धरान आदर्शमा पहिलो पटक मार्शल आर्टस, बिद्यार्थीको आकर्षण बढ्यो

  • असार २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कोशी प्रदेशमा नै पहिलो पटक धरान १ स्थित धरान आदर्श कलेजमा मार्शल आर्टसको ब्यवस्था गरिएको छ ।

कलेजले दक्ष तालिम दिने प्रशिक्षक नै राखेर प्रदेशभरी स्कुलमा पहिलो पटक स्वास्थ्यको लागि भनेर मार्सल आट्रस को व्यवस्था गरिएको धरान आर्दश कलेजका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले बताए ।

दक्ष प्रशिक्षक काठमाण्डौबाट ल्याएर व्यवस्था गरिएको छ भने स्कुलमा नै मार्टस आर्टस सिक्ने व्यवस्था मिलाइएको प्रिन्सिपल श्रेष्ठको भनाई रहेको छ । उनका अनुसार जो सुकैले स्कुलमा आएर स्वास्थ्य शरीरका लागि मार्शल आर्टस संबन्धि तालिम लिएर फाइदा लिन सक्ने बताइएको छ ।

यसैबीच धरान आदर्शका विद्यार्थीहरुलाई मार्शल आर्ट्स (एमएमए) को प्रदर्शन गरिएको छ । मार्शल आर्ट्स (एमएमए) प्रति विश्वमा आकर्षण बढ्दो रहेकोले धरानमा पनि विद्यार्थीहरुको लागि स्कुलले मार्सल आर्टसको प्रर्दशन प्रिन्सिपल श्रेष्ठले बताए ।

एमएमए आर्टिस्ट रिचार्ड अलेक्जेंडर मान्र्सले विद्यार्थीहरुलाई एमएमएको विभिन्न कलाहरु प्रदर्शन गरेका थिए । एसिल सुब्बा एमएमएमा मार्सल आर्टस्का सबै विधाहरुका प्रविधि प्रयोग हुन्छन् ।

aadars

जसले गर्दा एमएमए लोकप्रिय छ । यसमा प्रतिस्पर्धीहरूलाई स्ट्राइकिङ र ग्रेपलिंग प्रविधिहरू प्रयोग गर्न अनुमति हुन्छ । जसले गर्दा प्रतिष्पर्धामा रोमाञ्चकता हुन्छ ।

के हो मार्शल आर्टस ?

Marsal-arts

हतियार बिना लडाइ गर्ने सबैभन्दा उत्तम कलाको खोजी हुँदा मार्सल आर्टस्बाट एमएमएको विकास भएको हो । जुन विश्व प्रसिद्ध युएफसी, बेल्लाटोर र वन च्याम्पियनसिप जस्ता ठूला प्रतियोगिताहरुमा समेत समावेश हुन्छ ।

एमएमएको ट्रेनिङ दिदा प्रशिक्षार्थीहरुलाई विभिन्न मार्शल आर्टहरू जस्तै ब्राजिलियन ज्यू–जिट्सु, मुवाथाइ, बक्सिङ, रेस्लिङको तालिम दिइन्छ । त्यस्तै गरी स्ट्राइकिङमा पञ्च, किक, एल्बो, थ्रो, टेकडाउन जस्ता कुराहरुको प्रशिक्षण दिइन्छ ।

एमएमए आर्टिस्ट रिचार्ड अलेक्जेंडर मान्र्सले बालबालिकादेखि वृद्धसम्म साथै अशक्तहरुले पनि एमएमएको तालिम लिदा आत्मरक्षाकोलागी अत्यन्तै उपयुक्त हुने बताए ।

उनले भने निर्धाे मानिसले बलियो मानिसलाई कसरी पराजित गर्न सक्छ अथवा धेरैजनाको आक्रमणबाट आफु एक्लै हुँदा कसरी जोगिने भनेर एमएमएले सिकाउछ ।

धरानमा एलिस लिम्बू र सन्तोष विकले एमएमए ट्रेनिङ सेन्टर स्थापना गर्न लागेका छन् । विद्यालयहरुमा विद्यार्थीलाई एमएमको प्रभावकारीताका विषयमा सचेतना गराउने अभियान चलिरहेको लिम्बूले बताए । उनले भने हामी धरानमा पनि एमएमएको ट्रेनिङ व्यवस्था गर्न लागेका छौ, अहिले हामी सचेतना फैलाउने काममा छौ । एमएमएको ट्रेनिङ लिएको मान्छेले आफ्नो आत्मरक्षाकालागी आफै सक्षम हुन्छन् भने जो कोहीले आक्रमण गर्न सक्दैनन् ।
यसकारण धरान आदर्श अब्बल

धरान आदर्श कलेज वि.सं २०६९ सालमा स्थापना भएको कलेज हो । धरानका प्राध्यापकहरुले कलेजको स्थापना गरेका हुन् ।


११ वर्षको इतिहासमा दुईपटक कक्षा–१२ को वार्षिक परीक्षामा र्बोडमा प्रथम हुने धरान नागरिको एक मात्र कलेज हो ।

विद्यार्थीहरुको क्षमता तथा मनोविज्ञान बुझेर विद्यार्थीहरूको लुकेको प्रतिभालाई प्रस्फुटन गराई शैक्षिक गतिविधिमा अब्बल नतिजा ल्याउन सफल हुँदै गएको प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले बताए ।यस स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरु देश विदेशमा गएर छात्रबृति समेत प्राप्त गरी आफनो करियरलाई अब्बल बनाउँदै गएका छन् ।

कलेजका विशेषताहरु:

aa

यस कलेजमा अब्बल तथा मेधावी विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरिन्छ । त्यसैगरी खेलकुद, नृत्य, गायनको उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

हिसान, एन–प्याब्सन तथा राष्ट्रपति खेलकुद कार्यक्रममा यस धरान आर्दश कलेजका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेर पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

कलेजले विद्यालय, जिल्ला टपर, दलित, जनजाति, मधेशी, मुस्लिम, अपाङ्ग, शहिद, एकल महिला, गरिब र पिछडिएकाहरुलाई पनि विशेष प्राथमिकता दिने गरेको छ । विद्यार्थीलाई विशेष सहुलियत र छात्रवृत्ति दिने गरेको छ ।

विगत वर्षहरुमा उत्कृष्ट नतिजा, चाहेको सबै विषय एकैठाउँ पठनपाठन, अनुभवी, अध्यापकहरु, ‘टपिक्सवाइज’ प्राक्टिकल शिक्षा, धरानभरी बसको व्यवस्था आदि रहेको छ ।

के के विषय पढाई हुन्छ ?

धरान आदर्शमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, एजुकेशन, हयुम्यानिटीज, सोसल साइन्सेज, टुरिजम एण्ड माउन्टेन, फुड एण्ड न्युट्रीसन र कम्प्युटर साइन्स सङकायको पठनपाठन हुँदै आएको छ ।

 aadar

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved