आदिवासी जनजाती चलचित्रकर्मी र समाजसेवी इटहरीमा सम्मान "आदिवासी जनजाती कलाकारलाई इटहरीमा सम्मान"

  • असार २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिद्वारा आयोजित कार्यक्रममा दर्जन बढी चलचित्रकर्मीहरु र समाजसेवीहरु सम्मानित भएका छन । चलचित्र बिकास बोर्ड अन्तर्गत आदिवासी जनजाती मातृभाषी चलचित्र प्रर्वद्धन समितिले. सम्मान गरेको हो ।

को –को भए सम्मान ?

सम्मानित हुने हरुमा अभिनेत्री मिरुना मगर, गीतकार तथा समाज सेवी मिना सिंगक,निर्माता तथा निर्देशक लाख बहादुर तामाङ,कलाकार तथा समाजसेवी डा. सञ्जय खतिवडा,कलाकार तथा निर्माता नवीन पराजुली,लिम्बु चलचित्र “हाङनाङ्ग”का निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष बिजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, संस्कार संस्कृति अध्ययन मन्चका कार्यवाहक अध्यक्ष डिक बहादुर भुजेल , भुजेल चलचित्रका सह–नायक सुरज भुजेल लगायत रहेका थिए ।

कार्यक्रममा पुर्वका बिभिन्न जातजातीको पहिचान झल्काउने झाँकी तथा साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेर सम्पन्न गरिएको हो ।

आदिवासी कलाकारले विश्वमा नेपाललाई चिनायो : बोर्ड अध्यक्ष भुवन केसी

नेपाल सरकार चलचित्र बिकास बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाती चलचित्रहरुले विश्वमा आदिबासीहरु र सम्पूर्ण नेपालकै नाम राख्ने विश्वास व्यक्त गरेका छन ।

बिहिबार इटहरीमा आयोजित मातृभाषी चलचित्र प्रवर्धन समितिको आयोजना,आदिवासी जनजाती चलचित्र महासंघको कोशी प्रदेशको सह – आयोजना र चलचित्र बिकास बोर्डको सहयोगमा सम्पन्न विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्तो विश्वाश व्यक्त गरेका हुन ।

उनले आदिवासी जनजातीहरुले आफ्नो भाषा कला संस्कृतिलाई मुख्य बिषयबस्तु बनाएर सिनेमा निर्माण गरेपनि नेपालको चलचित्र ऐन नबनेकै कारण ओझेलमा परेको दावी गरे ।

आफु बिकास बोर्ड अध्यक्ष भैसके पछी काठमाण्डौमा मात्र सिमित रहेको चलचित्र गतिविधीलाई मोफसलमा पनि सुरु गरेको आगामी सबै भन्दा मुख्य कुरा चलचित्र ऐन भएकाले अब सबै चलचित्रकर्मीहरुले सबै ठाउँबाट आवाज उठाउने बेला भएको बताए ।

कार्यक्रमका बिशेष अतिथी आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदिवासीहरु दुइओटा आन्दोलनमा रहेको बताए । हाम्रो मुद्दा हरु चलचित्र मार्फत भन्नुपर्ने आवश्यक भएकोले पनि अव चाडैनै आदिवासी चलचित्रको हितको लागी बिधयेकको आवश्यकता औल्याए ।

त्यसैगरि कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले पछील्लो समय चलचित्रहरुलाई मानोरन्जन सँग मात्र जोडेर व्यवसायिक सफल चलचित्रहरुलाई मात्र सफल भनेर भ्रम छरिरहेको भन्दै चलचित्रहरुलाई व्यवसायसँग मात्र जोड्न नहुने तर्क गरे ।

कार्यक्रमका सभापती ज्योती राज राईले आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’ले हरेक प्रदेशमा चलचित्र निर्माण,प्रबर्द्धन, सहकार्य बजारीकरण र सम्मान सहित बिचार गोष्ठी कार्यक्रम २०८१ गर्दै आएको जानकारी दिए ।

लुम्बिनी प्रदेशको बुटवलमा सफलता पुर्वक सम्पन्न गरेको कार्यक्रम कोशी प्रदेशको इटहरीमा पनि भव्यताका साथ सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved