समाचार

    Showing 3,241-3,250 of 8,484 items.
  • सेनिटरी प्याड बनाउने तालिम

    इटहरी / शेयर सदस्यरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ३६ जना शेयर सदस्यलाई सेटिटरी प्याड बनाउने तालिम दिएको छ । संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको कार्यक्रमकोसंस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताए । उनले भने–‘शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन हामीले सेनिटरी प्याड बनाउने तालिम दिएका हौं, यो उनीहरुका लागि भविष्यमा व्यवहारिक तालिम हुनसक्छ ।’ लियो क्लवकी अन्जली घिमिरे लगायत ४ जना प्रशिक्षणमा सहभागीहरुलाई सहजीकरण गरेका थिए । प्रशिक्षक अन्जली घिमिरेले सेनिटरी प्याड बनाउने तालि

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 761 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘लम्कि स्किन’ले भकाभक मर्दै लैना गाई

    इलाम / इलामको रोङ गाउँपालिका ५ का मिलन न्यौपानेको गाई गोठमै मर्‍यो । एकलाख रुपैया मूल्य बरारबोे गाई एक्कासी विरामी भएर मरेपछि उनी छाँगाबाट खसेजस्तो भए । गाइ बचाउन उनले धेरै प्रयास गरे । उपचार गराउन लाने ठाउँ सबै पुर्‍याए तर उनको केही लागेन । अन्तत: मरेरै छाड्यो उनको मात्र हैन सोही ठाउँका मनलाल कट्टेलको गाई अहिले बिरामी छ । यस्तैे राजेन्द्र आचार्यको ब्याउन लागेको गाई १५ दिन भन्दा अगाडिदेखि विरामी छ । गाईको खुट्टा पाक्ने अनि पिप निस्किने रोगी गाइहरुमा हुने गरेको छ । इलाम नगरपालिका १० गोदकका वीरेन्द्र मिश्रका ३ वटा गाई यही प्रकारका विरामी छन । यस्तै राजकुमार रम्तेलका लैना गाई पनि अ

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 815 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • समयमै बनेन हुलाकी सडक 

    रगेली /  रंगेली –बिराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँ पालिका ४ स्थित मंङ्गलबारे देखि बिराटनगरसम्मको सडक धुल्यामै हुदा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य रहेका छन । सडक निर्माण कार्यमा ठेक्केदार कम्पनीको लापरबाही गरेका कारण सडक धुल्यामै सँगै ठाउँ ठाउँमा परेका खाल्डाखुल्डी दैनिकी सो सडकमा आवतजावत गर्ने सर्वसाधारणहरु जोखिम मोलेर आवतजावत गर्ने बाध्य रहेका छन । रंगेलीदेखि बिराटनगरसम्म पुग्न आधा घण्टामात्र लाग्छ । अहिले भने सडक मर्मत हुँदै गरेका कारण डेढ घन्टासम्म लाग्ने गरेको स्थानीय बाल कृष्ण उप्रेतीले बताए । उनले भने–‘सडक पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदा अधकल्चो छ

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • 398 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • दुहबीमा कोशी प्रदेश अन्डर १६ क्रिकेट छनौट प्रतियोगिता

    दुहवी / बैशाख १० गते धनगढीमा हुने रास्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा टिम छनौट गर्ने उदेश्यले कोशी प्रदेशका सुनसरी मोरङ झापा उदयपुर र इलाममा खेलाडी छनौट कार्यलाई तिब्रता पारेको छ । कोशी प्रदेशको टिमलाई सशक्त बनाउन छनौट प्रतियोगिता गरेको नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य तथा छनौट समितिका संयोजक सुमेस साहले पत्रकार सम्मेलन मार्फत मार्फत जानकारी दिएका छन् । दुहबी ८ स्थित बिष्णु मावीको खेल मैदानमा सोमबारदेखि सुरु भएको अन्डर १६ क्रिकेट छनौट प्रतियोगितामा दैनिक २ खेल हुने बताइएको । छनौट प्रतियोगिता बैशाख ८ गते सम्म सञ्चालन हुने नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य अजय राजवंशीले जनाएका

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • 594 पटक पढिएको
    • " चन्दन रौनियार"
  • चिया विकास निगमको अटेर : तिरेन कर

    इलाम /  इलामको कन्याममा पार्क निर्माण नगर्न नेपाल चिया विकास निगम लिमिटेडले पत्राचार गरेको छ । सूर्योदय नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पार्क निर्माण गर्ने क्रममा चिया निगमले पत्राचार गरेरै अवरोध गरेको हो । निगमका कार्यकारी अध्यक्ष सुभाष चन्द्र संघाइले सघन सहरी तथा भवन निर्माण आयोजना झापालाई पत्राचार गरी निगम बाहेक अन्यले भौतिक संरचना निर्माण गर्नु सम्झौता विपरीत भएको बताएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख रुपक आचार्यले चिया विकास निगमले पत्र काटी समन्वय नगरी काम नगर्नु भनेपछि सुर्योदय नगरपालिकाका प्रमुखसँग कुरा भइसकेको बताए । संघाइको ह

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • 583 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नियमित विद्युत उपलब्ध गराउन उद्योग संगठनको माग

    मोरङ /  विजुली नियमित आपूर्ति नहुँदा उद्योगी व्यवसायी मारमा परेको भन्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छन् । सोमबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै उद्योग संगठन मोरङले नियमित विजुली नआउँदा उद्योगी व्यवसायीहरु मारमा परेको बताएका हुन् । उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले पौष महिनादेखि विद्युतमा भोग्दै आएको अनियमितताका कारण व्यवसायीहरु मारमा परेको बताए । उनले भने–‘पुष महिनादेखि विद्युतमा अनियमित आपूर्ति, बारम्बारबो ट्रिपिङ, लो भोल्टेज, पूर्व जनाविना विद्युत कटौती जस्ता समस्या व् उद्योगी व्यवसायीहरुले भोग्नु परेको छ, यो समस्या हल नभए उद्योगी व्यवसायीहरुल

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • 546 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मधेसी सेवा समाजको कार्यालय उद्घाटन

    धरान / नयाँ बर्षसँगैै मधेशी समुदायले मनाउने जुडसितल पर्वको अबसरमा मधेसी सेवा समाज सुनसरी जिल्ला कार्य समितिको कार्यालय समुदघाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच धरान १ सुनसरी उद्योग बाणिज्य संघ अगाडी धुलिखेल समाज जाने गल्लिमो कार्यालयको उद्घाटन भएको हो । समुदघाटन कार्य महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रा.डा. तथा मधेशी सेवा समाजका सल्लाहकार एवम् विद्यान मस्यौदाकर्ता अशोक झाले गरेका थिए । उद्घाटनका अवसरमा मधेशी समुदायको उत्थानका लागि गरिएको संगठन राजनीतिबाट टाढा रहने बताएका थिए । समाजको परिकल्पना ५ बर्ष अगाडी नै गरेको भए पनि समाज गठन हुन सकेको थिएन । उनले र धरानमा मधेशी समुदायको बस

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • 702 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुत्केरी महिलालाई पौष्टिक आहार वितरण

    धरान /  धरान उपमहानगरपालिका वडा नं. १६ ले वडामा रहेका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार प्रदान गरेको छ । वडामै रहेको आधारभूति स्वास्थ्य चौकीबाट महिलाहरुलाई अण्डा, गेडागुडी लगायतका पौष्टिक खाना वितरण गरेको हो । वडामा रहेका अति विपन्न परिवारका २८ जना सुत्केरी महिलालाई एक हप्ता पुग्ने पौष्टिक सामाग्री वितरण गरिएको धरान उपमहानगरपालिका वडा नं. १६ की वडादसस्य शुशिलाकुमारी श्रेष्ठले बताइन् । उनले वडामा सुकुम्बासी बस्ती ठूलो रहेको बताउदै सबै सुत्केरी महिलालाई पौष्टिक आधार दिन नसकेपनि अति विपन्न परिवारका सुत्केरी महिला छनौट गरेर वितरण गरिएको बताइन् ।पौष्टिक आधार प्राप्त गर्ने विपन्न परिवार

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • 492 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुख्खा मौसममा डढेलो र आगलागी घटनामा वृद्धि

    धनकुटा / सुख्खा मौसम लागेसँगै आगलागी र डढेलोको घट्नामा वृद्धि हुने गरेका छन् । यो मौसममा बढी आगलागी र डढेलोको घट्ना बृद्धि हुँदा पनि सम्बन्धित पक्षबाट न्यूनिकरणमा खासै ध्यान दिएको पाइदैन २०७९ सालको फागुन र चैत्र महिनामामात्र धनकुटाको महालक्ष्मी नगरपालिकामा १० वटा घरमा आगलागी भयो । आगलागीको कारण थियो वनजंगलमा लागेको डँढेलोलाई नियन्त्रण गर्न नसक्नु । वन जंगलमा लागेको डढेलो बस्तीसम्म पुग्दा महालक्ष्मी नगरपालिमामा मात्रै यतिका संख्यामा आगलागी हुन पुगेको हो । महालक्ष्मी नगरपालिकामा प्रमुख धु्रवराज रायले यो बर्षमा मात्रै डढेलोको कारणले १० वटा घर नष्ट भइसकेको बताए । महालक्ष्मी नगरपालिकाको २ नं

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • 527 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रा.डा. चौधरीलाई सुप्रबल जनसेवाश्री पदक

    धरान/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी विभागमा कार्यरत प्रा.डा.पशुपशुति चौधरीलाई सुप्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ ।प्रा.डा चौधरीलाई बैशाख १ गते एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले विभूषित गरेका हुन् । सुप्रबल जनसेवाश्री पदक नेपाल सरकारले राष्ट्रिय जीवनको कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली र विदेशी नागरिकलाई प्रदान गर्ने पदक हो । सुप्रबल जनसेवाश्री तृतीय श्रेणीको पदक हो । विभुषण नियमावली २०६५ अनुसार यो मानपदवीको आदर्श वाक्य ‘सेवा नै परम धर्म हो’ भन्ने रहेको छ । सोही अनुरुप प्रा.डा. चौधरीलाई स्वास्थ्य सेवा क्षेत्रमा पु¥याएको

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 508 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved