समाचार

    Showing 3,181-3,190 of 10,132 items.
  • धरानका सहित चार जना नेपालीलाई भारतको कोइलाखानीमा घाँटी रेटेर बिभत्स हत्या

    धरान/ धरानको एक र भोजपुरका सहित भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर बिभत्स हत्या भएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ । पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ ।तर को को मारिए भन्ने परिचय खुल्न सकेको छैन ।

    • प्रकाशित मितिः असार २३, २०८१
    • 1,938 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान आदर्शमा पहिलो पटक मार्शल आर्टस, बिद्यार्थीको आकर्षण बढ्यो

    धरान/  कोशी प्रदेशमा नै पहिलो पटक धरान १ स्थित धरान आदर्श कलेजमा मार्शल आर्टसको ब्यवस्था गरिएको छ । कलेजले दक्ष तालिम दिने प्रशिक्षक नै राखेर प्रदेशभरी स्कुलमा पहिलो पटक स्वास्थ्यको लागि भनेर मार्सल आट्रस को व्यवस्था गरिएको धरान आर्दश कलेजका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले बताए । दक्ष प्रशिक्षक काठमाण्डौबाट ल्याएर व्यवस्था गरिएको छ भने स्कुलमा नै मार्टस आर्टस सिक्ने व्यवस्था मिलाइएको प्रिन्सिपल श्रेष्ठको भनाई रहेको छ । उनका अनुसार जो सुकैले स्कुलमा आएर स्वास्थ्य शरीरका लागि मार्शल आर्टस संबन्धि तालिम लिएर फाइदा लिन सक्ने बताइएको छ । यसैबीच धरान आदर्शका विद्यार्थीहरुलाई मार्शल आर्ट्

    • प्रकाशित मितिः असार २३, २०८१
    • 1,148 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा कलेजमा हस्पिटालिटी तालिम सुरु

    धरान/ धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा हस्पिटालिटी म्यानेजमेन्टसम्बन्धी एक महिने तालिम आइतबार सुरु भएको छ । कलेजले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिएको हो । ‘स्वीस कन्ट्याक्ट प्रोग्राम’ अन्तर्गत नेदरल्यान्डबाट आएका सिनियर हस्पिटालिटी एक्स्पर्ट मार्क थोमस केरनले तालिमको सहजीकरण गरिरहेको कलेजका होटल म्यानेजमेन्ट (एचएम) विभागीय प्रमुख पोषण श्रेष्ठले जानकारी दिए । केरनले मेघा कलेजमा होटल म्यानेजमेन्ट विषय अध्ययन गरिरहेका विद्यार्थी र शिक्षकहरूलाई समेत तालिम दिइरहेका छन् । स्वीस कन्ट्याक्ट प्रोग्रामअन्तर्गत कलेजका शिक्षक र विद्यार्थीहरूलाई हरेक वर

    • प्रकाशित मितिः असार २३, २०८१
    • 1,162 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्ण राई एण्ड द दाजुभाइहरुको स्पर्श संगीत सार्वजनिक

    धरान/ पूर्ण राई एण्ड द दाजुभाइहरु ब्यान्डले नयाँ गीत आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेको छ । ब्यान्डले हिजो शनिबार ब्यान्डकै शब्द संगीतमा रहेको स्पर्श संगीत गित सार्वजनिक गरेको हो । पूर्ण राई को शब्द संगीतमा रहेको उक्त गीत उनले आफ्नै ब्याण्डमार्फत सार्वजनिक गरेका हुन्। भिडियोमा आमा र छोरा बीचको माया सद्भावलाई देखाइएको छ साथै धरानमा भएका युवाहरूका गतिविधिलाई भिडियोमा देखाइएको छ । धरानमा भएका युवाहरू कसरी कुलतमा फस्छन्, कसरी लागूदुर्वेसनमा फस्छन् भन्ने कुरालाई समेत झल्काइएको छ । उक्त गीतसंगीतको ड्रममा सुमेक योन्जन गितारमा सुसन कार्की बेस गितारमा दिगोस राई रहेका छन् । पूर्ण राई एण्ड द दाज

    • प्रकाशित मितिः असार २३, २०८१
    • 663 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिला पत्रकार धमलामाथि भएको घट्नाको सर्वत्र विरोध

    धरान/ धरानका मेयर हर्कराज राईको गतिबिधी अराजक बन्न थालको छ ।स्थानीय सरकारको प्रमुख राईको गतिबिधीहरुले उनको कार्यकक्षमा जाने जो कोही पनि आफुलाई असुरक्षित र अप्ठ्यारो महसुस गर्न थालेका छन् । शुक्रबार पत्रकार सन्जीता धमलामाथि मेयर राईले आफैले आफ्नो कार्यकक्षमा बोलाएर महिला पत्रकारमाथि दुब्यहार र नगर प्रहरी लगाएर उनलाई लछारपछार गर्दै बाहिर निकालेका छन् । प्रहरीले गरेको दुब्र्यहारले पत्रकार धमलाको शरीरमा चोट लागेको छ । शनिबार कोशी पत्रसँगको मोबाईल संबादमा शुक्रबारको घट्नाले दाहिने हात ढाडमा चोट लागेको बताइन् । उपचार पछि उनी हाल घरैमा आराम गरिरहेही छिन् । प्रमुख साम्पाङ आफैले पटक पटक सामाजिक

    • प्रकाशित मितिः असार २२, २०८१
    • 1,818 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदिवासी जनजाती चलचित्रकर्मी र समाजसेवी इटहरीमा सम्मान

    धरान/ आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिद्वारा आयोजित कार्यक्रममा दर्जन बढी चलचित्रकर्मीहरु र समाजसेवीहरु सम्मानित भएका छन । चलचित्र बिकास बोर्ड अन्तर्गत आदिवासी जनजाती मातृभाषी चलचित्र प्रर्वद्धन समितिले. सम्मान गरेको हो । को –को भए सम्मान ? सम्मानित हुने हरुमा अभिनेत्री मिरुना मगर, गीतकार तथा समाज सेवी मिना सिंगक,निर्माता तथा निर्देशक लाख बहादुर तामाङ,कलाकार तथा समाजसेवी डा. सञ्जय खतिवडा,कलाकार तथा निर्माता नवीन पराजुली,लिम्बु चलचित्र “हाङनाङ्ग”का निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष बिजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष र

    • प्रकाशित मितिः असार २१, २०८१
    • 589 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षा सन्देशका एसइई परीक्षा उतीर्ण बिद्यार्थी सम्मानित, एसइई स्पीकर आइडल ममतालाई नगद पुरस्कार

     धरान/ यो बर्षको एसइई परीक्षामा उतीर्ण भएको बिद्यार्थीलाई धरान ६ को शिक्षा सन्देश बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ । शुक्रबार शिक्षा सन्देशले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतीर्र्ण ३३ जना विद्यार्थीलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्र बहादुर सुबेदीले बताए । कार्यक्रममा ६ नम्बर वडाका पूर्ब वडाध्यक्ष भुवनसिंह बस्नेतले विद्यार्थीलाई स्वागत र सम्मान सहित बधाई तथा शुभकामना दिए । कार्यक्रममा विद्यालय ब्यवस्थापनमा समितीका पदाधिकारी,शिक्षक शिक्षिका ,वडाका सामाजिक व्यक्तित्व सहितले बधाई तथा शुभकामना दिए । यो बर्ष शिक्षा सन्देशका ८ जना

    • प्रकाशित मितिः असार २१, २०८१
    • 1,079 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्ब मुख्यमन्न्त्री कार्कीले गरेको निर्णय खारेज

    विराटनगर/ तत्कालिन मुख्यमन्त्री केदार कार्कीले गरेको निर्णय हालका मुख्यमनत्री हिक्मत कार्कीले खारेज गरेको छ। प्रदेश निजामती सेवा ऐन २०७९ लाई दोस्रो संशोधन गर्ने निर्णय गरेको हो । विहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेश सेवा निजामती सेवा ऐन संशोधन गर्ने निर्णय गरेको जनाएको छ । प्रदेश निजामती सेवा ऐनका कारण विभेदमा परेको भन्दै प्रदेश मातहतमा रहेका लेखा समूहका कर्मचारीहरू आन्दोलित हुँदै आएका थिए । लेखा समूहका कर्मचारीहरू फरफरक गर्ने समयमा काम छाडेर आन्दोलनमा उत्रिएपछि केही दिन अघि प्रदेश सरकारले निजामती सेवा ऐन संशोधन गर्ने आश्वासन दिएका थियो । प्रदेश सरकारको आश्वासन पछि लेखा समूहका

    • प्रकाशित मितिः असार २१, २०८१
    • 508 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु सङ्क्रमण बढ्यो,सिटामोलको अभाब हुने संकेत

    धरान/  डेंगु सङ्क्रमण फेरी बढ्दो क्रमममा रहेको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रका अनुसार डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ४८२, कोशी प्रदेशमा ३५० जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा २१२, लुम्बिनी प्रदेशमा १७१, सुदूरपश्चिममा १५९, मधेश प्रदेशमा ३८ र कर्णली प्रदेशमा २० जनामा डेंगु पुष्टि भएको डा दाहालले जानकारी दिए । जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १५९, झापामा १२० जनामा डेंगु पुष्टि भएको छ । देशका ७३ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको

    • प्रकाशित मितिः असार २१, २०८१
    • 625 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गिरिराज आचार्यको दोश्रो ’जनमत सङ्ग्रह दर्पण’ बिमोचन

    धरान/ नेपाली काँग्रेस सुनसरीका संस्थापक नेता गिरिराज आचार्यद्वारा लिखित-सङ्कलित पुस्तक ’जनमत सङ्ग्रह दर्पण’को विमोचन भएको छ । बुधवार वीपी कोइरालाका छोरा काँग्रेस केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले एक समारोह बिच विमोचन गरेका छन् ।आचार्यको दोश्रो संस्करण हो । पुस्तकको पहिलो संस्करण २०४२ सालमा प्रकाशित भएको थियो । त्यस बेला काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला निकट नेताले भव्य समारोह बिच काठमाडौँ विमोचन गराउने वचन दिएका थिए । ६८४ पृष्ठ १८ भागमा प्रकाशित पुस्तक हरि गौतमको ओरिएन्टल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तकको मूल्य १ हजार ६४५ रुपैयाँ छ ।नेपालमा राजा वीरेन्द्रद्वारा

    • प्रकाशित मितिः असार २१, २०८१
    • 441 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved