महिला पत्रकार धमलामाथि भएको घट्नाको सर्वत्र विरोध "धरानका मेयर हर्कराजलाई कार्वाहीको माग"

  • असार २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानका मेयर हर्कराज राईको गतिबिधी अराजक बन्न थालको छ ।स्थानीय सरकारको प्रमुख राईको गतिबिधीहरुले उनको कार्यकक्षमा जाने जो कोही पनि आफुलाई असुरक्षित र अप्ठ्यारो महसुस गर्न थालेका छन् ।

शुक्रबार पत्रकार सन्जीता धमलामाथि मेयर राईले आफैले आफ्नो कार्यकक्षमा बोलाएर महिला पत्रकारमाथि दुब्यहार र नगर प्रहरी लगाएर उनलाई लछारपछार गर्दै बाहिर निकालेका छन् ।

प्रहरीले गरेको दुब्र्यहारले पत्रकार धमलाको शरीरमा चोट लागेको छ । शनिबार कोशी पत्रसँगको मोबाईल संबादमा शुक्रबारको घट्नाले दाहिने हात ढाडमा चोट लागेको बताइन् । उपचार पछि उनी हाल घरैमा आराम गरिरहेही छिन् ।

प्रमुख साम्पाङ आफैले पटक पटक सामाजिक सञ्जाल मार्फत कार्यकक्षमा बोलाएपछि उनी शुक्रवार दिउसो पुगेकी थिइन ।

उनले भनिन्,मेयर ज्यु आफैले मलाई कार्य कक्षमा बोलाउनु भयो, गए र मसँग नागरिकता र धरानमा यौन ब्यवसाय हुने कुराको प्रमाण मसँग माग्नु भयो तर मैले प्रमाण मसँग सुरक्षित नै छ ,तर म संबिन्धत ठाउँमा दिन्छु भने पछि मेयर नगर प्रहरी , नेपाल प्रहरी लगाएर लछारपछार पार्दै कार्यकक्ष बाहिर निकाले ।’

पत्रकार धमलाले आफुमाथि भएको अमानबीय र दुव्र्यहार भएको भन्दै इलाका प्रहरी कार्यालयमा शुक्रबार नै उजुरी दर्ता गराएकी छिन् । आफुलाई अन्याय भएको भन्दै मेयर राईलाई कार्वाहीको माग समेत गरेकी छिन् ।

यसैवीच मेयर राईको अराजक गतिविधी प्रति सुनसरीका पत्रकारहरुको संगवठन प्रेस चौतारी नेपाल सुनसरी , नेपाल प्रेस युनियन सुनसरी,प्रेस सेन्टर नेपाल सुनसरी र समाजवादी प्रेस संगठन कोसीद्वारा घोर भर्त्सना गर्दै दोषी उपर कडा कारर्वाहिको माग गरेका छन् ।

बोल्न पाउने अधिकार सबैको हुँदाहुँदै मेयर साम्पाङले कार्यकक्षमा महिला सञ्चारकर्मी माथि गरेको कायरतापूर्ण व्यवहारको पत्रकारहरूको सङ्गठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घोर भर्त्सना सहित घटनामा संलग्नहरू माथि कारर्वाहिको माग गरेका छन् ।

नेपालको संविधानले समेत नागरिकले बोल्न पाउने अधिकार सुनिश्चित गरेको बेला मेयर साम्पाङले संविधान विपरीत बिचार तथा अभिब्याक्ती स्वतन्त्रताको अधिकार कुण्ठित गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मेयर राईले यसभन्दा अघि पनि नेपाल टेलिकमका कर्मचारी शिव धमलालाई फेसबुकमा स्टाटस लेखेको भरमा कार्यकक्षमा बोलाएर दुव्र्यहार गरेका थिए ।

उनी धरान उपमहानगरपालिकाको मेयर भएतानि सामाजिक सन्जालबाट नै सुचनाहरु र कसैलाई बोलाउनु परे मलाई भेट्न आउनु होला भनेर स्टाटस लेखेर बोलाउने गरेका छन् ।

प्रमुख भएपछि उपमहानगरपालिकाको आधिकारिक पेज वा चिठीको प्रयोग गर्नु पर्ने हुन्छ तर नीति नियम नै उलंग्घन गरी कानुन आफ्नो हातमा लिएर चलाएको आरोप धरानबासीले लगाएका छन् ।

धरान उमपहानगरपालिकामा कुनै काम विशेषले गएको खण्डमा मेयरलाई चित्त बुझेन भने नगर प्रहरी अथवा नेपाल प्रहरी लगाएर पक्राउ गर्ने गरेका छन् ।

 

 

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved