

u

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved